Friday, June 18, 2021
Home प्रदेश प्रदेश ७ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : कृषिलाई प्राथमिकता

दीपक ओली,

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम बिहिबार प्रदेश सभामा प्रस्तुत भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहिबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षको अवधिमा कार्यान्वयन हुन नसकेका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ ।

आगामी आर्थिक वर्षको नीति र कार्यक्रममा प्रदेश सरकारले चालू आर्थिक वर्षका कार्यक्रमहरूः प्रदेश बस सेवा सञ्चालन, एकीकृत वस्ती विस्तार, मुख्यमन्त्री जेष्ठ नागरिक, स्वयसेवक परिचालन, एकीकृत कृषि तथा पशुपन्छी विकास, नमुना गाउँ आफै बनाऊँ, जडिबुटी प्रशोधन कम्पनी स्थापना लगायतका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ ।

त्यसैगरी, कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले साना तथा गरीव किसानलाई ऋण र व्यवसायिक किसानलाई अनुदान दिने कार्यक्रम पनि अगाडि सारिएको छ ।

‘प्रदेशभित्र पशुपालनलाई प्रोत्साहन गर्न गाई, भैंसी, बाख्रा, कुखुराको व्यवसायिक उत्पादनका लागि बजारीकरणमा आधारित अनुदान प्रदान गरिने छ’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ– प्रदेश सरकारले कृषि, पशुपंक्षी तथा मत्स्य उत्पादनका लागि आवश्यक सामग्रीहरूको प्रदेशभित्रै उत्पादन, भण्डारण र बजारीकरणको लागि अनुदान दिइने छ ।

‘जलविद्युत आयोजनाहरूलाई प्रदेश सरकारले आफै वा साझेदारीमा सञ्चालन गर्ने नीति अवलम्बन गर्दै आर्थिक वर्ष २०७८/७९ मा आयोजना अगाडि बढाइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ– विभिन्न जलविद्युत आयोजनाहरूको अध्ययन गरी आयोजना बैंक निर्माण गरिने छ ।

प्रदेश सरकारले पश्चिम सेती, कर्णाली लगायतका ठूला आयोजना छिटो सञ्चालन गर्न संघीय सरकारसंग पहल गर्ने समेत नीति ल्याएको छ ।

प्रदेश सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका प्रदेशबासीलाई रोजगारी दिन कृषि कार्यक्रममा जोड दिएको छ । कृषिको व्यवसायीकरणका लागि करार, समूह, पट्टा कृषि व्यवसाय प्रणाली र सहकारी खेतीको लागि एकीकृत भूमि व्यवस्थापन प्रणालीलाई प्रोत्साहन गर्ने नीतिलाइ निरन्तरता दिएको छ ।

भूमिहीन र व्यवसायिक किसानलाई कृषि पेशामा सहयोग गर्न भूमि बैंक समेत स्थानपना गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसका लागि विद्युतीय भूमिको विद्युतीय अभिलेख तयार गरी प्रादेशिक भू–सूचना प्रणाली विकास गरिने प्रदेश प्रमुख यादवले बताए ।

प्रत्येक स्थानीय तहमा बीऊ स्रोत केन्द्र, चिस्यान केन्द्र र मुल्य श्रृंखलामा आधिरित कृषि व्यवसायको विकास गर्दै रोजगारी सिर्जना गने नीति लिइएको छ ।

अधिकांश पुराना ठूला कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले सिंचाई, जलयातायात, जलविद्युत र मनोरञ्जनमा प्रदेशभित्रका जलस्रोतहरू प्रयोग गर्ने नीति लिएको छ । सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनलाई दीगो विकास र समृद्धिका लागि उच्चतम उपयोग गर्ने उद्देश्यका साथ प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेको प्रदेश प्रमुख यादवले बताए ।

प्रदेश सरकारले हरित, प्रदुषणमुक्त र वन्यजन्तुको सुरक्षित करिडोर सहितको प्रदेश राजधानी स्थापनाका लागि पुर्वाधार निर्माण गर्न समग्र अध्ययन तथा सर्वेक्षण गरी गुरुयोजना सहितको पुर्वाधार निर्माण गर्ने कार्यक्रम पनि प्राथमिकताका साथ ल्याएको जनाएको छ ।

सरकारले भर्खरै गठन गरेको प्रदेश लोक सेवा आयोगमार्फत रित्त पदमा कर्मचारी भर्ना शुरु गरिने उल्लेख छ । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा आउ“दो वर्ष प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहको केन्द्रमा २५ शैय्याका अस्पतालहरू समेत निर्माण गरिने कार्यक्रम ल्याएको छ । सरकारले सेती प्रादेशिक अस्पताललाई शिक्षण क्षेत्र बनाउन सम्भावित अध्ययन गर्ने र महाकाली, टीकापुर र जिल्ला अस्पतालहरुलाई सुधार गर्दै अघि बढ्ने नीतिमा उल्लेख छ ।

यसैगरी, कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई विदेशमा रोजगारी गुमाएका प्रदेशबासीलाई रोजगारी प्रदान गरी अर्थतन्त्रलाई गतिशील बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा जनाइएको छ । प्रदेश सरकारले ‘सिप सिकौं, उद्योगी बनौं’ भन्ने कार्यक्रमलाई अघि बढाउने नीतिमा उल्लेख छ ।

प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाका लागि अध्ययन अनुसन्धान थाल्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशमा लगानी बृद्धि गर्नका लागि लगानीमैत्री वातावरण सिजर्ना गर्ने सरकारले जनाएको छ ।

टुहुराका लागि शिशु स्यहार केन्द्र

आगामी आर्थिक वर्षका सबै कार्यक्रमहरू उत्पादन, उत्पादकत्व, रोगजारी तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा लक्षित हुने समेत नीति तथा कार्यक्रममा जनाइएको छ ।

प्रदेश सरकारले एक वर्षमै प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्नुका साथै विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । विद्यालयहरूको पुर्वाधार निर्माणमा समेत सरकारले जोड दिएको छ । कला, संस्कृति र भाषाको विकासका लागि प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने र स्थानीय भाषामा पाठ्यक्रम निर्माणलाई सरकारले जोड दिएको छ ।

प्रदेश सरकारले कोरोना भाइरस र जारी निषेधाज्ञाका कारण थला परेको उद्योग सञ्चालनका लागि प्रति उद्योगी ५० लाख ऋण उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै एक जिल्ला एक विशिष्ठ उद्योग स्थापनालाई प्रदेश सरकारले जोड दिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । नीति तथा कार्यक्रममा प्रदेशको आम सञ्चार नीति ल्याई प्रेस काउन्सिल, सञ्चार, स्टार र चलचित्र बोर्ड गठन गर्ने उल्लेख छ । टुहुरा, असहाय बालबालिकाका लागि प्रदेश सरकारले धनगढीमा शिशु स्याहार केन्द्र स्थापना गर्ने जनाएको छ ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

लकडाउन हटेसँगै छायांकनमा जुटे अक्षय कुमार

मुम्बई । कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ । धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा...

जोकोभिचलाई फ्रेन्च ओपन उपाधि

पेरिस । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै...

अन्ततः राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त, अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने फैसला गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

ट्रेन्डिङ

तस्विरमा भारत बन्द (फोटोफिचर)

नयाँदिल्ली । केन्द्र सरकार द्वारा संसदबाट पारित तीन कृषि कानूनाको बिरुद्ध आज भारतभर किसानले भारत बन्द आव्हान गरे । किसानले बिहान ११ बजेदेखी दिउसो...

सिन्धुलीमा संक्रमणले महिलाको मृत्यु

सिन्धुली । कोभिड १९ अर्थात कोरोना भाईरसका कारण सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।...

हत्या अभियोगमा सासूससुरासहित देउरानी पक्राउ

वीरगन्ज । कोरोना संक्रमणको बढ्दो मानवीय महामारीमा पनि आफ्नै घरको सदस्यलाई मारेर जलाउँदै गरेको समयमा पर्सामा तीन अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने...

आज राति १२ बजेदेखि धौलिगंगा बाँध खोलिने, सर्तक रहन आग्रह

बैतडी । भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राति खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाको पत्रअनुसार बाँध सोमबार...

तीन फरक लिगमा रोनाल्डाको ५० गोल

टुरिन । पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो तीन फरक लिगमा ५० गोल गर्र्ने पहिलो र एक्ला खेलाडी बनेका छन् ।...

चौथो खप्तड गोल्डकप : विभागीय टीम एपिएफ क्वाटरफाइनलमा

धनगढी। नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तर्गत शनिवार भएको खेलमा विभागीय टीम एपीएफ विजयी भएको छ । ए डिभिजन टीम...

लोकसेवा आयोगलाई जगाऊ

अहिले मुलुकमा प्रशासनिक जाम छ । अघिल्लो साता लोकसेवा आयोगका सबै पदाधिकारीको पदावधि सकिएर उनीहरू बहिर्गमन भएसँगै प्रशासनिक सुस्तता आएको हो । कुनै पनि...

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ९ चोरनियमा मोटरसाईकल दुर्घटनामा परी एक जना युवको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक चन्द्रनगर गाउँपालिका...

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल...

अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाउन शिक्षामन्त्रीको चुनौति

ललितपुर । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रताव पास गरेर हटाउन चुनौति दिएका छन् । उनले सबैभन्दा ठुलो पार्टी...

कोभिड–१९, बहुपक्षीय प्रभाव र सरकार

कोभिड–१९ को महामारीका कारण यतिखेर विश्व नै बन्दाबन्दी अवस्थामा छ । उपचार विधि हालसम्म पहिचान हुन सकेको छैन । छिमेकी देश चीनमा सबैभन्दा पहिला...

आठ महिनादेखि खाद्यको गोदाममा कुहिएको चामल छानबिनमै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य तथा व्यापार कम्पनीका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममा कुहिएको चामलको छानबिनमा ढिलासुस्ती गरिरहेको छ । ३ मंसिरमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)