Monday, August 2, 2021
HomeBreaking Newsसुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

सुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

३२ प्रदेश सांसदलाई ९६ करोड

दीपक ओली,
sharethis

 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले मंगलबार ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले घोषणा गरे । चालू आर्थिक बर्षभन्दा झण्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो । चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि ५ अर्ब १२ करोड, तटबन्धनका लागि २ अर्ब २ करोड, खानेपानी योजनाका लागि १ अर्ब ३४ करोड, मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमका लागि १६ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै बादी समुदायको गरिवी न्यूनीकरणका लागि ३ करोड, कैलास मानवसरोवार प्रवेश द्धार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख, सशस्त्र द्धन्द्धमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शाहले उल्लेख गरे ।

३२ प्रदेश सांसदलाई ९६ करोड

संघीय सरकारसहित केही प्रदेश सरकारले पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेका बेला सुदूरपश्चिम प्रदेशमा भने प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेश सभा सदस्यहरु छन् । एक जना प्रदेशसभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । कार्यक्रमकको रकम प्रदेश सभा सदस्यहरुले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

साताका लोकप्रिय समाचार

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

बाँकेमा सडक दुर्घटनामा ७७ जनाकाे मृत्यु

  नेपालगञ्ज । बाँकेमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तथा घाइते भई अंगभंग हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको...

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी...

पीसीआर परीक्षणसँगै खोप विस्तार आवश्यक

केही महिनासम्म निरन्तर निषेधाज्ञा लागू गरिए पनि पछिल्लो समयमा गरिएको कोरोना संक्रमण परीक्षणमा संक्रमण दर ह्वात्तै बढेर गएको छ । यो चिन्ताजनक विषय हो...

ट्रेन्डिङ

रातो मच्छिन्द्रनाथको जात्रा स्थगित

काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । यो जात्रा ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा हो । यो जात्राका लागि रथ निर्माणको काम...

सरकार भन्छ, संक्रमण भए अस्पताल जानुस्, अस्पताल भन्छ हाम्रोमा हैन अन्तै लानुस्

जनकपुरधाम । रुघाखोकीको विरामी देख्ने वित्तिकै चिकित्सकहरु उपचार गर्न डराउन थालेका छन । कतिपय अस्पतालमा भर्नासम्म गर्न मानेका छैनन् । यही डरका कारण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)