उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

तरकारी र किराना पसल ११ बजेसम्म खोल्न दिइने, मास्क लगाएर हिँडडुल गर्न छुट

निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ। विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाइने भएको छ। खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ। प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईनमार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साकार हुँदै जित्नैपर्ने दबाब