Monday, August 2, 2021
HomeEditor-Picksरेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

मधुजंग पाण्डे,
sharethis

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ । कोरोना महामारीको पहिलो लहर मत्थर भएसँगै गत साउनमा बढेको तथ्यांकलाई छाड्ने हो भने यो वृद्धिदर दुई वर्षयताकै उच्च हो । २०७६ सालको वैशाखमा रेमिट्यान्सको वृद्धिदर १९.६ प्रतिशत थियो ।

पछिल्ला तीन वर्षयता विभिन्न मुलुकबाट नेपाल भित्रने रेमिट्यान्सको वृद्धिदर खुम्चँदै गएपछि यसले आफ्नो चरम सीमा पार गरेको विश्लेषण हुन थालेका थियो । तर, पछिल्ला तथ्यांकले पुनः रेमिट्यान्सको वृद्धिदर पुरानै लयमा फर्किएर उकालो लाग्न थालेको देखाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको बितेका १० महिनाको समिक्षा प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेपनि समीक्षा अवधिमा रेमिट्यान्स भने बढेको छ ।

दस मिहनामै ८ खर्ब ९ अर्ब ८९ करोड रूपैयाँ भित्रियो

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा गत वैशाख मसान्तसम्म रेमिट्यान्स रकम १९.२ प्रतिशतले बढेर ८०९ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बिप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

सोमबार नेपाल राष्ट्र बैंकले ‘चालू आवको पछिल्लो १० महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै सो जानकारी गराएको हो । राष्ट्र बैंकको प्रतिवेदनले विप्रेषण आयको अवस्था पुनः पुरानै लयमा फर्कन थालेको देखाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत वैशाखसम्म नेपाल भित्रिने रेमिट्यान्स गत वर्षको भन्दा १९.२ प्रतिशत बढेर ८ खर्ब ९ अर्ब ८९ करोड रूपैयाँ पुगेको हो । गत वर्ष भने यस्तो रेमिट्यान्स आयको दर ६.३ प्रतिशतले घटेको थियो ।

गत वर्षको चैत वैशाखको समयमा खाडी मुलुक तथा युरोप र अमेरिकामा पनि कोरोना महामारीका कारण अधिकांश नेपालीले आंशिक वा पूर्ण रूपमा रोजगारी गुमाउनु परेको थियो । जापान, अस्ट्रेलियामात्र होइन, भारतमा ज्यालादारी गर्ने नेपाली श्रमिकले पनि आम्दानी गुमाएका थिए । यस वर्ष पनि कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । तर यसले विश्व अर्थतन्त्रलाई गत वर्षको जसरी प्रभावित भने पारेको छैन ।

अहिले कतिपय विकसित अर्थतन्त्रमा यो वर्ष भारी वृद्धि देखिएको छ । जसले नेपाल भित्रिने रेमिट्यान्स आयको वृद्धि गराउन सहयोग पुगेको छ । अमेरिकी डलरमा भने नेपाल भित्रिने रेमिट्यान्सको वृद्धिदर १६.१ प्रतिशत छ । नेपाली रूपैयाँका तुलनामा डलर अझै पनि महँगिँदै गएकाले डलरको हिसाबमा वृद्धिदर कम देखिएको हो ।

यसैगरी, भन्सार बिन्दुमा भएको कडाइ र सुनको चुलिँदो बजार मूल्यका कारण पनि विप्रेषण रकमको गैरकानुनी कारोबार घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालमा सुन तस्करीका लागि विप्रेषणको लगत प्रयोग हुँदै आएको थियो । अहिले सुन धेरै महँगिएपछि यसको आयात कम भएको र यसले हुण्डिको कारोबार घटाएको हुनसक्ने राष्ट्र बैंकका अधिकारीको भनाइ छ । उनीहरूले जसको असर औपचारिक माध्यमबाट प्राप्त हुने रेमिट्यान्समा परेको बताएका छन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारिमा जाने नेपाली कामदारको संख्या भने उच्च दरले घटेको छ । पछिल्ला १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ६०.३ प्रतिशत र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या ४९ प्रतिशत घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटे पनि अध्ययन र भ्रमण भिसामा विकसित मुलुक पुगेका नेपालीले पठाउने रेमिट्यान्सको आकार बढ्दै गएकाले हाल रेमिट्यान्स भित्रिने क्रम बढ्को राष्ट्र बैंकको अनुमान छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

साताका लोकप्रिय समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ...

घण्टौ सम्म विद्युत आपुर्ती नहुँदा सिन्धुबासी समस्यामा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा लगायतका बस्तीहरुमा लामो समयसम्म विद्युत आपुर्ती नहुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । दिनहुँ घण्टौसम्म विद्युत नआउदा सेवाग्राहीहरु लामो समयदेखि समस्यामा...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...

रोल्पामा बोक्सीको आरोप लगाउदै कुटपिट गर्ने धामीसहित ३ जना पक्राउ

  रोल्पा । रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोक्सीको आरोप लगाउँदै आफूलाई कुटपिट गरेको भन्दै एक युवतीले प्रहरीमा...

ट्रेन्डिङ

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ : पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक...

कोरोनाको थकानले नछोड्दै कोभिसिल्ड खोप

कोरोना निको हुने तथा खोप लगाउनुलाई रामवाण र सञ्जिवनी बुटी नठानेर स्वास्थ्य सुरक्षाका पूर्ववत विधि, स्वास्थ्यमैत्री खानपिन र जीवनशैली पनि ध्यान दिनुपर्छ कोभिड–१९ का कारण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)