Sunday, August 1, 2021
HomeEditor-Picksमनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

राजधानी समाचारदाता,
sharethis

 

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ । त्यस्तै लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ । विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्पे्रषण गर्ने गरेको छ ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

साताका लोकप्रिय समाचार

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ सुरु, संक्रमित बढ्दै

  सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको...

सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्

काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन...

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

  काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

ट्रेन्डिङ

गायिका देशारलाई मातृशोक

चापागाउँ (ललितपुर) । गायिका निशा देशारलाई मातृशोक परेको छ । उनकी आमा चिरिमाया देशारको आइतबार चापागाउँ न्हाकदँस्थित घरमा निधन भएको हो । झन्डै डेढ वर्षदेखि...

चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

काठमाडौँ । के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)