Monday, August 2, 2021
HomeBreaking Newsकोरोना तेस्रो लहरको जोखिममा बालबालिका

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

प्रशान्त वली,
sharethis

काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् । केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । अबको जोखिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार स्वीकृत शøयाको २० प्रतिशत १० संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी छुट्याउन आग्रह गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल कोरोना उच्च जोखिममा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन, यसकारण अभिभावकलाई संक्रमण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’

यसैबीच, सोमबार देशभर २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा यस्तो संख्या देखिएको हो । यसअघि, आइतबार २ हजार ४ सय ७ जनामा कोरोना देखिएको थियो । पछिल्लो २४ घण्टामा देशभर ५३ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतक संख्या ८ हजार ४ सय ६५ पुगेको छ । २४ घण्टामा देशभर ५ हजार १ सय ४७ संक्रमित निको भएका छन् । संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ५ लाख ३६ हजार २ सय ५२ संक्रमित निको भइसकेका छन् । हाल, देशभरका अस्पतालमा ९ सय ९५ आईसीयू र ३ सय २४ जना संक्रमित भेन्टिलेटरमा छन् । जसअन्तर्गत् प्रदेश १ मा १ सय ६३ आईसीयू र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४७ आईसीयू र १० जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ५ सय ७४ आईसीयू र २ सय ५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८४ आईसीयू र १८ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८० आईसीयू र १५ भेन्टिलेटर, कर्णालीमा १९ आईसीयू र ९ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २८ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

(Visited 271 times, 1 visits today)
Loading comments...

आजको समाचार

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

साताका लोकप्रिय समाचार

१३ वर्षमै ओलम्पिकमा स्वर्ण

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निसियाले १३ वर्षको उमेरमा नै ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोकियो ओलम्पिक–२०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा उनले...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

थप ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

ट्रेन्डिङ

पार्टी जोगाउन मिलेर अघि बढ्न ओलीको प्रस्ताव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य...

थपिए १०४४ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप एक हजार ४४ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ७...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)