Thursday, June 24, 2021
Home प्रदेश युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही

युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही

राजधानी समाचारदाता,

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होईन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर अगाडी बढन आह्वान गरेका छन् ।

सर्वोच्च अदालतले बिहिबार गरेको फैसला अनुसार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि संघका अध्यक्ष शाहीले सोही अनुसार युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढने बताए ।

‘युवा संघ नेपाललाई एकताबद्ध रूपमा संचालन गर्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । गुटगत मानसिकता त्याग्दै संगठनलाई एकताबद्ध बनाउन जस्तो सुकै त्याग गर्न पनि हामी तयार रहेको जानकारी गराउन चाहन्छु । युवा संघ त्यागेर अनेकन नाममा गतिविधि संचालन गरिरहनु भएका कमरेडहरूलाई म भन्न चाहन्छु ‘आउनुहोस् फुटेर होइन जुटेर, व्यक्तिको लागि होइन राष्ट्रको लागि’ एकताबद्ध भएर युवा आन्दोल सन्चालन गरौं, यसैमा सबैको हित छ । यसर्थ हिजो युवा संघ, नेपालमा रहि आज विभिन्न अन्य सङ्गठनको नाममा रहनु कमरेडहरुलाइ अदालतको फैसला अनुरूप पुनः नेकपा एमालेको भातृ सङ्गठन युवा संघ नेपालमा आवद्ध हुन हार्दिक अपिल गर्न चाहन्छु’ अध्यक्ष शाहीले गरेको अपिलमा भनिएको छ ।

नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अदालतको फैसला पछि नेकपा एमाले पुर्ण रूपमा जेठ २ अगाडीको अवस्थामा पुगेको छ । त्यसै फैसलाले एमालेका भातृ संगठनलाई पनि जेठ २ अगाडीको अवस्थामा पुर्याएको छ ।

नेकपा एमालेको युवा भातृ संगठन युवा संघ नेपाल थियो । केही साथीहरूले त्यसलाई विघठन गर्दै अनेकन नाममा गतिविधि गर्दै आएको बताउँदै उनले आफूहरुले युवा संघ नेपालको राजनीतिक एवं साङ्गठनिक महत्व, प्रभाव, इतिहास र आगामी युवा आन्दोलनमा यसको नेतृत्वदायी भुमिका जिवित राख्न ठुलो संघर्ष गरेको जनाएका छन् ।

युवा संघको नाम, सङ्गठन, इतिहास र गरिमा बचाउन यो संघर्षमा लागिरहेका र साथ दिने सबैमा उच्च सम्मान व्यक्त गर्दै अध्यक्ष शाहीले युवा संघ जोगाउने राजनीति, साङगठनीक र शारीरिक एवं नैतिक सकृयताको लागि उच्च प्रसंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले...

साताका लोकप्रिय समाचार

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कार गर्ने पक्राउ

  झापा । छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कारमा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका–३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

घरमा सुतिरहेकाे बेला आएको पहिरामा पुरिएर तीनको मृत्यु

  राेल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु...

ट्रेन्डिङ

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउ : सांसद संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ...

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली चल्यो, पाँचको मृत्यु

काठमाडौं । भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

जबरजस्ती सिनेमा हल खुले, दर्शकको उपस्थिति न्यून

काठमाडौं । शुक्रबारबाट काठमाडौं उपत्यका र मोफसलका सिनेमा हलहरू आंशिक रूपमा खुलेको छन् । मुलुकभर १ सय ९० भन्दा बढी सिनेमा हल रहेको अवस्थामा...

सुल्झियो सत्तारुढ नेकपाभित्रको विवाद

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व सुल्झिएको छ...

केन्द्र सरकारले उपेक्षा गरेको प्रदेश मन्त्री साहको आरोप

सप्तरी, राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले विश्वमा संघियता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं...

काठमाडौं महानगरपालिकाको नयाँ नीति : पहिला श्रम, त्यसपछि मात्रै राहत

काठमाडौं । काठमाडौं महानगरपालिकाले जारी लकडाउनका कारण बिहान–बेलुकीको छाक जोहो गर्न कठिन हुने मजदुर वर्गलाई लक्षित गरी राहतका लागि श्रम गर्नुपर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको...

पारिश्रमिक कटौतीमा बार्सिलोना सहमत

क्याटलान । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडीसमेत तलब कटौतीका...

अनिल र अस्मिताको ‘जनकपुरे रेल’

गायक अनिल जोशी र गायिका अस्मिता अधिकारकिो स्वरमा रहेको नयाँ गीत सार्वजकि भएको छ । सार्वजनिक ‘जनकपुरे रेल’ बोलको गीतमा जगत तिरुवाले ¥याप हानेका...

‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)