Monday, August 2, 2021
Homeप्रदेशमनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

राजधानी समाचारदाता,
sharethis

 

काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ ।

मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण गरेका छन् । केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए । अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

साताका लोकप्रिय समाचार

छोरा, छोरी र आमाको शव पोखरीमा

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

सर्वोच्चद्वारा सशस्त्रका डीआईजी श्रेष्ठको सेवाअवधि थप्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एक महिना अघि अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठलाई सेवामै रहने गरी दिएको अल्पकालीन...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा...

ट्रेन्डिङ

लड्नेकै पीडा बुझ्ने कसले ?

मकवानपुर हेटौंडा–६ का सामाजिक अभियन्ता कमलकुमार विश्वकर्माले झण्डै तीन दशक सचेतना अभियानमा बिताइसके । तर, उनी स्वयंले भने समानतापूर्ण व्यवहार महसुस गर्न पाएका छैनन्...

पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

एजेन्सी । हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग गुपचुप विवाह गरेकी छिन् । ५३ वर्षिय यी नायिका प्लेब्वाई म्यागजिनमा छापिएपछि चर्चित भएकी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)