Tuesday, August 3, 2021
Homeकलाआयो डब्बुको नयाँ गीत अँधेरीमा थिएँ म...

आयो डब्बुको नयाँ गीत अँधेरीमा थिएँ म…

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गजल (गीत) अँधेरीमा थिएँ म…को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई ओएसआर मुभीको युट्युब च्यानलबाट रिलिज गरिएको छ । यो गीत सुवर्णको कुमारको स्वरमा रहेको छ । सुवर्णलाई यो गीतमा सरिता भारती, दीपा कोइरालाले साथ दिएका छन् । यो गीत निकै मिठो बनेको छ । गीतमा संगीत संयोजन पनि सुवर्ण कुमारकै रहेको छ ।

यो गीतको भिडियोमा प्रस्तुत कथाअनुसार आफूले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गर्छिन् । ती युवतीको यादले प्रेमीलाई सताइरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरलगायतको अभिनय छ । यो भिडियोको छायाकार रामशरण उप्रेती, सम्पादक सुरेशकुमार राउत रहेका छन् । यसमा दिलमाया मगरको ड्रेस डिजाइन, दीपक लामगाडेको सेट डिजाइन, श्याम बरालको शृंगार रहेको छ । गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् ।

वर्षा तथा झरीमाथि गीत लेख्न खप्पसी क्षत्रीको पछिल्लो समय गीतहरू आइरहेका छन् । चार महिनाअघि उनको नयाँ देउडा गीत रिलिज भएको थियो । क्षत्रीले नेपालमा जारी यो लकडाउनको समयमा तीनवटा गीत रेकर्ड गरिसकेका छन् ।

कृष्ण कार्की र बिन्दु परियारको स्वरमा तिमी मेरोे बर…, नेपाल स्टार र भ्वाइस अफ नेपाल प्रथम संस्करणका गायक सुनन्द ढकालको स्वरमा जति सताए पनि सक्दिनँ बिर्सन…, र अलिफ खान तथा सरिता भारतीको स्वरमा असारै मास साइँली प-यो दर्के पानी…गीत रेकर्ड भएको हो । पछिल्ला यी तीनवटै गीतमा संगीत संयोजना राजेन्द्र बजगाईंको रहेको छ । यी तीनवटै गीतको भिडियो अबको निषेधाज्ञा खुलेपछि छायांकन गरेर दर्शकमाझ ल्याउने गीतकार क्षत्रीले बताएका छन् ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

साताका लोकप्रिय समाचार

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

निजामती सेवामा नागरिक बडापत्र

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि...

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा...

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

ट्रेन्डिङ

शीतलहरले जनजीवन कष्टकर बन्दै

सुदूरपश्चिम । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी...

निगमको हितनिम्ति फरक मत : शेर्पा

काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समिति बोर्ड सदस्य फुर्वा ग्याल्जेन शेर्पाले निगमको दीर्घकालीन हितनिम्ति ‘फरक मत’ राखेका छन् । आफूले ‘जनरल सेल्स एजेन्ट’...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)