Friday, June 18, 2021
Home बिचार चुरे दोहनमा लोभी आँखा

चुरे दोहनमा लोभी आँखा

लक्ष्मीविलास कोइराला,

आर्थिक वर्ष २०७८-७९ आयव्ययको सार्वजनिक बजेट वक्तव्यमा वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापारघाटा कम गरिनेछ र निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्था रहेको छ । निकासी गरी र व्यापार घाटा कम गर्ने नीति सोच्न नै सुहाउने देखिँदैन । यसकारण अर्थमन्त्रीको नीतिगत घोषणाप्रति चुरेलाई माया गर्ने समुदाय, अर्थविज्ञ, वातावरणविद् तथा राजनीतिक दलहरूले सरकारको नीतिप्रति गम्भीर चिन्ता प्रकट गर्र्दै विरोध जनाएका छन् । ‘खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गर्ने नीति राष्ट्रघाती नीति हो’ भन्दै गरेका विरोधले सामाजिक सञ्जाल रंगिएका पनि छन् ।

हाम्रो घर चितवन गीतानगरको दक्षिणमा चुरे पर्वत छ, जुन छिचोलेर माडी पुगिन्छ । हामी सानोमा ‘को चढ्न सक्छ चुरे, सक्दैन् भारे भुरे’ भन्दै भाइबहिनीलाई जिस्क्याउँदै दौडिन्थ्यौं । ४० सालतिर एकदिन बारा जिल्लाको सदरमुकाम कलैयाबाट बोधवनमा धानबाली लगाउन जाँदै गर्दा बाटोमा सिमसिम पानी मात्रै पर्दै थियो । पसाहा खोलामा अचानक ठूलो बाढी आयो । बाढी घट्ने आशमा हामी अरू बटुवाझंै किनारामा उभियौं । मैले खोलाको पानी उठाएर हातमा लिएँ । पानी होइन उर्ली उर्ली पहेंलो लेदो बगिरहेको थियो । लेदोमा ढुंगा थिए । बाबु, चुरे त बगेर सिद्धिन्छ, जस्तो छ । धनिराम काकाले गालामा हात राखेर चिन्ता प्रकट गरेको मलाई आजै जस्तो लाग्दछ ।

चुरे पर्वत तराई भावर प्रदेशको सभ्यताको द्योतक हो

७० सालतिर अफिसको कामले सर्लाही जिल्लाको मलंगवामा पुग्दा मैले दक्षिणतर्फ पहाड देखें । दक्षिणतर्फ पहाड देखेपछि छक्क परें । कार्यक्रममा सहभागी स्थानीय पत्रकार धनियाँसँग जिज्ञासा राखें । ‘सर, हाम्रो चुरे भारतमा सार्दै छन्, रातोदिन टिपरले ढुंगा, गिटी बालुवा बोकेर’ धनियाँले तीखो व्यंग्यय गरिन् । मलाई नरमाइलो लाग्यो । एउटा अफिसियल औपचारिक भेटमा पूर्वराष्ट्रपति रामवरण यादवले चुरेको महत्वको वर्णन गर्नुभएको थियो । ‘भैंसीमाथि चढेर चुरे पहाड पुग्दा चुरे घना जंगलले छोपिएको थियो र रतुवा खोला त जंगलको एउटा सानो खोल्सो मात्र थियो ।’ उहाँको स्मरण सुनिरहुँ जस्तो साह्रै रमाइलो लागेको थियो । तर, आज चुरे मणि हराएको सर्पजस्तो बनेको छ ।

चुरे पहाडको सबैभन्दा उत्तरमा रहेको महाभारत पर्वत सीमादेखि दक्षिणमा नेपाल भारतको सिमाना सम्मको सम्पूर्ण ( चुरे, भावर र तराई) भूमिलाई चुरे क्षेत्र भनिन्छ । चुरे पहाड (वा शिवालिक) हिमालय पर्वत शृंखलाको सबैभन्दा बाहिरी भू–भाग हो । चुरे पहाड कमलो एवं सबैभन्दा कान्छो पर्वतीय प्रणालीको नामले पनि परिचित छ । तराईमा वग्ने अधिकांश नदीनालाको स्रोत चुरे हो । कार्बन व्यापारमा चुरेको महत्वपूर्ण योगदान रहेको छ । तराईको सुन्दरता पनि चुरे पर्वत शृंखला नै हो । चुरे पर्वतमालाले तराई र भित्री तराईका जिल्लाको वातावरणीय सन्तुलन कायम गर्न पनि ठूलो योगदान दिएको छ ।

