Tuesday, August 3, 2021
Homeखेल११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

एजेन्सी,
sharethis

ग्लास्गो । चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गरेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा प्याट्रिक सिकको दुई गोल मद्दतमा चेकले स्कटल्यान्डलाई २–० ले पराजित गरेको हो ।

चेकले स्कटल्यान्डलाई पछिल्लोपटक ९ अक्टोबर २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यसयता यी दुई टोली चारपटक आमनेसामने हुँदा चेकले एक खेल बराबरीमा रोक्दा तीन खेल गुमाएको थियो । सन् २०११ मा २–२ गोलको बराबरी खेल्दा त्यसपछि चेकले २०१६ मा १–०, २०२० मा २–१ र १–० ले पराजित भएको थियो ।

ह्याम्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेको थियो । ४२औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेकलाई अग्रता दिलाए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरे पनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

४८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको प्रहार क्रसबारमा लागेर बाहिरिँदा २३ वर्षपछि ठूलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्ड बराबरीबाट चुक्यो । लगत्तै रोबर्टसनकै पासमा थोमस कालासले राम्रोसँग क्लियर हुन नसकेको बललाई चेकका गोलरक्षक थोमस भाक्लिकले पन्च गर्दै बचाउँदा स्कटल्यान्ड बराबरीबाट चुक्यो ।

५२औं मिनेटमा प्याट्रिकले दर्शनीय दोस्रो गोल गर्दै चेकको अग्रता दोब्बर पारे । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो ।

६२औं मिनेटमा डेकेसको सिक्स यार्ड टाढाको प्रहारलाई भाक्लिकले नियन्त्रणमा लिए । ६६औं मिनेटमा डेकेसको प्रहारमा भाक्लिक बाधक बने । यो जितसँगै समूह ‘डी’मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भए पनि गोल अन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

साताका लोकप्रिय समाचार

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

स्वास्थ्य संगठन जनशक्ति संरचना भद्रगोलः नेतृत्वमै सेवा समुह एउटा महाशाखा अर्कै

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत संघमा रहने अस्पताल-केन्द्रहरू र प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहने निकायहरूको संगठनात्मक संरचना तयार पारिएपनि लागु हुन सकेको छैन...

सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

  सिन्धुली ।  सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।  नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको...

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

  काठमाडाैं ।  सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको...

ट्रेन्डिङ

इटहरीमा एकैदिन ३४ जनामा कोरोना संक्रमण

इटहरी । इटहरी उपमहानगरपालिकामा आज एकैदिन ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार भदौ ३१ गते गरिएको...

फोटो खिच्दा तमोर नदीमा बेपत्ता व्यक्ति एपीएफ टोलीद्वारा फेला

धनकुटा । फोटो खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिक २६ वर्षीय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)