Tuesday, August 3, 2021
Homeबिचारप्रेमपूर्वक व्यवहारले महामारी जित्छौं

प्रेमपूर्वक व्यवहारले महामारी जित्छौं

सरिता दाहाल,
sharethis

ओशो अर्थात् रजनिशले भनेका छन्, ‘यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने,् तपाई एक महान् जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई महान् बनाउने हो ।’

विश्वविख्यात धर्मगुरु एवं महान् दार्शनिकका रूपमा लिइन्छ ओशोलाई । यसो त उनी सर्वाधिक विवादमा आएको व्यक्तिका रूपमा पनि चिनिन्छन् । चाहे जो होस् उनलाई धेरैले भगवान् मान्छन् । कसैले महान् विचारक मान्छन् । कसैले प्रेमको व्याख्याता त कसैले दार्शनिक । व्यक्तिको व्यक्तित्व जस्तो भए पनि असल र ग्रहणयोग्य कुरालाई ग्रहण गर्नुपर्छ, मनन गर्नुपर्न भन्ने चाहिँ मेरो व्यक्तिगत लय हो । हामी कति बाँच्छांै, त्यो बाँच्दाको हरेक पल सार्थक बनाउन सकियोस् भन्ने म सोच्छु । सकिन्छ आफ्नो कारण अरूलाई हित होस्, यदि सकिन्न भने अहित कसैलाई नहोस् ।

ओशोकै अर्को भनाइ पनि म मनन गर्दछु, ‘प्रेम त्यसबेला सच्चा हुन्छ जब एकअर्काको व्यक्तिगत कुरामा दख्खल पुग्दैन, अर्थात् प्रेममा एकअर्काले सम्मान गर्नुपर्छ ।’ हामीले जब स्वजन (आफ्नोजन) र पराइजन भनेर विभेद गर्न थाल्छांै, हो प्रेममा यहीबाट अवरोध सिर्जना हुन थाल्छ । आशोको कुरालाई गहिरिएर मनन् गर्दै जाँदा लाग्छ साँचै प्रेमले जीवनलाई रमाइलो बनाउँछ । सिंगो जीवनलाई रमाइलोका रूपमा लिन सकियो भने जीवनको वास्तविकता नै त्यही रहन्छ । यसलाई अझै प्रस्ट्याऊँ ‘जब हामीले हाम्रो जीवनलाई रमाइलोका रूपमा, एउटा उत्सवका रूपमा ग्रहण गर्छांै । अन्य अन्य जीवनहरूप्रति पनि स्वतः प्रेम भाव जागेर आउँछ । त्यहाँनेर स्वजन र पराइजन भन्ने भाव जन्मदैन । मानिस र अन्य प्राणीको जीवनमा फरक नै के छ र ? सबै जीवहरूलाई जीवनमा आफ्नो जीवनप्रति उत्तिकै प्रेम हुन्छ र हामी प्रकट गर्न सक्छांै ।

हामी बाँचुल्जेल उत्सव मनाऔं, रमौं कसैसँग कुनै प्रकारको प्रतिस्पर्धा आवश्यक छैन । स्वयं जस्तो छांै एकदम सही छांै । आफूलाई आफ्नो अवस्थामै स्वीकार गर्न सक्यौं भने अर्को जीवनलाई पनि हामीले त्यही रूपमा ससम्मान स्वीकार गर्न सक्नेछौं । अर्थात् उसलाई पनि कुनै स्वार्थबिना प्रेम गर्न सक्छांै । हामीलाई हामीमा बाँधेर राख्ने अन्तिम कडी भनेको प्रेम नै हो । प्रेमलाई जन साँघुरा रूपमा आफूखुसी व्याख्या विश्लेषण गर्छांै, त्यो विल्कुल गलत हो । प्रेमको अर्को नाम हो मित्रता । मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्वोच्च रूप हो, जहाँ केही अपेक्षा हुँदैन । कुनै सर्त हुँदैन । जहाँ केवल आनन्द हुन्छ, विश्वास हुन्छ, मिठास हुन्छ ।

महामारीको यो विकराल परिस्थितिमा हामीले आपसी भातृत्व र मित्रताको विजारोपण गर्नुपर्छ

आजको दिन हामी जहाँ छौं हामीमध्ये कसैलाई पनि कसैले आजको अवस्थासम्म ल्याइदिएको होइन । हामी आफैं आफ्नो सपना पूरा गर्न अहोरात्र खटेका छौं र आजको स्थानमा छांै । यहाँ कोही पनि अरूको सपना पूरा गर्न लागिपर्दैन । सबैलाई आफ्नो भाग्य वा कर्म बनाउनु छ । यसो हो भने किन अनावश्यक प्रतिस्पर्धा गर्ने ? आपसमा प्रेम र सद्भाव प्रकट गरेर हातेमालो गर्न किन सकिन्न र ?

