Sunday, August 1, 2021
Homeबिचारकोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

शैक्षिक नेतृत्व सुझबुझ, समझदार, संवदेनशील र दृष्टिबोधी हुनुपर्छ

गोपीनाथ मैनाली,
sharethis

 

शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको छ तर शिक्षा र शैक्षिक क्रियाकलापमाथि परेको प्रभाव अरू क्षेत्रभन्दा दूरगामी छ । किनकि सिक्ने सिकाउने कार्यले ज्ञान, सीप, रोजगारी, वृत्ति, उत्पादन, वितरण, कार्यउत्साह र मनोविज्ञानलाई एकसाथ प्रभाव पार्छ । यो मानव सभ्यतामाथि नै चुनौती हो । अरू कुराहरू बिग्रिएमा सपार्न धेरै समय लाग्दैन । शिक्षा नै अवरुद्ध भए अरू क्षेत्र स्वतः प्रभावित हुन्छन् ।

कोरोनाका कारण कतिपय मुलुकले शैक्षिक सत्र नै क्षति गरे । धेरैजसो मुलुकले पाठ्यभार घटाएर, कक्षा तालिका सच्याएर शैक्षिक सत्रलाई बल्लतल्ल धाने । वर्षमा १ सय ९० दिन सञ्चालन हुने कक्षामा ७४ दिन त्यत्तिकै हराएको युनेस्कोले जनाएको छ । ९१ प्रतिशत विद्यार्थीहरू विद्यालयबाहिर हुने स्थिति आयो । गत अप्रिलसम्म आइपुग्दा १ सय ९० मुलुक आंशिक रूपमा कक्षा सञ्चालनमा थिए । अहिले १ सय १ मुलुकमा विद्यालय खुलेको भनिए तापनि भारत, ब्राजिल, टर्कीलगायत घना जनआवादी भएका मुलुक उच्च संक्रमणमा छन् । विस्तारै सामान्यतर्फ लागेको नेपालको शैक्षिक क्षेत्र अप्रिलदेखि निकै कष्टकर अनुभूतिमा छ । करिब ९१ लाख विद्यार्थी विद्यालयबाहिर छन् ।

कतिपय मुलुकले विद्यार्थीलाई सिकाइ प्रक्रियामा क्रियाशील राख्न र घरपरिवार पनि सुरक्षित गर्न ‘पेन्डामिक पड’को उपयोग गरिरहेका छन्

महामारीले शैक्षिक क्षेत्रमा तत्कालीन र दूरगामी प्रभाव पार्दै छ । तत्काल देखिएको प्रभाव सिकाइ गतिविधिमा अवरुद्धता हो । गत वर्ष विशेष व्यवस्थापन गरी शैक्षिक सत्र क्षति हुनबाट बचाइयो । अहिले त्यो कसरी भन्ने चुनौती छ । माघदेखि सिकाइ गतिविधि सुचारु हुँदै थियो । चैतबाट समुदायमा फैलिएको संक्रमणले फेरि अनिश्चयतिर धेकेलिएको छ । वित्तीय स्रोत संकुचित भएकाले कोभिड रेस्पोन्सका लागि शिक्षा क्षेत्रमा चाहिने स्रोत व्यवस्थापनमा पनि समस्या पार्दै छ । लामो समय विद्यालय जान वञ्चित भाइबहिनीको विद्यालय छाड्ने दर बढ्दै छ । बालबालिकामाथि श्रम शोषण र हिंसा पनि देखिएको छ । पढ्ने बानीलाई पनि पछिल्तिरि धकेलेको छ । मेधावी प्रतिभा विकासमा पछि पर्दै छन् । शैक्षिक क्षेत्रमा धेरैले रोजगारी गुमाएका छन् जसको प्रभाव सन्ततिको शिक्षामा पर्ने नै भयो । पढाइको अवधि लम्बिँदै छ वा सामान्य औपचारिकताको मूल्यांकन विधि अपनाएर स्तरवृद्धि गर्नुपर्ने बाध्यता छ । यी दुवै अवस्था सिकाइ सक्षमताका लागि पटक्कै उचित होइनन् । वैकल्पिक विधि वा सामुदायिक प्रक्रियाबाट जसले सिके, त्यसले पनि सिकाइ सीमिततालाई प्रश्रय दिइरहेको छ । सहरबजार र उच्च कक्षामा वैकल्पिक सिकाइ केही हदमा ठीकै भए पनि ग्रामीण भेग र प्रारम्भिक बालविकासका भाइबहिनीका लागि पहुँच र सामथ्र्य दुवै कोणमा प्रभावकारी छैन । दीर्घकालीन रूपमा ठूलो शैक्षिक विभेद पनि सिर्जना गर्दै छ ।

