Thursday, June 24, 2021
Home प्रमुख काल बन्दै पोखरी : एक वर्षमा १२ बालबालिकासहित २२ जनाको डुबेर मृत्यु

काल बन्दै पोखरी : एक वर्षमा १२ बालबालिकासहित २२ जनाको डुबेर मृत्यु

एमके माझी,

सप्तरी, राजविराज । सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको संख्या एकासी बढेको छ । जेठ महिनामा मात्र ४ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालबालिका धेरै छन् ।

प्रहरीका अनुसार विगत २९ दिनको अवधीमा डाक्नेश्वरी नगरपालिका ३ की २ वर्षिया अबिया खातुन, कंचनरुप नगरपालिका ९ की १३ वर्षिया रोशनी सरदार, तिरहुत गाउँपालिका १ का ११ वर्षिय मनिष मुखिया र बोदेबरसाइन नगरपालिका ३ की १८ महिनाकी अस्मिता यादवको पोखरीमा डुबेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी माधवप्रसाद काफ्लेका अनुसार आर्थिक वर्ष २०७७÷७८ को हालसम्मको अवधीमा जिल्लामा १२ बालबालिकासहित २२ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । यो संख्या हालसम्मकै उच्च रहेको प्रहरीको भनाई छ ।

२०७७ असारमा २, साउनमा १, भदौंमा २, असोजमा ३, कात्तिकमा २, मंसिर, पुस र माघमा क्रमश १/१, फागुनमा ३ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । यस्तै २०७८ बैशाखमा २ र जेठमा ४ जना गरि २२ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

यो तथ्याङ्कले जिल्लामा पोखरीमा डुबेर मृत्यु हुने घटना तिब्र रुपमा बढीरहेको देखिएको हो । पोखरीको अत्याधिक संख्या रहेको जिल्लामा विशेष गरि गर्मीको समयमा यो घटना बढी हुने गरेको पाइएको डिएसपी काफ्लेको भनाई छ । गर्मी बढेसँगै गाउँघरमा पोखरीमा नुहाउने क्रम बढ्ने र लापरवाहीका कारण यस्तो घटना बढी हुनथालेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाको भनाई छ ।

डुबेर बालबालिकाको बढी मृत्यु हुनुका पछाडी मुख्यत अभिभावकको लापरवाही नै देखिएको छ, उनले भने, “घर नजिकैको पोखरीमा स–साना बालबालिका नुहाउन जाँदा अभिभावकले निगरानी गर्नुपर्ने हो तर, त्यस्तो हुन सकेको छैन् ।” कतिपय बालबालिका त पोखरी किनारमा खेल्दा खेल्दै अचानक डुबेर मृत्यु भएको छ उनले थपे, “बेलैमा अभिभावकले ध्यान दिएको भए त्यस्तो दुःखद घटना रोक्न सकिन्थ्यो ।”

पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले स–साना बालबालिकालाई पोखरी, नहर, कुलो, तलाउ लगायतका स्थानमा जान नदिन सबैसँग अपिल गरेको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

साताका लोकप्रिय समाचार

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

ट्रेन्डिङ

सन्नी रौनियारको नयाँ गीत सार्वजनिक

काठमाडौं । अन्तराष्ट्र्रिय नारी दिवसको अवसरमा नायिका सन्नी रौनियारको नयाँ गीत सार्वजनिक भएको छ । खुल्ला आकाश...बोलको गीतमा सनीकै स्वर र राजु सिंहको संगीत रहेको...

आशिष स्मृति पुरस्कार घिमिरेलाई

इलाम । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका पत्रकार गणेश घिमिरे पुरस्कृत हुने भएका छन् । पूर्वका चार जिल्लाकार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील...

देवघाटमा रातमा दाहसंस्कार गर्न नपाइने

चितवन ।  देवघाटमा राति दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाएको हो...

उदयपुरमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन...

साहसी गोताखोर सलामी बने वर्ष जवान, दाहाललाई उत्कृष्ट बाहिनी अवार्ड

काठमाडौं । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको...

उपत्यकामा आजबाट कुन बार के गर्न पाइने (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यका आजबाट यातायातका साधान सञ्चालन हुने भएको छ साथै व्यापार व्यवसाय गर्न पनि पाइने भएको छ । १६ भन्दा बढी सिट...

नेपाल थ्री नेसन्स कपको फाइनलमा

काठमाडौं । नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान...

पिसिआर मेशिन खरिद गर्ने पुर्व मन्त्री बस्नेतको घोषणा

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरस (कोभिड–१९) को स्वाब परीक्षणका लागि जिल्लामा नै पिसिआर मेशिन...

नोकिया ३.४— ट्रिपल क्यामेराको साथ एआई इमेजिङ

नोकिया फोनको होम्स, एचएमडी ग्लोबलले नोकिया ३.४ घोषणा गरेको छ । नोकिया ३.४ मा शक्तिशाली प्रोसेसर रहेको छ । सबैभन्दा नयाँ क्वालकाम स्नैपड्रैगन ४...

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक २७ सय विन्दु नजिक

काठमाडाैं ।  नयाँ वर्ष लाग्नै लाग्दा सेयर बजारमा चमक देखिएकाे छ । माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा चमक देखिएको छ । ...

प्रधानमन्त्री संसद् विघटनकै पक्षमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी...

नेपाल टेलिकमले दिन थाल्यो केरोना सचेतना सन्देश

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन सुरु गरेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)