चुरे समथर तराईको उत्तरी सिमाना भएर डाँडाहरू खडा भई बनेको छ । चुरे पहाड उत्तरतर्फ महाभारत शृंखला तथा दक्षिणतर्फ भावर प्रदेशसँग जोडिएको छ । विभिन्न स्थान मुख्यतः पश्चिमी भागमा दुन र भित्री मधेसको निर्माण चुरे पहाडमा भएको छ जसले यो पहाडलाई महाभारत शृंखलाबाट छुट्याउँछ । कोमल चट्टान सेल, सिल्टस्टोन, स्यान्डस्टोन तथा मडस्टोनजस्ता पदार्थबाट सिर्जित र छरिएका अन्य खुकुला पदार्थबाट निर्मित चुरे पहाड भौगर्भिक हिसाबमा विशिष्ठ पर्वत हो । देशभित्र धेरै वर्षा हुने भू–भाग यसै क्षेत्रमा रहेको कारणले यो भू–भाग भूक्षयको उच्च जोखिमयुक्त क्षेत्र पनि हो ।

चु्रेकोे पहाडी भूमि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३६ जिल्लाहरूमा फैलिएको, उच्च पहाडी भू–भाग तथा तल्लो समथर क्षेत्रलाई जोड्को, जलाधार संरक्षण र व्यवस्थापन गर्ने साझा भू–क्षेत्र रहेको, तराई क्षेत्रका लागि पानीको रिचार्ज गर्ने र तल्लोतटीय उर्वर भूमिका लागि जलीयचक्रको व्यवस्था भावर क्षेत्रले गर्ने गरेको, अन्य भौगोलिक क्षेत्रभन्दा चुरेक्षेत्रमा वनले ढाकेको क्षेत्रफलको अंश अत्यधिक रहेको, जैविक विविधतामा प्रचुरता रहेको, वन्यजन्तुको आवागमनका लागि जैविक मार्गको भूमिका खेलेको तथा एसिया क्षेत्रको वनस्पति एवं वन्यजन्तुको उद्गमस्थलका रूपमा चुरे क्षेत्रलाई लिएको कारण चुरे क्षेत्रको सामाजिक तथा जैविक–पर्यावरणीय महत्व उच्च रहेको छ । चुरेको महत्व आकंलन गर्दै आव २०६७÷६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन भई रहेको छ ।

कमजोर भू बनोट भएको चुरे पहाडमा प्राकृतिक कारणबाट नै ह्रास हँुदै गएको थियो । त्यसमाथि अदूरदर्शी स्वार्थपूर्ण मानवीय क्रियाकलापका कारण चुरेको ह्रास झन् तीव्र गतिमा हुन थाल्यो । चुरे क्षेत्रमा वन अतिक्रमण तीव्र गतिमा बढेको कारण कृषि क्षेत्र बढन गएको र चुरे वन क्षेत्रको वरिपरि बसोबास गर्ने अधिकांश जनताको जीवन निर्वाह वन पैदावारमा निर्भर रहेको कारण वन विनास भएको छ । वन विनासले चुरे नांगो बन्दै गयो र वर्षायामको पानीले चुरे बगाउन थाल्यो । चुरे पर्वतबाट प्रवाहित हुने खोलाको जलाधार क्षेत्र वन विनास भएकाले खोला हिउँदमा सुक्न थाले । वर्षयाममा बाढीको प्रकोप बढ्न थाल्यो । जन, धन र जैविक विविधता तीव्र गतिमा क्षति हँुदै गएकाले उपल्लो तटीय र तल्लो तटीय जनतालाई यसबाट नकारात्मक प्रभाव परिरहेको देखिन्छ । वन पैदावार मात्र नभएर ढुंगा, गिटी र बालुवा भारतसम्म चोरी निकास हुँदै आइरहेको तथ्य चुरे विनासका चक्रीय प्रमाण अध्यनले देखाएका छन् ।

‘चुरे दोहनमा लोभी आँखा’ लगाउने छिमेकी देश र ढुंगा, गिटी र बालुवाका माफियासँग राष्ट्रवादी नेपाली समयमा नै सावधान हुन जरुरी छ