कोभिडको प्रभावले सिक्ने, सिकाउने र परीक्षणका परम्परागत विधि र अभ्यासलाई पुनर्बोधको माग गरेको छ । किनकि सिक्नु सिकाउनु छ । अमूल्य समय खेर जान दिनु छैन । जीवन पहिलो हो र त्यसपछि मात्र अरू भन्ने पनि भुल्नुभएको छैन । यसै पनि सिक्ने–सिकाउने, बुझ्ने–बुझाउने विधि व्यावहारिक हुनुपर्छ र व्यावहारिक बनाउने क्रममा तिनले समय, चेतना स्तर र परिवेशसँग अनुकूलित हुँदै जानुपर्छ । कोभिड महामारीले यी कुरामा विशेष व्यावहारिकता मागेको छ ।

यसै पनि सूचना सञ्चार प्रविधिको निरन्तर विस्फोट र भाषिक सांस्कृतिक आबद्धीकरणका कारण शैक्षिक क्रियाकलापका पर्खाल भत्किदै थिए, कोभिड महामारीले कक्षा कोठाको पर्खाल गल्र्यामगुर्लुम भत्काएको छ । समुदाय, घर, सुरक्षित स्थान र टच स्क्रिन कक्षा बनेका छन् । सिकाउने शिक्षक बहुरूपमा विस्तार भएका छन् । यसले एउटा उकुस मुकुसका साथ जबर्जस्त परिवर्तन र अनुकूलन क्षमताको माग गरेको छ ।

परम्परागत रूपमा सिकाइ विधि फेस टु फेस हो जहाँ शिक्षकले भाषण गर्ने, विद्यार्थीले सुन्ने, पाठ्यक्रमलाई आधार मान्ने, गृहकार्यकक्षा कार्य गर्ने र प्रत्यक्ष रूपमै परीक्षण मूल्यांकन गरिन्छ । यो विधि सजिलो छ र शिक्षक र विद्यार्थी यसमा अभ्यस्त छन् । बुभ्mन र पृष्ठपोषण गर्न फेस टु फेस आफंैमा जीवन्त छ । महामारीका कारण फेस टु फेस विधि अपनाउन नसकिने भएकाले शैक्षिक नम्र्स तथा विधि परिवर्तन गर्नुपरेको छ । भाइबहिनीको पढ्न पाउने हक पनि उपयोग गर्नुपरेको छ । महामारीको संक्रमणबाट भाइबहिनीलाई सुरक्षित पनि राख्नु छ । शैक्षिक सत्र क्षति हुन दिनुहुँदैन, जीवनमा वर्षको महत्व निकै हुन्छ । तर, जीवन जोखिममा पर्नेगरी सिकाइनु पनि हुन्न । जीवन पहिलो र त्यसपछि मात्र अरू हुन् ।