थोरै प्रसंग बदलांै, दुई दिनअघि जुन ५ अर्थात् जेठ २२ गते विश्व वातावरण दिवस मनाइयो । विगतका वर्षहरूमा बिरुवा रोपेर, बाजागाजासहित गाउँ तथा बजारमा ¥याली घुमेर प्रचारप्रसार गर्दै यो दिवस मनाइन्थ्यो । स्कुलहरू, कलेजहरू र टोल विकास समूहसम्म वातावरण दिवसमा विशेष कार्यक्रम हुन्थे । तामझाम र रौनक व्यापक हुन्थ्यो । तर, अघिल्लो वर्ष र यो वर्ष फरक तरिकाले मनाइयो दिवस । कारण थियो कोरोना महामारी ।

यो वर्ष दिवस मनाउँदै गर्दा विगतको याद आयो । दिवस विशेषमा ग्रामीण र सहरी क्षेत्रको टोलटोलमा हुने कार्यक्रमले सचेतना अभिवृद्धिमा केही योगदान गरेको पक्कै छ । तर, मूल समारोह समितिको ब्यानरमा हुने बाजागाजा र ¥यालीसहितको बजार परिक्रमालगायतको कार्यक्रमको लगानी बालुवामा पानी खन्याए सरह हो । यो किन ? किनकि स्थानीय टोल विकास समूहहरूले वर्षभरि केके गरे त्यो सारा कामको मूल्यांकन एक दिनको ¥यालीमा सम्भव पटक्कै छैन । मैले हेटौंडाको सन्दर्भमा यो कुरा उल्लेख गरिरहेको छु ।

टोल विकास समूहहरूको काम के हो ? टोलको विकास (भौतिक तथा सामाजिक) मा समन्वय गर्ने, टोलमा मर्दापर्दा एकअर्कोलाई साथ दिने सामाजिक संस्कारयुक्त सद्भावको विकास गर्ने, सकारात्मक सन्देश प्रवाह गर्ने हो । गाउँटोलमा व्याप्त कुरीतिको सुधार गर्दै टोलवासीलाई एउटा घर जसरी एकताबद्ध बनाउनेसम्मको भूमिकामा टोल विकास समूहले योगदान गर्न सक्छ । अनि वर्षभरमा टोल विकास समूहले यस्ता यावत् काम गरेका होलान् एकैदिनको मूल्यांकनमा त्यो पनि सडकमा देखिने ¥यालीमा उपस्थित व्यक्तिका आधारमा, पोसाक र प्ले कार्डको आधार कसरी सम्भव छ ? र अर्को कुरा मूल आयोजक समितिको ब्यानरमा हुने कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिको हातबाट रोपिएको बिरुवा हुर्केको मैले देख्न पाएको छैन । अघिल्लो वर्ष बिरुवा रोपिएको निशानासमेत हुन्न पछिल्लो वर्ष दिवस मनाउँदै गर्दा । बरु गाँउटोलमा वयवृद्ध आमाबुवाले रोपेको बिरुवा झांगिएका छन् । टोल विकास समूहहरूको समृद्ध त्यो हो बरु । योभन्दा हामीले टोलटोलमा आपसी भ्रातृत्व र मित्रताको विजारोपण गर्नुपथ्र्याे । सामाजिक सद्भावका विचारधारा रोपण गर्नुपथ्र्याे । त्यो प्रेमको वृक्षलाई रोप्नुपथ्र्याे । जसले आजको विषम परिस्थितिमा हामी एक हौं भन्दै निस्वार्थ रूपमा आपसमा प्रेम प्रकट गर्दै एकअर्कोको ज्यान बचाउन लागिरेका हुने थियांै । यहाँनेर चुकेका छौं हामी । अब सुरु गरौं ।

