Monday, August 2, 2021
Homeसौजन्यहाम्रा वादहरू

हाम्रा वादहरू

महेश्वरबहादुर भुजेल,
sharethis

महेश्वरबहादुर भुजेल

कविता

हिजो
तिमी र म एउटै नारा घन्काउँथ्यौं
एउटै उम्मेदवारलाई
टोलटोल घुमाउँथ्यौं
जिन्दावादको नारा लगाउँथ्यौं
जनजनलाई चिनापर्ची गराउँथ्यौं
न दिन भनिन्थ्यो
न रात भनिन्थ्यो
न भोक भनिन्थ्यो
न प्यास भनिन्थ्यो
आज
तिमी एकथरी नेताको पछि लाग्छौ
म अर्काेथरी नेताको पछि लाग्छु
तिमी एकाथरी नेताको गुणगान गाउँछौ
म अर्काेथरी नेताको गुणगान गाउँछु
खै ? कसरी हो
तिम्ले र मैले एउटै थालमा खाएको
बिर्सिएको हुनसक्छौं
अब मैले जिन्दावाद भनें
तिमी मुर्दावाद भन्छौ
तिमीले जिन्दावाद भन्यौ भने
म मुर्दावाद भन्छु
यस्तै छ साथी, तिम्रा र मेरा वादहरू ।
– कुटुबहाल, काठमाडौं ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

साताका लोकप्रिय समाचार

१६ लाख भन्दा बक्यौता नतिरेपछि नगरपालिकाको लाइन काटियो, सेवा ठप्प

  सप्तरी, राजविराज । लामो समयदेखी बक्यौता विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेका विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको लाइन पनि...

अख्तियारमा स्थानीय तहको सबै भन्दा बढी उजुरी

स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा विकासे अड्डाका उजुरीको चाङ् बढ्न थालेको छ । आर्थिक अपचलनदेखि कमजोर विकास निर्माण विरुद्ध उजुरी दर्ता भएपनि...

३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

ट्रेन्डिङ

पोर्चुगलमा कोरोनाबाट नेपाली सङ्क्रमित

लिस्बन । पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो...

पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

काठमाडाैं ।  नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)