‘जीवन पहिलो, त्यसपछि अरू’को रणनीति कार्यान्वयन गर्न सिकाइमा डिजिटल प्लेटर्फम र फेस टु फेसको ब्लेन्डेड विधि अपनाउन थालिएको छ । अनलाइन प्लेटफर्ममा जुम, लेक्चर बुक, ई–बुक, लर्निङ् पोर्टल, भिडियो युट्युब, ड्रिल सप्mटवेयर, कन्स्ट्रक्सन, लेगो, रोबोट, डिजिटल अन्तत्र्रिmया, गेम्स, ह्वाट्स याप, ब्लग, लगबुक र एसेसमेन्ट टुल्स आदि उपयोगमा ल्याइएका छन् । कोभिडको चेनब्रेक गर्न मुलुक बन्दाबन्दीको रणनीतिमा गएपछि विश्व स्वास्थ्य संगठनले वर्क फ्रम होमजस्तै वैकल्पिक विधि र विद्यालय पुनः सञ्चालनको ढाँचा सिफारिस गरेको थियो । ‘टेक्निकल थेरापी’ र जनस्वास्थ्य प्रोटोकलको ब्लेन्डेड विधिले प्रशंसा पनि पायो । आर्थिक क्षमता, प्रविधि पूर्वाधार, कनेक्टिभिटी र सिकाइ संस्कृतिका कारण हामी तिनलाई कसरी उपयोग गर्न सक्छाैं ? प्रश्न गम्भीर छ । तर, उपयोगमा नल्याई पनि भएको छैन, भविष्यका कर्णधारलाई सिकाइविहीन राख्न पनि भएको छैन । किनकि भाइबहिनीको भविष्यसँग समाज, सभ्यता र राष्ट्रको भविष्य जोडिएको छ । स्वयं आइसोलेट भएर बस्दा माया, प्रेम सद्भाव, आवेग र संवेग साट्ने अवसरबाट वञ्चित हुनु आफंैमा पीडा हो । सिकाइ नभए यो पीडा झनै बढ्छ नै ।

कोभिडले कक्षाकोठा, सिकाइ विधि, परीक्षणको परिभाषा र विधिमा आमूल परिवर्तन गर्दै छ । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापकको भूमिका पनि परिवर्तन हुँदै छ । सिकाइ स्थल कक्षाबाट विस्तरित प्लेटफर्मतिर पुगेको छ भने सिकाइ विधि सनातनी सम्भाषणबाट वैकल्पिक र ब्लेन्डेड विधि हुँदै समुदायसम्म विस्तार भएको छ । परीक्षणलाई निरन्तर स्वचालित विधि हुँदै स्वमूल्यांकनसम्म पु-याउनुपर्नेछ भने यस प्रक्रियाका प्रधान पात्र विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापक नयाँ प्रक्रियासँग निरन्तर अनुकूलनमा जानुपर्ने भएको छ । भाषण गर्ने शिक्षक अब बहुसीपयुक्त र ‘डिजिटल स्याभी’ हुनैप-यो, अभिभावक वैकल्पिक शिक्षक हुनुप-यो । व्यवस्थापक परम्परागत प्रशासनबाट वास्तविक व्यवस्थापक हुनुप-यो । नियुक्ति हाजिरी र राजनीतिको सीमाबाट बाहिरिन प-यो । मेयर, मन्त्रीहरू विद्यार्थीको सुदूर भविष्य र वर्तमानको विपद्प्रति संवेदनशील हुनुप-यो । अमूर्त राजनीतिको कुरा गर्ने भूमिकाबाट वास्तविक नीतिबोधी बन्नुप¥यो । शैक्षिक विभेदीकरण पनि आउने सम्भावना रहेकाले विपन्न परिवारलाई शैक्षिक राहत कार्यक्रम आवश्यक छ । प्रारम्भिक बालविकास, किन्टरकार्डेन, डे केएर, नर्सरी तहका भाइबहिनीलाई मनोपरामर्श सहयोग चाहिएको छ । त्योभन्दा पनि जरुरी अपांगता भएका भाइबहिनीलाई छ । सरकारका तहहरू यसमा संवेदनशील हुनुपर्छ । किनकि, भाइबहिनीको पढ्न पाउने हक कुनै हालतमा पनि सुरक्षित गरिनुपर्छ तर यो पनि भुल्नुहुन्न ‘जीवन पहिलो र त्यसपछि मात्र अरू ।’

कतिपय मुलुक विद्यार्थीलाई सिकाइ प्रक्रियामा क्रियाशील राख्न र घरपरिवार पनि सुरक्षित गर्न ‘पेन्डामिक पड’को उपयोग गरिरहेका छन् । विशेषतः ससाना भाइबहिनीलाई कुलतमा लाग्न नदिन, एक्लोबोध हुन नदिन र आफूजस्तैलाई एकै ठाउँ÷एकै सञ्जालमा जोड्न ‘पेन्डामिक पड’ उपयोग गर्न सकिन्छ । प्रविधि र चेतनाले पनि त्यसो गर्न सघाएको छ । नेपालमा गत असोजबाट सीमित उपयोग गरिएको ‘क्लोज युजर्स ग्रुप’लाई पेन्डामिक पडका रूपमा उपयोग गर्न सकिन्छ । यसबाहेक स्थानीयता र सिकाइ समूहअनुरूप अरू विधि पनि उपयोगमा ल्याउन सकिन्छ । कतिपय शिक्षकसँग यसखाले नवप्रवत्र्तनको क्षमता पनि छ । मान्यता दिई विस्तारमा ल्याउन सकिन्छ ।

