Friday, July 23, 2021
HomeBreaking Newsआत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

राजधानी समाचारदाता,

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ । ‘प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ ।’ कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’ जारी विज्ञप्तीमा भनिएको छ । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य भन्दै हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउन नहुने उल्लेख छ ।

यस्ता अभिव्यक्ति आउदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नरहेको भन्दै पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट रहेको उल्लेख छ ।

Loading comments...

आजको समाचार

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

साताका लोकप्रिय समाचार

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब...

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले...

बालविवाहः भाग्यले जहाँ–जहाँ डोहो-याउँछ

घटना १ ‘कक्षा ९ पढ्दै थिएँ, भागेर बिहे गरें, अहिले धेरै पछुतो लाग्या छ, न जागिर खान सकियो न राम्रो घर व्यवस्था भयो, आपसमा...

ट्रेन्डिङ

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?