Monday, August 2, 2021
HomeEditor-Picksचलचित्रकर्मी झन् अन्योलमा

चलचित्रकर्मी झन् अन्योलमा

डब्बु क्षत्री,
sharethis

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरपछि चलचित्रकर्मी झनै अन्योलमा परेका छन् । निर्माण आधा भएका तथा निर्माण कार्य सम्पन्न भइसकेका नेपाली चलचित्र अब कहिले दर्शकमाझ ल्याउन सकिएला भन्ने चिन्ताले उनीहरूलाई सताउन थालेको छ । चलचित्रको लगानी यतिबेला फ्रिज भएका कारण उनीहरूलाई बैंकको ब्याजले पनि पिरोल्न थालेको छ ।

नेपाली र अन्तर्राष्ट्रिय बजारसँगै ओटिटी प्लेटफर्मका लागि फिल्म गोर्खा वारियर–२ निर्माण गरेका निर्देशक मिलन चाम्सले दोस्रो लहरको कारण सो फिल्मको छायांकन सम्पन्न गर्न सकेका छैनन् । यो चलचित्रलाई उनी आगामी कात्तिक वा मंसिरमा सार्वजनिक गर्न चाहन्छन् । बेलायतलगायत युरोपका विभिन्न मुलुकसहित विश्वव्यापी रूपमा यो फिल्म रिलिज गर्ने उनको लक्ष्य छ । तर, अब आफ्नै देशका सिनेमा हल कहिलेदेखि खुल्छन् भन्नेमा उनी दुविधामा छन् । हल खुले पनि दर्शक आउलान् कि न आउलान् भन्ने उनलाई अर्को चिन्ता छ ।

अर्का निर्माता निर्देशक सन्तोष सेनले नयाँ चलचित्र हुुतुतुको निर्माण तयारी गर्दै थिए । दोस्रो लहरको कोरोनाका कारण यो चलचित्रको छायांकन सुरु नहुँदै रोकिएको छ । त्यसो त सन्तोषले अभिनेता प्रदीप खड्का अभिनित चलचित्र प्रेमगीत–३ पनि गत वर्षबाटै प्रदर्शनीको तयारी गरिरहेका थिए । आफ्नो चलचित्र कहिले रिलिज गर्ने भन्नेमा उनी पनि त्यत्तिकै चिन्तित छन् ।

चलचित्र प्रेमगीत–३ तयार गरेको पनि १४ महिना भइसक्यो । उनले यसैबीच यो चलचित्रलाई हिन्दी भाषामा पनि स्वराँकन गरेर हिन्दीमा भारतमा समेत रिलिज गर्ने योजना बनाएका छन् । यसरी आफूले तयार गरेको प्रेमगीत–३ लाई कहिले रिलिज गर्ने भन्ने टुंगो लाग्न नसकेको बेला नयाँ फिल्म हुतुतुको छायांकन सुरु गर्ने जोखिम उनले यतिबेला उठाउन चाहेका छैनन् ।

निर्देशक फुलमान बल पनि आफ्नो चलचित्र निरफूल कहिले हलमा लगाउन सकिएला भन्ने सोचमा छन् । कोरोनाको संक्रमणले महामारीका रूपमा दिएका कारण यसको अरू लहर पनि आउला भन्ने उनलाई चिन्ता छ । जसका कारण एक वर्षअघि नै तयार भएको आफ्नो चलचित्र केही समय अझै सिनेमा हलमा लगाउन अवस्था नदेखिएको फुलमानको भनाइ छ ।

यस्तै चलचित्र चुरीफुरीका निर्माता निर्देशक ऋषिराज आचार्य पनि आफ्नो चलचित्र १ असोजमा ल्याउने पूर्व घोषणा सार्थक हुने अवस्था देख्दैनन् । अहिलेको स्थिति हेर्दा आगामी मंसिर अघि हल खुल्ने उनले देखेका छैनन् । चलचित्रमा करोडौं रुपैयाँ खर्च भइसकेकाले समय राम्रो नभएरसम्म चलचित्रलाई हलमा रिलिज गर्न नसकिने उनको कथन छ ।

नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीका अनुसार यतिबेला २५ वटा चलचित्र प्रदर्शनका लागि तयार भएर बसेका छन् । यी सबै चलचित्र एक वर्षअघि नै तयार भएका हुन् । प्रतिफिल्म १ करोडको हिसाब गर्दा पनि २५ करोड रुपैयाँको सिनेमा प्रदर्शन हुन सकेको छैन । यस्तै अधिकारीका अनुसार अहिले १५ वटा नेपाली चलचित्र निर्माणमा छन् । जसमध्ये केहीको ल्याबमा काम भइरहेको छ भने केही चलचित्रको छायांकन आधा मात्र सकिएको छ ।

यसरी अहिले ४० वटा चलचित्र र सिंगो चलचित्र उद्योगको भविष्य अन्योल छ । कोरोना संक्रमणपछि कहिलेबाट हल खुल्ने हो भन्नेबारे अहिले अनुमान गर्न पनि गाह्रो भएको यी निर्माता निर्देशकको कथन छ । चलचित्रको गीतिविधि बन्द हुँदा कैयौं चलचित्रकर्मी पनि पूर्ण बेरोजगार भएको पनि उनले बताएका छन् ।

यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भने केही आशावादी छन् । बोर्डले चाँडै ३ हजार डोज खोप सरकारसँग लिएर चलचित्रको काममा सक्रिय हुन लागेको सिनेकर्मीलाई लगाउने छ । सो खोपपछि चलचित्र निर्माणको काम सुरु हुने र बिस्तारै सिनेमा हल खुल्ने उनको विश्वास छ ।

अब हलमा दर्शकको उपस्थित कस्तो रहन्छ भन्नेबारे अहिले नै अनुमान गर्न नसकिने कथन उनको छ । चलचित्र उद्योगलाई चलाउनमान बनाउन आफूहरू क्रियाशील रहने बोर्ड अध्यक्ष दाहालको भनाइ रहेको छ ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

साताका लोकप्रिय समाचार

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

एमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष...

भ्वाइस अफ नेपालकाे फाइनलमा चार प्रतिस्पर्धी छानिए

काठमाडौं । कोरोनाको महामारीपछि गत वैशाखको तेस्रो साताबाट रोकिएको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ एक महिनाबाट प्रसारण हुँदै आएको छ । भ्वाइस...

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

ट्रेन्डिङ

सुन ताेलाकाे ९९ हजार

काठमाडाैं ।  कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८...

संविधान संशोधन कार्यदल बैठक : नेम्वाङ र देवकोटाको असहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले शनिबार संविधान संशोधन गर्न गृहकार्य गर्ने कार्यदल गठन गरी गोप्य राखे पनि संयोजक माधवकुमार नेपालले दुई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)