Saturday, July 24, 2021
HomeEditor-Picksचालू खाता २ खर्ब ४७ अर्बले घाटामा

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

पूर्णभक्त दुवाल,

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३.६ प्रतिशतले बढेको हो । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २३.१ प्रतिशत छ ।

यसैगरी चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको चालू खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेकोमा यस वर्ष यस्तो घाटा निकै बढेको छ । चालू खाता घाटाले अन्य देशबाट खुद सापटी लिइएको र चालू खाता बचतले अन्य देशलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

१० महिनाको अवधिमा शोधनान्तर स्थिति पनि ७ अर्ब ७५ करोडले मात्र बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो । गत वर्षको असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर वैशाख मसान्तमा आइपुग्दा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । यसले मुलुकको वैदेशिक आयमा कमी हुन थालेको संकेत गर्छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा ०.५ प्रतिशतले घटेर १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल आन्तरिक कर्जा १८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कर्जा १०.५ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ । यस वर्षको वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७७ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को १० महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७.६ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.६ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा २७.७ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ११.४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.२ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ४६.५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।

यसैगरी, १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पनि १४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२.२ प्रतिशतले बढेको छ । वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

१० महिनामा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Loading comments...

आजको समाचार

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

साताका लोकप्रिय समाचार

माेदीले देउवालाई फाेनमा बधाई दिँदै खाेप सहयाेगकाे आश्वासन दिए

  काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री...

पुल नहुँदा वारपार गर्न बयलगाडाको सहारा

  धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही...

विदेश पठाउने एजेन्टलाई कुटेर हत्या गर्ने पाँच जना पक्राउ

  सप्तरी, राजविराज । सप्तरीमा दुई पक्षबीच भएको विवादका क्रममा एकको मृत्यु भएपछि घटनामा संलग्न रहेका पाँच जना फरार आरोपिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार...

एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी...

ट्रेन्डिङ

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको...

बेलका नगरपालिकामा अनियमितता पुष्टि गर्न नगर प्रमुख थापाको चुनौती

उदयपुर । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले प्रतिपक्ष दललाई अनियमितता पुष्टि गर्न चुनौती दिएको छ । नगर प्रमुख थापाले बिना आधारमा कसैलाई पनि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?