चुरेको विनास प्रमुख कारण चुरेको सुन्दरता हो । ढुंगा, गिटी र बालुवाको गुणस्तर अत्यन्त राम्रो छ । सलक्क परेका सालका लुकुनाको सुन्दरता आँखाबाट हतपत्ती हट्दैन् । तर, गर्मी, पानी र हावाले चुरे दिन दिनै पग्लिदै गइरहेको छ । चुरे पहाडमा गरिने खनजोतबाट माटो बग्ने क्रम जारी छ । पहिरो गएका छन् । डुबान, नदी कटान र माटो थिग्रिने कार्यवाट धन जनको क्षति तथा विपद् बढ्दो छ । वन पैदावारको अनियन्त्रित उपयोग रोकिएको छैन् । विकासका पूर्वाधार निर्माणबाट वनमा चाप बढ्दो छ भने वन डढेलो र चरीचरणबाट पनि वनको क्षति भइरहेको छ । वन्य जीवजन्तु नासिएका छन् । तराईको उर्वराभूमिको उत्पादकत्वमा अपूरणीय ह्रास आएको छ । चुरे भारेभुरेहरूले पनि सजिलै नाध्न सक्ने हुँदै गएको छ । जैविक विविधताको विनास नियन्त्रण गर्न तथा उपल्लो तटीय चुरे भावर तथा तल्लो तटीय तराईबीच अन्तरसम्बन्ध कायम राख्न चुरे क्षेत्रको संरक्षण अनिवार्य बनेको छ ।

खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापारघाटा कम गर्ने सरकारी नीतिको घोषणाले चुरेबाट ढुंगा, गिटी र बालुवा निकाली बेच्न पल्केका व्यवसायीले सुनौलो अवसर पाउनेछन् । नीति घोषणा हुन नपाउँदै गिटी बालुवाका डनहरू फेरि सलबलाएका छन् । चुरे वा शिवालिक र महाभारत क्षेत्रमा पोखरी निर्माण गरी जलसञ्चय गर्ने, चुरे भावर र शिवालिक क्षेत्रमा वृक्षरोपण गर्ने र पानीका स्रोत पुनर्सिर्जना गर्ने तथा नदी प्रणाली संरक्षण गर्ने चुरेमैत्री नीति कार्यक्रमलाई ढुंगा, गिटी बालुवा निकासी गर्ने नीतिले खल्लो बनाइदिएको छ । सरकारको नीतिको वातावरण संरक्षणका हिमायतीहरूको विरोध तथा तराई भावर क्षेत्रका जनताको नाराजगीलाई मध्यनजर राख्दै नेपाल सरकारले चुरे क्षेत्रको संरक्षण र संवद्र्धन गर्न प्रतिबद्ध रहेको जनाउँदै चुरे क्षेत्रको दोहन हुन नदिन तथा वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सरकार सचेत छ भन्ने प्रेस विज्ञप्ति निकालेर विरोधलाई सामसुम पार्न खोजेको छ । चुरेको दोहन रोकिएन भने भविष्यमा सम्पूर्ण तराई क्षेत्र मरुभूमिमा परिणत हुन बेर लाग्दैन । यसकारण तराई क्षेत्रका लागि पानीको रिचार्ज र तल्लो तटीय उर्वर भूमिका लागि जलीयचक्रको व्यवस्था गर्ने भावर क्षेत्र तथा वन पैदावर र जैविक विविधताको धनी क्षेत्र चुरे पहाडको संरक्षण अपरिहार्य बनेको छ ।

प्राकृतिक सम्पदा देश विकासको महत्वपूर्ण स्रोत हो । विकास गर्न खोज्दा प्राकृतिक सम्पदाको विनास स्वाभाविक हुन्छ । प्राकृतिक स्रोतको शून्य विनाशद्वारा आर्थिक विकासको सपना देख्न सकिँदैन । खानीजन्य ढुंगा, गिटी र बालुवा नेपालको विदेशी मुद्रा आर्जनको स्रोत बन्दै गइरहेको छ । महाभारत पर्वत शृंखलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन गर्दा वा हिमाली क्षेत्रबाट उत्खनन गर्दा चुरेजस्तो जोखिमपूर्ण नरहेको विज्ञको मत छ । वातावरण प्रभाव मूल्यांकन गरेर ढुंगा, गिटी र बालुवा कति छ ? कति उत्खनन् गर्न सकिन्छ ? कति देशका लागि आवश्यक पर्छ ? कति बचत हुन्छ र कति निकासी गर्न सकिन्छ ? सो को अध्ययन हुन जरुरी छ । अध्ययनपश्चात् मात्र सुरक्षित क्षेत्रबाट ढुंगा, गिटी र बालुवा उत्खनन गरी निकासी गर्न उपयुक्त हुन्छ । तर, ढुंगा, गिटी र बालुवा निकासी गर्न वा स्वदेशी निर्माण प्रयोजनका लागि चुरेलाई प्रयोग गर्न भने पूर्णतः बन्देज लगाउनुपर्छ ।