हाल हामी महामारीको संकटपूर्ण घडीमा छौं । म प्रेमको कुरा गर्दै थिएँ । यसैमा मैले जोड्न चाहेको कुरो प्रेम हो । आपसी प्रेम, आपसी भ्रातृत्व, आपसी सद्भाव आपसी मेलमिलाप । हामीमा जुन प्रेमभाव छ, यो प्रेमभावलाई आपसमा संयमपूर्ण वातावरण दिएर संरक्षण र सुरक्षा प्रदान गर्दै हामी समाज र संसारलाई प्रेममय बनाउन सक्छांै । यो सामाजिक विकासको मुख्य पाटो हो जहाँ गहिरा गहिरा खडल छन्, समतल बनाउनु छ ।

प्रेमको विशाल वृक्षले मात्रै हामीलाई भोलिको दिनमा अपेक्षाकृत शितलता प्रदान गर्न सक्नेछ

सिंगो समाज संकटको सामना गरिरहेको बेला धेरै पर जानुपर्दैन हाम्रो टोलटोलभित्र मात्रै प्रेमभाव जगाउन सकियो भने धेरै भरथेग हुन्छ आपसमा । परिवारको सदस्य बिरामी पर्दा हामी कति धेरै हतोत्साही हुन पुग्छांै तर त्यही टोलको वल्लोपल्लो घरमा बिरामी पर्दा हामी थाहै पाउँदैनौं किन ? किनकि आपसी प्रेमको अभाव यही छ । मैले माथि पनि प्रकट गरें, ओशोको विचारधारा कि ‘प्रेममा एकअर्काले सम्मान गर्नुपर्छ ।’ हो हामीले रहँदा बस्दा समाजका सदस्यलाई कत्तिको प्रेम गरेका छौं, कत्तिको सम्मान गरेका छौं भन्ने सवाल यहाँ मुख्य हुन आउँछ । तँछाड मछाड र अनावश्यक टीकाटिप्पणी प्रतिस्पर्धाले हामीलाई हामीबाटै अलग्याउँछ । र आजको आवश्यकता अलग्याइमा होइन एकतामा छ । प्रेममा छ । लेख तयार गर्दागर्दा ओशोको विचारधारा उल्लेख गरिरहेको छु किनकि आजको समयमा यी विचारधारा बढी नै मनन योग्य छन् भन्ने लाग्छ । ‘दुःखमा ध्यान दिनुभयो भने सधैं दुख रहन्छ, सुखमा ध्यान दिन सुरु गर्नुहोस् । खासमा तपाई जे कुरामा ध्यान दिनुहुन्छ, त्यहीँ कुरा सक्रिय हुन्छ ।’

हामी अहिले पीडाको घडीमा छौं । अभाव र संकट हाम्रा लागि सत्रु बनेका छन् । तर, हामीले यसमा हतोत्साही हुने निरासा बढाउने, विरक्तिने गर्दैमा त यो समस्या टर्नेवाला छैन । यहाँ पनि हामीले प्रेमभाव फैलाउँदै संयमता, सद्भाव तथा सुरक्षणलाई त्याग्नुहँुदैन, सुनौलो बिहानी पक्कै आउनेछ । हामीले विगतलाई फर्केर बारम्बार हेर्नुपर्छ, ताकि हामीलाई आगत र वर्तमानमा बल विगतले प्रदान गर्नेछ । विगतको पीडालाई सम्झिँदा पनि आफसेआफ प्रेम र निर्धकता बढेर आउँछ । विगतमा पनि हामीले कुनै न कुनै संकटको सामना गरेका नै हांै । त्यो अवस्थामा हामीले कसरी संकटलाई जितेर आजको पलसम्म आयौं ? र आजको संकटलाई पनि हामी जित्ने नै छौं भन्ने भाव आफैंभित्र जगाउनु जरुरी छ । अर्थात् आजलाई स्वीकार गर्नुपर्छ, प्रेम गर्नुपर्छ ।