विपद्ले पाठ्यवस्तु, पाठ्यक्रम र पाठ्यभारलाई पनि आपतमैत्री बनाउन माग गरेको छ । महाविपद्मा विद्यार्थी सामान्य अवस्थामा झै सबै विषय पढ्न सक्तैनन् । टेक्स्ट बुक एप्रोच सबै हदमा व्यावहारिक हँुदैन । समुदायका सिकाइलाई पनि आपतकालीन पाठ्य भारमा समावेश गर्न सकिन्छ । परिवारमा, समुदायमा, जहाँ जसले जे सिक्न सक्छ, त्यो नै पाठ्यक्रम मान्नुपर्ने हुन सक्छ । किनकि शिक्षाले जीवन र समयलाई बोक भनेको छ । विद्यार्थी चाहनाको कार्यलाई पनि विशेष भार दिन सकिन्छ । तर, सिकाइ उपलब्धि मूल्यांकनमा इक्जामिनेसन इन्टिग्रिटी साथ व्यावहारिक विधि चाहिन्छ त्यत्तिकै अंक दिएर स्तर वृद्धि गर्ने सोच शिक्षा प्रणालीका लागि प्रत्युत्पादक हुन सक्छ ।

तर, यी विधि तथा प्रविधि उपयोगमा ल्याउन केही सवालमा गम्भीर हुनुपर्छ । पहिलो हाम्रो शैक्षिक नेतृत्व सुझबुझ, समझदार, संवदेनशील र दृष्टिबोधी हुनुपर्छ, जुन देखिएको छैन । प्राज्ञिक व्यवस्थापनको कुरा त परको हो, शैक्षिक प्रशासन पनि छैन । भविष्यका कर्णाधारका लागि शैक्षिक नेतृत्वले गम्भीर नबने त्यो नैतिक अपराधै हो । गत वर्ष सुरु गरिएका प्रयासलाई थप अग्रसरता दिई ‘वार फुटिङ’मा लानुपर्छ । त्यसपछिका सवालमा दूरशिक्षा र वैकल्पिक विधिको अवलम्बनका लागि प्रविधिक सुविधा, डिजिटल पूर्वाधार, शिक्षक तयारी र क्षमता विकाससहितको अभिमुखीकरण, अनुकूलन विकास, कार्यशाला अभ्यास र परीक्षण सदाचारिताजस्ता कार्य आक्रामक रूपमा गरिनुको विकल्प छैन । स्वघोषित शिक्षाविद्हरूको बुझाइ र विज्ञताले आपदमा काम गर्दैन । सुझावको औपचारिकतामा समय बर्बाद गर्नु हुन्न । र, के भुल्नु हुन्न भने विपद्ले दिएको शिक्षा पछि पनि काम लाग्छ । अब सिकाइ विधि हाइव्रिडतर्फ निरन्तर अघि बढ्नेछ ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

साताका लोकप्रिय समाचार

तेक्वान्दो एकेडेमीमा कलर बेल्ट परिक्षा सम्पन्न

कैलाली । नेपाल आईटीएफÞ तेक्वान्दो महासंघ अन्तर्गत सुदुर पश्चिम प्रदेश कैलालीद्वारा स्टार तेक्वान्दो एकेडेमीमा आज कलर बेल्ट परीक्षा सम्पन्न गरेको छ । सुदुर पश्चिमकै नमूना...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत...

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन...

ट्रेन्डिङ

विहे गर्ने मन छ उमेर मिल्ने पुरुष छैन

दैलेख । अन्य जातीले प्रणय दिवस मनाईरहँदा दक्षिण एसियाको लोपोन्मुख मानिने राउटे समुदायकी युवतीलाई विवाह योग्य पुरुष नपाउने चिन्ताले पिरोलिरहेको छ ।...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट सुनवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ प्रारम्भ गर्दैछ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ आजबाट हुन लागेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)