Tuesday, August 3, 2021
Homeप्रदेशप्रदेश ३जसपामा रोकिएन स्पष्टीकरण र कारबाहीको शृङ्खला

जसपामा रोकिएन स्पष्टीकरण र कारबाहीको शृङ्खला

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किएपछि एकअर्कालाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरे पनि स्पष्टीकरण सोध्ने र कारबाही गर्नेक्रम रोकिएको छैन ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको थियो । उपेन्द्रले पनि ठाकुर, महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेका थिए । दुवै समूहले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरे पनि निर्वाचन आयोगले प्रक्रिया नमिलेको भन्दै अस्वीकार ग¥यो ।

सोमबार उपेन्द्र समूहले ठाकुर र महतो समूहबाट संघीय सरकारमा मन्त्री बनेका ११ जना नेतालाई स्पष्टीकरण सोधेको छ । ८ जेठमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नम्बर–४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने जानकारी हुँदाहुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको छ ।
पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।

संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, सरकारमा सहभागी भएको, नेता महतोलाई किन दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको जस्ता आरोप मन्त्रीलाई लगाइएको छ ।

महतोको नेतृत्वमा सरकारमा गएको जसपाले उपप्रधानमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री पाएको छ । महतोले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रालय पाएका छन् । यस्तै शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजकिशोर यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

जसपाबाटै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी छन् । ओली सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र विवाद छ । यादव समूह सरकारमा सहभागी नहुने पक्षमा छन् तर ठाकुर र महतो समूह सरकारमा सहभागी हुनुपर्ने वकालत गर्दै सरकारमा सहभागी भएका छन् ।

(Visited 147 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

साताका लोकप्रिय समाचार

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

  काठमाडाैं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको...

मन्दिरको सुन चोरेको अभियोगमा सुन चाँदी व्यवसायी संघका अध्यक्षसहित सात जना पक्राउ

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन...

संक्रमण दर ह्वात्तै बढेपछि आज सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा पारिने सम्भावना

काठमाडौं । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे...

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

  टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष...

ट्रेन्डिङ

२८७ जनाको हस्ताक्षर सहित दाहाल – नेपाल समुह निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय...

विकास आयोजनाका बेथिति रोक

सरकारले अघि बढाउन चाहेका विकास आयोजनाका कार्यक्रम परिणाममुखी हुन सकिरहेका छैनन् । यसको पछाडि मुख्य कारण भनेको सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति नै हो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)