Monday, August 2, 2021
Homeखेलप्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे

प्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आइपुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उनको पीसीआर परीक्षण भएको छ । उनी चार दिनसम्म क्वारेनटाइनमा बस्नेछन् । पीसीआर परीक्षण हुने छ । क्यानले प्रशिक्षणका लागि सरकारको प्रोटोकल हेरेर क्वारेन्टाइन अवधि सकिएपछि मात्र काम थाल्ने छ । बन्द प्रशिक्षणको मिति तय भएसँगै खेलाडीको नाम पनि सार्वजनिक गरिने क्यानले जनाएको छ । छनोट समितिले क्यानलाई खेलाडीको नाम भने पठाइ सकेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ ।
क्यानले बन्द प्रशिक्षणमा २५ भन्दा कम नै खेलाडी बोलाउने तयारी गरिरहेको छ । कोरोना महामारीका कारण क्यानले २० खेलाडी स्पेन भ्रमणका लागि माग गर्दै आएको छ । अस्ट्रेलियाका पूर्वखेलाडी तथा विश्वकप विजेता ह्वाटमोर गत माघमा नेपाल आएका थिए । उनको प्रशिक्षकमा नेपालले वैशाख पहिलो साता घरेलु मैदान टियुमा नेदरल्यान्ड्सलाई फाइनलमा १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको ब्याटिङमा देखिएको सुधारले ह्वाटमोरबाट धेरै आशा र अपेक्षा गरिएको छ । सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकका रूपमा एकदिवसीय विश्वकप जिताएका ह्वाटमोरको परिवार भने श्रीलंकामा बसोबास गर्दै आएका छन् ।

यस्तै क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरेको छ । गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय लिएका हुन् । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

साताका लोकप्रिय समाचार

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

सर्वोच्चद्वारा सशस्त्रका डीआईजी श्रेष्ठको सेवाअवधि थप्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एक महिना अघि अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठलाई सेवामै रहने गरी दिएको अल्पकालीन...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

ट्रेन्डिङ

थप २१० जनामा कोरोना संक्रमण, १४६ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा आज थप २१० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २१०...

लकडाउनमा झनै कडाइ: गल्लीमा निस्किए पनि पक्राउ गरिने

काठमाडौं । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘लकडाउन’मा झनै कडाइ गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशनपछि काठमाडौं...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)