Sunday, August 1, 2021
Homeसौजन्यअटल पाइलाहरू

अटल पाइलाहरू

केबी मसाल,
sharethis

केबी मसाल

घुमफिर

यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको पाइयो । यसमा ९३ महिला र ३ सय १५ पुरुष थिए । पर्यटन विभाग पर्वतारोहण शाखाअनुसार सगरमाथा आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७ सय ४२ ले आरोहण अनुमति लिएका थिए ।

गत वर्ष विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण सरकारले आरोहण अनुमति बन्द गरेको थियो । अहिले करिब चार हजार आरोही आधार शिविरमा छन् । आरोहण आकर्षणले महामारीका कारण बेरोजगार मजदुर तथा केही व्यवसायीलाई राहत मिलको छ । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजंघा, लोहोत्से, मकालु, चोयू, धौलागिरी, मनास्लु, अन्नपूर्ण नेपालमै पर्छन् ।

यसबाहेक विदेशमा रहेका हिमालमा केटु, नांगा पर्वत, गासेरब्रुम, ब्रोड पिक, गासेरब्रुम दोस्रो र सिसापाङमा हुन् । हरेक वर्ष करिब ३ सयदेखि ४ सयसम्म विदेशी आरोही सगरमाथा आरोहणका लागि आउँछन्् । झण्डै त्यति नै संख्यामा उनीहरूका सहयोगी अर्थात् पथ प्रदर्शक, भान्से, भरिया, प्रबन्धकले काम पाउँछन्् । कतिपय आरोही एक्लै हिमाल चढ्छन्् भने अधिकांशले पथप्रदर्शक, भान्से, भरिया, प्रबन्धकको सहयोग लिन्छन्् ।

सगरमाथा आरोहणका लागि आरोही एक महिनाभन्दा बढी समयदेखि आधारशिविरमा रहेका छन्् । शरीरलाई उचाइमा रहेको मौसमअनुकूल बनाउन उनीहरू आधार शिविरमा लामो समय बिताउने गर्छन् । अनुभवी आरोही केही कम र नयाँ एक महिनाभन्दा लामो समय आधार शिविरमै बस्छन्् । त्यहाँ रहँदा उनीहरू माथिल्लो शिविरमा जाने र झर्ने गर्छन् । तलमाथि गर्दा मानिसको शरीर उचाइसँग अनुकूल भएर लेक लाग्ने, अक्सिजन अभाव हुनेजस्ता समस्या कम हुने आरोही बताउँछन्् ।



नेपाल तथा अमेरिकालगायत देशले गरेको मौसम पूर्वानूमानका आधारमा सगरमाथामा उपयुक्त मौसम आँकलन गरिन्छ । आरोहणको भाषामा ‘विन्डो ओपन’ भएका बेला आरोही शिखरतर्फ जान्छन् ।

अनुकूल मौसम र पर्यटन विभागले तोकेको पालोअनुसार आरोही आधार शिविरबाट उकालो लाग्ने गर्दछन्् । मौसम तथा अरु प्राविधिक कारण थोरै समस्या आउँदा ज्यानै जान सक्ने भएकाले निकै सतर्कतासाथ उकालो लाग्न आत्मविश्वाससमेत बढाएर आरोही शिखरतर्फ जाने गर्छन्् । पाँच हजार मिटरमाथिको क्षेत्र जुनसुकै समय खतरा हुनसक्ने अर्थात् ‘डेथ जोन’ मानिन्छ । अग्ला हिमाल चढ्न बल र बुद्धिले मात्र हुँदैन, शारीरिक क्षमता उत्तिकै जरुरी हुन्छ ।

सगरमाथा शिखरमा पुग्नु ठट्टा हैन । कैयौंपटक मृत्यु कुल्चेर अघि बढ्नेमात्र शिखरमा पुग्न सक्दछन् । आरोहीले बाटोमा भेटिने शव देख्दा जो कोहीको मन झस्किन्छ । प्रत्येक वर्ष ज्यान नगुमाएको घटना विरलै हुन्छ । आरोहणमा ज्यान गुमाउनुका कारण प्रायः हिमपहिरोमा परेर, अक्सिजन सकिएर, लेक लागेर र लडेर हुने गर्दछ । अहिलेसम्मको तथ्यांक जोड्ने हो भने सैयौंको सपना सगरमाथामै सधैंका लागि बिलाएका छन् । तर पनि आरोहणका लागि अनुमति लिनेको संख्या बढदै छ । धेरै चुनौती बोकेर हिमालका चुचुरामा पाइला राख्ने साहसी आरोहीको सफलता नै आज विश्वमाझ नेपालले गौरव गर्न पाइएको छ ।



जाडो महिनामा लगभग शून्य बन्ने खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटक संख्या बढदै जान्छ । अहिले दैनिक सयको हाराहारीमा पर्यटक सगरमाथा क्षेत्रमा पुग्ने गरेका छन्् । यतिखेर खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवातजावत बढेको छ । महामारीका कारण नियमित हवाईसेवा नभए पनि हेलिकोप्टर चार्टर गरी पर्यटक तेञ्जिङ हिलारी विमानस्थलमा पुग्ने गरेका छन्् ।

