काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ जना र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नयाँ संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)