कुनै पनि देशले आफ्नो देशका लागि आवश्यक वस्तु तथा सेवा तुलनात्मक लाभ हेरी अर्को देशबाट आयात गर्छ । निर्यात गर्ने देशले पनि देशको आवश्यकता परिपूर्ति भएपछि बढी भएको निर्यात गर्ने हो । हाम्रो देशमा पूर्वाधार निर्माणको अत्यन्त खाँचो छ । पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउने योजना छ । हुलाकी मार्ग बनाउने क्रम जारी छ र पूर्वपश्चिम रेल मार्ग बनाउँदा थुप्रै ढुङ्गा गिटी बालुवाको आवश्यकता पर्छ । व्यापार घाटा पूरा गर्न ढुंगा, गिटी र बालुवा निर्यात गर्दा भोलि आफ्ना लागि आवश्यक पर्दा कहाँबाट ल्याउने नि ? विज्ञहरूले ढुंगा, गिटी र बालुवा निर्यात गरेर प्राप्त हुने राजस्वभन्दा ढुंगा, गिटी र बालुवा निर्यात गर्दा बिग्रेको बाटो बनाउँदा धेरै खर्च हुने तथ्य दिएका छन् । व्यापार घाटा बढाउने मुख्य वस्तु पेट्रोलियम पदार्थ हो । विद्युतीय गाडी चलाएर वा विद्युत्को प्रयोग बढाएर पेट्रोलियम पदार्थको आयात घटाउन जरुरी छ । ढुंगा, गिटी र बालुवा निर्यात गरेर भारतसँगको व्यापार घाटा घटाउनेभन्दा विद्युत् निर्यात गरेर व्यापार घाटा कम गर्नुपर्छ । तर, भारतका बाटा विद्युत्ले त पिच हुँदैनन् ?

सरकारको ढुंगा, गिटी र बालुवा निकासी गर्ने नीति मूलतः आर्थिक खोलभित्रको राजनीतिक एजेन्डा हो । नीति निर्माणमा विकास साझेदार र छिमेकी राष्ट्रहरूको प्रभाव नियमित क्रिया हो । वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने नीति निर्माणमा नेपालको स्वार्थभन्दा भारतको स्वार्थ हावी भएको प्रस्ट देखिन्छ । चुरेबाट ढुंगा, गिटी र बालुवा उत्खनन गर्न कठिन छैन । खोस्रिदियो भने मात्र पनि ढुंगा, गिटी र बालुवा बुरर्र झर्न थाल्छ । भारतसम्म पु¥याउन लागत पनि कम लाग्ने भएकाले आयात गर्र्दा भारतलाई धेरै फाइदा पुग्छ । भारत सरकारले विहार, पश्चिम बंगाल, झारखण्ड र उत्तरप्रदेशको सडक तथा रेल्वे पूर्वाधार निर्माण गर्न हाम्रो प्राकृतिक सम्पदा प्रयोग गर्दा तुलनात्मक लाभ हुने देखेको छ । यसकारण, चुरेको ढुंगा, गिटी र बालुवा र काठमाथि भारतको चासो बढेको हो । आफ्नो स्वार्थ पूरा गर्न भारतले नेपाल सरकारमाथि वैधानिक रूपमा नीति निर्माण र कानुन बनाउन प्रभाव पार्न थाल्यो र सफल पनि भयो । ढुंगा, गिटी र बालुवा तेस्रो देश निर्यात हुने त पक्कै होइन । सरकारको ढुंगा, गिटी र बालुवासम्बन्धी नीतिले कसलाई फाइदा पुग्छ यहाँ बखान गरिरहनु पनि पर्दैन ।