पर्यटक चाप बढन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकले जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ ।

जोरसल्लेमा पर्यटक सूचना केन्द्रले पर्यटकलाई खुम्बु क्षेत्रमा जाँदा अपनाउनुपर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिनुपर्नेबारे पर्यटकलाई जानकारी दिने गर्दछ । यतिखेर पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचेलगायत ठाउँमा रहेका होटलमा पर्यटकको चहलपहल भएको छ ।

सगरमाथा चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६८ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले २९ मे १९५३ का दिन ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा शिखरमा पुगि विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले ‘सगरमाथाको देश’ भनेर संसारभर ख्याति पायो । तर, अहिले सगरमाथाको उचाई ८,८४८.८६ मिटर भएको छ । नयाँ उचाई यसअघि मानी आएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ ।



सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्दछ । तिब्बती भाषामा यसको नाम चोमोलुङमा हो । विशेष गरी थुलुङ राईहरू सगरमाथालाई चोमोलुङ भन्दछन्् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि, सन् १९५६ अर्थात् विसं २०१२ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम ‘सगरमाथा’ राखेका हुन । यसअघि, तिब्बतीले ‘चोमोलोङमा’ वा ‘झोमोलोङमा’ नाम राखेका थिए ।

तिब्बती भाषामा ‘चोमोलोङमा’ भनेको ‘संसारकी आमास्वरुपकी देवी’ भनिएको हो । तिब्बती आज पनि चोमोलोङमालाई आमा सम्झेर असाध्य माया र श्रद्धा गर्छन् । सगरमाथा संसारको सबैभन्दा अग्लो पहाड हो भन्ने कसैलाई थाहा थिएन । तर, सन् १८५२ मा बेलायतको ट्रिगोनोमेट्रिक सर्भेले सगरमाथालाई संसारको सबैभन्दा अग्लो पहाड भनेर पत्ता लगायो । यो पत्ता लगाउने कामका बेलायती नागरिक सर जर्ज एभरेस्ट थिए । उनी भारतमा रहेको इस्ट इन्डिया कम्पनीको सर्भे विभागमा थिए ।

सन् १८६५मा उनको सम्मानमा उनकै नाममा सगरमाथालाई एभरेस्ट नामाकारण गरिएको थियो । जर्ज एभरेष्टको सन् १८६६ मा बेलायतमा मृत्यु भयो । एभरेस्ट नाम राखिनुअघि युरोप र अमेरिकामा सगरमाथाको नाम ‘पिक १५’ थियो । तर, जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट रहेपछि भने यो पहाड संसारभर प्रसिद्ध भयो ।



एक तथ्यांकअनुसार हालसम्म झन्डै २ दुई ८० आरोहीले सगरमाथा आरोहणक्रममा ज्यान गुमाएका छन्् । प्रथम महिला आरोही जापानकी जुन्को ताबेई, प्रथम महिला नेपाली आरोही पासाङल्हामु शेर्पा, कृत्रिम अक्सिजनबिना आरोहण गर्ने फ्रान्सेली नागरिक राइनहोल्ड मेस्नर, सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने पेम्बादोर्जे शेर्पा, बाबुछिरी शेर्पा र कृत्रिम खुट्टा प्रयोगले आरोहण गर्ने नवाङ शेर्पा र पहिलो दक्षिण एसियाली पत्रकार महिला शैली बस्नेत हुन् ।

सोलुखुम्बु जिल्लामा मुख्य यातायात साधन हवाई सेवा हो । खुम्जुङस्थित आधार शिविरनजिक रहेको विमानस्थलबाहेक सोलुखुम्बुमा स्योङ्बुचे, तेन्जिङ हिलारी विमानस्थल, सदरमुकाम सल्लेरीमा रहेको फाप्लु विमानस्थल र जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कागेलडाँडा विमानस्थल रहेको छ । पछिल्लो समय सोलुखुम्बुमा गुदेलमा पनि विमानस्थल निर्माण हुन लागेको छ । यो विमानस्थल निर्माण पुरा भएपछि सोलुखुम्बुमा विमानस्थलको संख्या ६ वटा पुग्ने छ । अहिले सोलुखुम्बु जिल्लामा सडक संञ्जालले समेत छोएको छ । खुर्कोट–घुर्मी हुदै सल्लेरी सम्म २८२ कि.मि. यात्रामा सोलुखुम्वु पुग्न सकिन्छ भने ओखलढुङगा सल्लेरी हुदै ५८ कि.मि.यात्रामा पनि सोलुखुम्बु पुग्न सकिन्छ ।

(Visited 70 times, 2 visits today)
Loading comments...

आजको समाचार

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

साताका लोकप्रिय समाचार

महिला सहकारीलाई २८ वटा ‘कृषि एम्बुलेन्स’

बुटवल । कृषि तथा पशुजन्य उत्पादनको सहज बजारीकरणको लागि महिला सहकारीलाई २८ वटा ढुवानीका साधन उपलब्ध गराइएको छ । हेफर इन्टरनेशन, नेपालले ५ वटा...

आकास खस्ला माधव नेपालले बराबरको अध्यक्ष पाउदैनन् : रघुबीर महासेठ

  काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको...

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

ट्रेन्डिङ

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)