Tuesday, August 3, 2021
HomeNot-to-be-missedहिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५ असारबाट २७ असारभित्र उनले अमेरिकाका विभिन्न राज्यमा ६ वटा एकल सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

सांगीतिक यात्राका लागि केही महिनाअघि अमेरिका पुगेका उनले यसअघि रामकृष्ण ढकालसँग एउटा मात्र सांगीतिक कार्यक्रम गर्न भ्याएका थिए । त्यति बेला खोप भर्खर सुरु भएका कारण दर्शक सोचेअनुसारको उपस्थित हुन चाहेनन् । सोही कारण आयोजक संस्थाले उनको एकल सांगीतिक यात्रा केही समयका लागि सारेको थिए ।

यति बेला अमेरिकामा बहुसंख्यकले दोस्रो डोज पनि खोप लगाइसकेकाले सांगीतिक कन्सर्ट गर्न खुला गरिएका कारण आफ्नो कन्सर्ट हुन लागेको उनले बताएका छन् ।

गायक हिमाल सगारले आहिले आफ्नो ६ वटा एकल सांगीतिक कन्सर्ट तयार भएको बताएका छन् । यो कन्सर्ट एक महिनामा सकिएपछि अरू कन्सर्ट सुरु गर्ने उनको कथन छ ।

गायक हिमाल सागरको यो १९ जुनमा ओहओमा र २८ जुनमा टेक्सासमा सांगीतिक कन्सर्ट हुँदै छ । यस्तै जुलाई ४ मा अमेरिकाकै न्यु जर्सीमा, १० जुलाई र ११ जुलाईमा कन्टिनेन्टीमा र १४ जुलाईमा आफ्नो कन्सर्ट न्युयोर्कमा हुने पनि उनले बताएका छन् ।

यसपछि अरू कन्सर्टका लागि कुरा भइरहेको उनले बताए । पछिल्लो पुस्ताका रुचाइएका गायक हिमाल सगर कन्सर्ट दर्शकका रोजाइका कलाकार पर्छन् । अस्ट्रेलिया, युरोका १४ मुलुक र अमेरिकाका विभिन्न राज्यमा यसअघि कन्सर्ट गरिसकेका उनी अब भने आफू अमेरिकाको दुई महिनाको कन्सर्ट सम्पन्न गर्ने तयारीमा जुटेको बताउँछन् ।

यो कन्सर्टमा उनले आफ्नो १२ देखि १६ वटासम्म चर्चित गीत गाउने भएका छन् । दर्शकको रोजाइका गीत गाउने उनले बताएका छन् । विगतमा विभिन्न कलाकारसँग कन्सर्ट गर्दै आएका उनी यसपटक भने एक्लै स्टेजमा प्रस्तुत हुने बताउँछन् ।
यहीबीचमा उनले अमेरिकामा आफ्नो नयाँ गीतको भिडियो पनि छायांकन गर्ने भएका छन् । सो कन्सर्टसँगै सो भिडियो छायांकन गरेर चाँडै रिलिज गर्ने पनि उनले बताए । यस अघि कन्सर्टका लागि अमेरिका गएका उनी कन्सर्ट रद्द भएपछि उतै बसेका थिए । अब यो सांगीतिक यात्रा सम्पन्न गरेपछि उनी दुई महिनापछि नेपाल फर्कने भएका छन् ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

साताका लोकप्रिय समाचार

एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने...

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

पीसीआर परीक्षणसँगै खोप विस्तार आवश्यक

केही महिनासम्म निरन्तर निषेधाज्ञा लागू गरिए पनि पछिल्लो समयमा गरिएको कोरोना संक्रमण परीक्षणमा संक्रमण दर ह्वात्तै बढेर गएको छ । यो चिन्ताजनक विषय हो...

ट्रेन्डिङ

एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको...

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट, पाँच जना घाइते

सिरहा । सिराहाको लाहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)