चुरे पर्वत तराई भावर प्रदेशको सभ्यताको द्योतक हो । चुरे पर्वत पुनर्सिर्जना हुन सम्भव न होला तर संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । सरकारले ढुंगा, गिटी बालुवा निकासी गर्ने सोच सच्याउनुपर्छ । जनचेतना बढाइ, वन अतिक्रमण नियन्त्रण र अतिक्रमित वन पुनः प्राप्त गरेर वृक्षरोपण गरी तथा बारा जिल्लादेखि सप्तरी जिल्ला तथा सुनसरी, मोरङ र झापासम्मको चुरे क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरी चुरे क्षेत्रको संरक्षण गर्न सरकारले कठोर निर्णय लिनुपर्छ र राजनीतिक दल तथा आमजनताले सोको कार्र्यान्वयनमा सरकारलाई सहयोग पु¥याउनुपर्छ । घर पोलेर खरानी निर्यात गर्न उक्साउने र ‘चुरे दोहनमा लोभी आँखा’ लगाउने छिमेकी देश ढुंगा, गिटी र बालुवाका माफियासँग राष्ट्रवादी नेपाली समयमा नै सावधान हुन जरुरी छ ।

(Visited 74 times, 2 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

प्रेमपूर्वक व्यवहारले महामारी जित्छौं

ओशो अर्थात् रजनिशले भनेका छन्, ‘यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने,् तपाई एक महान् जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

गाउँ फर्कन लागेका आसिफलाई गायनमा भ्याई नभ्याई

काठमाडौं । विगत डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण काठमाडौंमा रहेका कतिपय गायक गायिका फुर्सदमा छन् । तर, पछिल्लो समय भाइरल भएका गायक आफिल खानले...

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

ट्रेन्डिङ

काठमाडौंमा मास्क नलगाई हिड्ने ६० जनालाई कार्वाही

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले जिल्लाका विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा सुरक्षा विधि अनुसार काम गरे नगरेको बारेमा बुधबार पनि अनुगमन गरि कारवाही गरेको छ...

नयाँ नक्सा र समस्या समाधानको प्रश्न

नेपाल–भारतको सीमामा देखिएका असहमतिलाई सम्मानजनक वार्ताका माध्यमबाट समाधान गर्ने भनिरहँदा भारतले कोरोनाको समस्या हल भएपछि गरौंला भनेको पनि महिनौं अघिको कुरा हो । चीन...

कोराना संक्रमणः अमेरिकामा एकै दिन एक हजार ९०० सयको मृत्यु

न्यूयोर्क । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स...

गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार, दीपक मनांगे फेरि बने मन्त्री

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बुधबार गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री र दीपक मनाङेलाई...

बागलुङमा ३८ वटा अबैध बन्दुक बरामद

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ३८ थान अवैध भरुवा बन्दुक बरामद गरको छ । कात्तिक अन्तिम सातादेखि अवैद्य बन्दुक...

सरिता गिरीको सांसद पद गुम्यो

काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको...

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

एमसीसी बहस : यथार्थ र कुन्ठा

पछिल्लोपटक नेपाली राजनीतिमा सबैभन्दा धेरै विवाद भएको विषय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस हो । एमसीसीको बहसले सिंगो नेपाली समाज दुई धारामा विभक्त छ...

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित नेतृ...

पहिरोमा परी एक जना बेपत्ता, ३ को उद्दार

दोलखा । दोलखामा गौरीशंकर गाउँपालिकामा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् । गएराति परेको भीषण बर्षापछि गौरीशंकर गाउँपालिका–८...

मन्त्री साहलाई कालो झण्डा देखाउन पुगेका राजपाका १० कार्यकर्ता पक्राउ

जनकपुरधाम । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालो झण्डा देखाउन पुगेका १० जना राजपाका कार्यकर्तालाई प्रहरीले जनकपुरधामबाट आज पक्राउ गरेको छ...

यसर्थ बदलिएन हाम्रो समाज

मुलुकमा रहेका समस्या उत्पन्न हुनुमा नेपाली समाजको चरित्र पनि जिम्मेवार रहेको देखिन्छ । जनताहरू कहिले कांग्रेस, कहिले एमाले, कहिले माओवादी त कहिले अनेक नयाँ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)