Tuesday, August 3, 2021
HomeEditor-Picksनिषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काैशिला कुँबर,
sharethis

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो ।

निषेधाज्ञाबीच दाल, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोललगायत उल्लेख्य आयात भएको पाइएको छ । गत १६ वैशाखदेखि दाल/गेडागुडी २९ हजार ८ सय ४५ मेट्रिक टन आयात भएको छ । तरकारी ४६ हजार १ सय ४५ मेट्रिक टन, फलफूल, ३१ हजा ४ सय ४ मेट्रिक टन, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार ४६ हजार ९ सय ७८ मेट्रिक टन एलपीजी ग्यास, १ लाख ३२ हजार ४ सय ८ किलोलिटर डिजेर ४२ हजार ६ सय ६२ किलोलिटर पेट्रोल भित्रिएको छ ।

हाल, सरकारी निकायको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २ लाख ६९ हजार ९५ क्विन्टल खाद्यन्न मौज्दात रहेको छ ।
निषेधाज्ञा अवधिमा खाद्य कम्पनीको विभिन्न बिक्री कक्ष तथा कार्यालयबाट १ लाख ९० हजार ३३ क्विन्टल खाद्यान्न बिक्री भएको छ । सुगम जिल्लामा ८१ हजार ३ सय ६ क्विन्टल र अन्य २४ जिल्लामा १ लाख ९ हजार ४ सय २७ क्विन्टल खाद्यान्न बिक्री भएको मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनसँग आयोडिनयुक्त नुन १ लाख ५३ हजार ९ सय ६४ मेट्रिक टन मौज्दात छ । मन्त्रालयका अनुसार कर्पोरेसनसँग ६ सय ९९ मेट्रिक टन चिनी र निजी क्षेत्रसँग २१ हजार ५७ मेट्रिक टन चिनी मौज्दात छ ।

पेट्रोलियम पदार्थमा निगमसँग ४७ हजार ३ सय ८५ किलोलिटर पेट्रोलियम पदार्थ ९ पेट्रोल, डिजेल, मट्टितेल, मौज्दात छ । १ देखि २३ वैशाखसम्ममा १९ हजार ३ सय ३२ किलोलिटर पेट्रोल, ९० हजार ४ सय ७९ किलोलिटर डिजेल, १२ सय ९२ किलोलिटर मट्टीतेल, १ सय ५२ किलोलिटर हवाई इन्धन र १५ हजार ६ सय २४ मेट्रिक टन एलपी ग्यास आयात भएको पाइएको छ ।

यसैगरी, सोही अवधिमा १९ हजार ३ सय ८२ किलोलिटर पेट्रोल, ९० हजार ४ सय ३४ किलोलिटर डिजेल, ११ सय ९ किलोेलिटर मट्टीतेल, ११ सय ४ किलोलिटर हवाई इन्धन र १५ हजार ६ सय २४ मेट्रिक टन एलपी ग्यास बिक्री भएको तथ्यांकमा उल्लेख छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

साताका लोकप्रिय समाचार

खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

पूर्वसभामुख महराले पाए सफाई

  काठमाडाैं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीश माधवप्रसाद पोखरेल...

गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर...

ट्रेन्डिङ

प्रधानमन्त्रीको कदम भर्तसनायोग्य : बामदेब गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्नेे कदम गलत भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेशबुक मार्फत विज्ञप्ती...

कहाँ छ १ खर्ब १६ अर्ब ?

काठमाडौं । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)