Monday, August 2, 2021
Homeअर्थबागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

सरिता दाहाल,
sharethis

 

चुरे मकवानपुर । बागमती प्रदेश सरकार आर्थिक वर्ष २०७८/०७९ को लागि बिनियोजित बजेट मंगलबार प्रदेश सभा समक्ष पेश गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ५७ अरब ७२ करोड ९ लाख २७ हजार बजेट बिनियोजन गरेको छ । कुल बजेट मध्ये चालु खर्चमा २६ अर्ब १ करोड ६६ लाख २३ हजार (अर्थात ४५ प्रतिशत), पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार ( अर्थात् ५१ प्रतिशत), वित्तिय व्यवस्थापनतर्फ २ अर्ब ( अर्थात् ४ प्रतिशत) बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको लागि अनुमानित गरिएको खर्च व्यहोर्न स्रोत मध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख संघीय सरकारबाट वित्तिय हस्तान्तरण प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविधि प्राप्ति १ अर्ब ५ करोड ९ लाख चालु आवको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले मंगलबारको संसदमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकताको साथ बजेट प्रस्तुत गरेका हुन् ।

यस्ता छन् प्राथमिकतामा परेका केही कार्यक्रमहरु : 

प्रदेशको १३ जिल्लाका जनतालाई सक्दो चाँडो कारोना बिरुद्धको खोप लगाईने र यसको लागि आवश्यक व्यवस्थापन गर्न २ अर्ब रुपैँया बजेट बिनियोजन गरिएको छ । यसैगरी प्रदेश सरकारले बजेट भाषण मार्फत् दुग्ध किसानका लागि अनुदान स्वरुप १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ । एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम बिनियोजन गरिएको छ ।

प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडकलगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न ९७ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सभा हल एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हल निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । शहरी सडक पूर्वाधार सुधार, समुन्नत जीवनको आधार कार्यक्रमको लागि प्रदेश स्थित शहरी क्षेत्रका सडकहरुलाई स्तरयुक्त बनाउन दिगो शहरी सडक सुधार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।

खेलकुदको विकास र विस्तारका लागि खेलकुद पूर्वाधारहरुको निर्माण संरक्षण र सञ्चालनका साथै खेलाडी, रेफ्री र प्रशिक्षकको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालनमा जोड दिइनेछ । प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्ष भित्र सम्पन्न गर्न २९ करोड बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएका रङ्गशाला र कभर्ड हलहरूको संरक्षण, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहवीचको सहकार्य र साझेदारीमा गर्ने व्यवस्था मिलाएको बताइएको छ ।

प्रदेश भित्र उत्पादित फलफूल, तरकारी लगायतका कृषि उपज भण्डारणका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारीमा निर्माणाधीन १७ हजार ७ सय मेट्रिक टन क्षमता भएका शीत भण्डारहरु आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन २० करोड बजेट विनियोजन गरेको छ । मकवानपुर जिल्लामा निर्माणाधीन दूध पाउडर प्लान्ट, प्रादेशिक कृषि थोक वजार र चितवन जिल्लामा चक्लेट सहितको दूध प्रशोधन केन्द्र आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको बताइएको छ ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

साताका लोकप्रिय समाचार

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

गोरखा प्यानलबाट छुट्टिएपछि नेपाल इको प्यानल

काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

ट्रेन्डिङ

सामाजिक अर्थात् भौतिक दूरीको करामत

भिडभाडमा हराउनुभन्दा एकान्तमा हराउनु राम्रो भन्दै केही लेख आइरहेका बेला कोरोना महामारीसँग बच्न यो सोच सहायकसिद्ध भएको छ । जीवनको यथार्थ नबुझेर बाहिरबाहिरै भट्केका...

बार्सिलोनाको मुख्य प्रशिक्षकमा कोम्यान

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले आफ्ना पूर्वखेलाडी रोनाल्ड कोम्यानलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले बुधबार नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्त...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)