मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथसँगै उनले ५ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका छन् । नयाँ बन्ने मन्त्रीहरु सबै विनाविभागीय हुन् ।

मन्त्री बन्ने सौभाग्य पाउनेमा कांग्रेसबाट कुमार खड्का, माआवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ छन् । राजी गुरुङ यसअघि युवा तथा खेलकुद मन्त्री थिए ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी