Sunday, August 1, 2021
Homeसौजन्यजसले हिम्मत हार्न जानेकै छैन

जसले हिम्मत हार्न जानेकै छैन

प्रशान्त वली,
sharethis

पौरख

ललितपुर महालक्ष्मीथान–८ लुभु पुग्दा खेतबारीमै व्यस्त थिए, अमृत विक । कृषिलाई सम्भावना ठान्नेमध्ये एक हुन्, दाङ रक्षाचौरका उनी । कृषि गरेर ऋणमा डुबे तर कहिल्यै हतास भएनन् । ‘असफलता नै सफलताको प्रतीक हो’ भन्ने ठान लिएर उनी अघि बढिरहे । यही धैर्यताकै कारण अमृत आज यो स्थानसम्म आइपुगेका हुन् ।
‘गर्न धेरै बाँकी छन्,’ भन्छन्, ‘हिम्मत भने कहिल्यै हार्नु हुँदैन ।’



अब लागौं, २०६४ सालतिर । ती दिन अमृत घरनजिकै प्याज खेती गर्थे । लगत्तै २०६५ मा बर्दिया आए ।

‘बर्दिया फर्केपछि भने डटेरै कृषिकर्मतिर लाग्ने निधोमा पुगें,’ उनी सम्झिन्छन्, ‘तर उचित बजार नपाएपछि नराम्ररी ऋणमा डुबें ।’ त्यतिखेरको ११ लाख चानचुने रकम थिएन । तर, अमृतले हिम्मत हारेनन् । एक मन उनलाई ग्लानी पनि भयो, ‘कतै मैले बुबाआमाले कमाएको सम्पत्ति खेरै त फालिनँ ?’

त्यसपछि के भयो त ?

‘काठमाडौं आएँ, ममा विदेश जानुपर्ने दबाब पनि थियो, तर मानिनँ,’ उनी ती दिन सम्झन्छन्, ‘केही गरेरै देखाउँछु भन्ने हिम्मत थियो, अहिले पनि छ, जुन मैले कहिल्यै मर्न दिएको छैन ।’

२०६६ सालमा काठमाडौं छिरेका अमृत १४ वर्षदेखि कृषि पेशामा निरन्तर समर्पित छन्् । झन्डै तीन वर्ष टीकाथलीमा ‘पार्टनरसीप’मा उनले १६ रोपनी जग्गामा कृषि खेती सुरु गरे । पार्टनरकै सहयोगमा लामाटारमा ४० रोपनी जग्गामा कृषि खेतीमै बिताए ।

‘विस्तारै राम्रो हुँदै गयो,’ केही क्षणअघि निन्यारो देखिएका अमृत एकाएक उत्साहपूर्वक बोल्न थाले, ‘काम गर्दै जाँदा अनुभव पनि बढ्दै गयो, जसका कारण सजिलो हुन थाल्यो ।’



पाँच वर्षदेखि महालक्ष्मी नगरपालिकाको ६ रोपनी जग्गामा किसानीमा व्यस्त छन््, अमृत । मुख्यवालीका रूपमा उनले गोलभेंडा र सहायक वालीका रूपमा काउली, धनियाँ, गाँजर, बन्दा, फुलगोबी खेती गर्दै आएका छन्् ।

‘घरको ऋण तिरिसकें, वार्षिक १६ लाखबराबर कारोबार हुन्छ,’ भन्छन्, ‘जग्गा भाडा, कामदार, सिंचाइ, मल सबै कटाएर वार्षिक पाँच देखि सात लाख आम्दानी हुनेगर्छ ।’ उनको परिवारमा छोराबुहारी, छोरी र श्रीमती छन्् ।

कृषिबाहेक अरु सोच्नै नभ्याएका अमृत सीपसँगै ज्ञान पनि हुनुपर्नेमा जोड दिन्छन् । कृषिबारे उनले थुप्रै तालिमसमेत लिएका छन् ।

हाल, सामुदायिक कृषि सहायक छन्, अमृत । ‘हाम्रो कृषि फर्ममा दोलखा, सिन्धुली, काठमाडौंलगायत स्थानबाट प्रशिक्षणका लागि आउँछन्,’ उत्पादनलाई उन्नत बनाउने विषयका प्रशिक्षकसमेत रहेका अमृत भन्छन्, ‘प्रत्येक वर्ष २०÷२० जनालाई शिक्षा मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट २)को सहयोगमा तालिम दिइने गरिएको छ ।’



हुन त, अमृतको परिचय ‘कृषक’कै रूपमा भने खुम्चिएको छैन । उनी राजनीतिमा समेत दख्खल राख्थे । ‘राजनीति समाज सेवामात्रै होइन, कृषि उत्पादनसँग पनि जोडिनुपर्ने’ धारणा उनको छ ।

२०६४ सालमा दाङ क्षेत्र ५ बाट जनमोर्चा नेपालका तर्फबाट संविधान सभा सदस्यमा टिकटसमेत पाए, उनले । जनमोर्चा लुम्बिनी क्षेत्रीय व्यूरो सदस्य हुँदै तत्कालीन नेकपा माओवादी मातृका यादव समूह केन्द्रीय सदस्यसम्म भए, अमृत ।

‘मातृकाजी प्रचण्डतिर गएपछि कति यताउता गर्ने ? जनताको आशा पनि पूरा हुन सकेन,’ लामो सास तान्दै अमृत थप्छन्, ‘त्यसपछि कृषि सम्भावना बोकेको क्षेत्र भएकाले आफ्नै माटोमा खेल्ने विकल्प रोज्न पुगें ।’ कृषि समूह र सहकारीमार्फत काम गर्दै आएका उनी अहिले स्वतन्त्र राजनीतिमा रुचि पाल्छन् ।

२०७५ सालमा ४४ वर्षको उमेरमा एसईई उत्तीर्ण गरेका अमृत भन्छन््, ‘कृषिसम्बन्धी राष्ट्रिय नीति कृषकमैत्री छैन । प्रत्येक किसानलाई ९० प्रतिशत अनुदान दिने हो भने केही हद राहत मिल्थ्यो ।’

उनलाई एउटै कुरा खट्किरहन्छ, बिचौलिया । ‘बिचौलिया’कै कारण समस्या हुने गरेको उनको अनुभव छ । ‘कृषि पेशा सुरु गर्दा के गर्ने कसरी गर्ने ? भनेर अध्ययन गर्नुपर्छ, रोग किराको ज्ञान हुन अझ जरुरी छ,’ उनको सुझाव छ, ‘त्यसैले अध्ययन गरेर मात्रै यो क्षेत्रमा लाग्न जरुरी छ ।’

(Visited 311 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

साताका लोकप्रिय समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

  काठमाडौं । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा...

ट्रेन्डिङ

महाधिवेशन सार्न कांग्रेस नेताहरू सहमत

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष...

लोभलाग्दो ‘बाहुबली’ झरना

काभ्रेपलाञ्चोक । रोसी गाँउपालिका–२ काफलडाँडा स्थित तीनधारे झरनाको चर्चा एकाएक चुलिएको छ । केही समय अघिसम्म गुमनाम झरना हेर्न दैनिक हजारौँ मानिस आउजाउ गर्न...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)