Friday, July 23, 2021
Homeप्रदेशप्रदेश ३उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

राजधानी समाचारदाता,

काठमाडौं । कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो ।

थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद-बिक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म मात्र गर्न पाइने छ ।

पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चल्न दिने भनिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ ।

अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर सञ्चालन गर्न भनिएको छ । निर्माण सामग्रीको ढुवानी भने राति ९ देखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । अनलाइनबाट पठनपाठन गर्न सकिनेछ ।

बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन् । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् ।

सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ । विवाहमा सात जना सहभागी हुन सक्ने र एउटा गाडी मात्रै प्रयोग गर्न सक्ने छन् तर पार्टी प्यालेसमा विवाह ब्रतबन्ध रोक लगाइएको छ । अन्य भीडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी विगतको आदेशमा उल्लेख भएअनुसार हुनेछ ।

Loading comments...

आजको समाचार

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

साताका लोकप्रिय समाचार

निर्माण सम्पन्न नहुदै भत्कियो झोलुंगे पुल

सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ को सिक्रे र वडा नं. २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न नहुदै भत्किएको छ ।...

दुई तिहाइ निकट बहुमत प्राप्त सरकारको पटाक्षेप

प्रारम्भ २०७४ सालको आमनिर्वाचनमा राष्ट्रियताको नारासहित चुनावी मैदानमा उत्रिएका ओलीजीले धेरै मिठामिठा सपना नेपाली मतदातासमक्ष बाँडेका थिए । सर्वसाधारण मतदाता उहाँका चिप्ला कुरामा विश्वस्त...

१२ कक्षाकाे परीक्षा साउन ३१ देखि भदौ ९ सम्म, होम सेन्टरबाटै दिन पाइने

  काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको...

अमेरिकाबाट हरेक साता लोकदोहोरी कार्यक्रम

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपाली कलाकारले नेपाली लोक दोहोरी गीतको प्रवद्र्धनका लागि त्यहीँबाट प्रत्यक्ष लोक दोहोरी गायन कार्यक्रम सुरु गरेका छन् । संयुक्त...

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

ट्रेन्डिङ

तस्विरमा शहीद दिवस (फोटोफिचर)

काठमाडौं । शहीद दिवसको अवसरमा प्रजातन्त्र स्थापनाका लागि राजनैतिक आन्दोलनमा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार लैनचौरस्थित शहीद...

ओपो ए ५३ को फिचर यस्तो छ

काठमाडौं । ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन्सअन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तीव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?