Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३गोलभेडा खेतीबाट एचआईभी संक्रमित बालबालिकालाई सहयोग

गोलभेडा खेतीबाट एचआईभी संक्रमित बालबालिकालाई सहयोग

सञ्जीव दुलाल,
sharethis

भक्तपुर । भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिकालाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले एचआईभी संक्रमित बालबालिकालाई आवश्यक पोषण तथा खाद्यान्न सहयोग गरेको हो ।

भक्तपुरको चाँगुनारायण नपा–३ झौखेलमा संस्थाले सन् २०१५ देखि ८ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक गोलभेडा तथा तरकारी खेती गर्दै आएको सुरुवातले तरकारी उत्पादनबाट आम्दानी भएको रकमले बालबालिका तथा अरूलाई सहयोग गरेको हो । सुरुवातले गरेको व्यावसायिक गोलभेडा तथा तरकारी खेतीबाट भएको आम्दानीबाट उक्त सहयोग गरिएको संस्थाका अध्यक्ष उमेश खड्काले स्पष्ट पारे । सुरुवातले एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोगमा व्यवसायिक गोलभेडा तथा तरकारी खेती गर्दै आएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न जारी निषेधाज्ञाको कारण पीडित २१ जना एचआईभी संक्रमित बालबालिकालाई खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए । अध्यक्ष खड्काले प्रतिव्यक्ति १५ किलो चामल, दाल ३ किलो, पीठो २ किलो र चिनी, नून, गेडागुडी एकएक किलो, तेल एक लिटर र आधा क्रेट अन्डा सहयोग गरिएको जानकारी दिए ।

उनका अनुसार प्रतिव्यक्ति करिब ३ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।‘निषेधाज्ञाको कारण दैनिकी गुजारा गर्न नै समस्या भएको जानकारी आएपछि एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हौं’, उनले भने, ‘थप अर्को एक महिनाको लागि पनि खाद्यान्न सहयोग गर्ने तयारीमा सुरुवात छ ।’

एआरभी खाइरहेका विपन्न १३ जना बालबालिकालाई सन्तुलित पोषणस्वरूप उक्त खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक पन्नोस शर्मा बताउँछन् । उनका अनुसार सुरुवातले कोरोना भाइरस संक्रमणको पहिलो लहरका बेला पनि ती बालबालिकालाई दुईचरणमा खाद्यान्न सहयोग गरेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

यसबीचमा स्थानीय तहमा माग गर्दा पनि कुनै राहत उपलब्ध नगराएपछि सुरुवातमै यस वर्ष पनि सहयोग माग गरेको संक्रमित बालबालिकाले बताएका छन् ।
आफूहरू एचआईभी संक्रमित भएकाले शरीरको रोग प्रतिरोधी शक्ति कमजोर हुने र त्यसमाथि कोरोना भाइरस संक्रमण भए स्वास्थ्य अवस्था गम्भीर हुने ध्यानाकर्षण गर्दा पनि कुनै पनि स्थानीय निकायबाट सुनुवाइ नभएको उनीहरू बताउँछन् ।

त्यसैले गत वर्षझै यस वर्ष पनि सुरुवातमा सहयोगको माग गरेको र सोहीअनुसार सहयोग प्राप्त भएको उनीहरूको भनाइ छ । सुरुवातका अध्यक्ष खड्काले १३ जना संक्रमित बालबालिकासँगै अन्य ३७ जनालाई खाद्यान्न सहयोग गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

जसमा ३१ जना गरिब एवं विपन्न एचआईभी संक्रमित रहेका छन् । बाँकी ६ जना भने पूर्वलागूपदार्थ प्रयोगकर्ताका परिवार रहेको उनले बताए । भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपामा एचआईभी संक्रमित बालबालिका छन् । यहाँ एक बालिकासहित सात जना संक्रमित छन् ।

मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नपामा दुई–दुई जना छन् । जसमध्ये सूर्यविनायकका दुईवटै बालिका हुन् । भक्तपुरमा १३ जना बालबालिकासहित ८२ जना एचआईभी संक्रमितले जीवनदायिनी औषधि एआरभी सेवन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 100 times, 1 visits today)

आजको समाचार

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

प्रहरी र सशस्त्र प्रहरीमा विभूषणको अर्थ

  काठमाडौं । सुरक्षा निकायमा भने विभूषणले ठूलो अर्थ राख्छ । योपटक नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसहित विभिन्न तहका १ सय १९ जनालाई...

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

ट्रेन्डिङ

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने भनेको सरकारले आगामी १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार...

नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिनमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)