जीवनलाई प्रेम गर्दा अधिक खुसी रहन सकिन्छ । जब जीवनलाई हामीले भित्रैदेखि गहिरिएर प्रेम गर्छांै हामीमा एकदमै प्रसन्नता सिर्जना हुन्छ । प्रसन्नताले संकट सामनाको सम्भावना एकाएक बढाइदिन्छ । हामीमा सबैखाले परिस्थिति सामना गर्न सामथ्र्य छ । हामीले विकराल समस्या कसरी एक भएर सामना ग-यांै ? जस्तो कि हामीले विनाशकारी भूकम्पको संकट सामना ग-यौं । बाढी पहिरोको संकट सामना ग-यौं । कोरोना महामारीकै अघिल्लो लहर सामना ग-यांै । त्यो पलको याद गर्दा पनि आजको संकट सामना गर्ने बल र बुद्धिमता बढेर आउँछ ।

आफैंलाई प्रेम गरौं, समयलाई प्रेम गरौं, हरेर पल समयले हामीलाई केही न केही सिकाइरहेको हुन्छ । केही न केही नयाँ आइडिया अर्थात् भिजन दिइरहेको हुन्छ । बस हामीले प्रेमपूर्वक स्वीकार ग-यौं वा गरेनौं भन्ने सवाल हो ।

जीवनको हरेर पल अनुभूति गर्दै जाँदा हामीले जीवनका हरेक आयाम फरक फरक स्वादमा पाउनेछांै । गुलियो, अमिलो, टर्रो, तीतो, अँध्यारो, उज्यालो, मिरमिरे, झिसमिसे, उकाली ओराली, भन्ज्याङहरू, घुम्ती तथा मोडहरू, जाडो गर्मी, आनन्दित र पीडादायी पलहरू यावत् । यी सबै जीवनका विविधता हुन् । सबैलाई अनुभव गरौं, प्रेम गरौं र पो हामी सपनाको शिखरमा पुग्नेछांै । प्रेमको विशाल वृक्षको शितलता महसुस गर्नेछांै । जीवनको यी सत्यतालाई अनुभव गर्नबाट पछि हट्दा हुने सफलता छैन । यी आयामलाई प्रेम गरेर अगाडि बढ्दा नै धेरै सिकाइ छन् । यिनै आयामले जीवनको पथमा परिपक्क बनाउँदै लैजाने छ जीवनलाई । डर, त्रास र निराशालाई पन्छाउँदै जीवनमा सत्यलाई स्वीकार गर्दा या सत्यलाई प्रेम गर्दामा मात्रै जीवनको सुरुवात छ । जहाँ डर त्रासको अन्त्य हुन्छ, त्यहाँ हुन्छ जीवनको सुरुवात । सत्य बाहिर खोज्न थाल्यांै भने हामी आफैंमा हराउनेछांै । सत्य हामीभित्रै छ, हामीमै छ । मात्रै आत्मसात् र उजागर हुन नहुनुले फरक पार्छ ।

अन्तमा हामी यो महामारीको पलमा सबैले सबैलाई प्रेम गरौं । सत्यलाई स्वीकार गरौं, सतर्क बनौं तर विल्कुलै नआत्तिऔं । हामी आपसमा एक भएर नै महामारीको सामना गर्न सक्नेछांै । विगतको संकटहरू सामना गरेजस्तै । बस, आपसी भ्रातृत्व, आपसी सदभाव, आपसी प्रेमको वृक्षलाई विशाल बनाऔं, त्यै प्रेमको विशाल वृक्षले मात्रै हामीलाई भोलिको दिनमा अपेक्षाकृत शितलता प्रदान गर्न सक्नेछ । सर्भे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् ‘सबै सुखी होऊन्, सबै रोगमुक्त रहून्, सबै मनुज मंगलकार्यको साक्षी बनून्, रिस राग त्याग गरून्, कसैलाई पनि दुःख नहोस्’ अस्तु ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

साताका लोकप्रिय समाचार

‘बोल्ड एन्ड ब्युटिफुल’ शिवांगिनी

काठमाडौं । एक्रेलिक रङ र प्रकृति समिश्रित घोल । अर्धमूर्त र अमूर्त शैली । माइतीघर सिद्धार्थ आर्ट ग्यालरीको भित्ता ‘मधुमास’ फिल्मकी नायिका शिवांगिनी राणाका...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

  सिन्धुली ।  सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।  नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको...

मन्दिरको सुन चोरेको अभियोगमा सुन चाँदी व्यवसायी संघका अध्यक्षसहित सात जना पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन...

ट्रेन्डिङ

५७६३ जनामा कोरोना संक्रमण, १९ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)