Tuesday, August 3, 2021
HomeEditor-Picksगण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

विजय नेपाल,
sharethis

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालू आवको भन्दा ४ अर्बले कम हो ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अर्थमन्त्रीको हैशियतले मंगलबार गण्डकी प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेटमा चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार छ भने पुँजीगततर्पm १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ २४ करोड विनियोजन गरिएको छ । प्रतिशतका आधारमा चालूतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ (५५.५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ (०.८ प्रतिशत) हुन आउँछ ।

बजेटमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख रहेको छ ।

यसैगरी, राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख र रोयल्टीबाट ३० करोड एवं आन्तरिक ४ अर्ब ९७ करोड २७ लाख आन्तरिक आम्दानीबाट व्यहोर्दा ४ अर्ब १० करोड न्यून हुनेछ । न्यून बजेट पूर्ति गर्न चालू आवको असार मसान्तसम्म खर्च भई बाँकी हुन आउने अनुमानित नगद मौज्दात २ अर्ब १० करोड उपयोग गरिने छ । यसो गर्दा पनि अपुग हुन आउने २ अर्बमध्ये आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब बेहोरिने उल्लेख छ ।

चालू आवको १० महिनाको वैशाख मसान्तसम्मको अवधिमा कुल विनियोजनको ३७.७६ प्रतिशत बजेट खर्च भएको छ । जुन अघिल्लो आवको सोही अवधि तुलनामा २२.७६ प्रतिशतले बढी हो । कुल खर्चमध्ये चालूतर्फ ५२.८० र पुँजीगततर्फ ७०.४६ प्रतिशत रहेको छ ।

आगामी आवको प्रस्तुत बजेटले कोरोना उपचार, नियन्त्रण र रोकथाम गरी प्रदेशका सबै नागरिकलाई सुरक्षित बनाई कोरोना महामारीका कारण स्वदेश र विदेशमा रोजगार गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी दिलाउने, स्वास्थ्य पूर्वाधारको विकास तथा बिस्तार र दक्ष जनशक्तिको व्यवस्थापन गरी समग्र स्वास्थ्य क्षेत्रको सुदृढीकरण गर्ने, कोरोनाका कारण उद्योग व्यवसायलाई पुनर्जीवन दिन राहत तथा पुनस्र्थापना सम्बन्धी विशेष कार्यक्रम संचालन गर्ने प्राथमिकतामा राखेको छ ।

यस्तै, कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै खाद्यसुरक्षाको प्रत्याभूतपी गर्ने, भौतिक पूर्वाधार विकासका जोड दिँदै अधुरा तथा क्रमागत आयोजनालाई सम्पन्न गर्ने तथा पूर्वाधार विकास निर्माणका नयाँ आयोजनालाई विशेष प्राथमिकता दिने भएको छ ।

कोरोना रोकथाम, उपचार र खोपलाई प्राथमकिता दिएको बजेटले प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेट विनियोजन गरेको छ । संक्रामतथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न भवन बनाइ सेवासुविधा बिस्तार गर्न स्रोतको व्यवस्था, स्तन, क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट बेहोर्ने, दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिँदै डेढ करोड बजेट छुट्टाइएको छ । सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरि अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गरिने, सबै जिल्ला अस्पतालमा २ देखि ५ शैयाको आईसियु निर्माण गर्ने, ५० शैया भएका अस्पतालमा आँखा उपचार सेवा, मिर्गौलापीडित बिरामीको लागि डायलाइसिस सेवा र ज्येष्ठ नागरिक वार्ड संचालनलाई निरन्तरता दिइएको छ ।

गण्डकी विश्वविद्यालयमा ३ सय ५० शैयाको जनरल, ५० शैयाको मुटुरोग, ५० शैयाको अर्बुद रोग, ५० शैयाको मिर्गौृला रोग सहित ५ सय शैयाको शिक्षण अस्पताल स्थापनाको लागि बिस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गर्ने, ६५ वर्षमाथिका नागरिकलाई निशुल्क स्वास्थ्य उपचार, स्वास्थ्यस्वयंसेविकालाई जिल्ला स्वास्थ्य कार्यालयमार्फत वार्षिक ६ हजार प्रोत्साहन भत्ता दिइनेछ ।

यसैगरी मुख्यराजमार्ग पर्ने नवलपुरको मध्यबिन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिनेछ । यसैगरी, सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सामाजिक सुरक्षा कोष स्थापनाको लागि ५ करोड बजेट विनियोजन गरिएको छ । विपन्न बस्तीमा मुख्यमन्त्ती कार्यक्रम ल्याइएको छ । कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई सामाजिक सुरक्षावापत ५ हजार तथा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारका लागि ५० हजार आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।
एक जिल्ला, एक सहिद स्मारक पार्क, सक्षम महिलाः समानान्तर पाइला अभियान ल्याइएको छ भने युवा तथा खेलकुदतर्फ सीप, दक्षता र रोजगारीः युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ । यस्तै, उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा कार्यक्रम ल्याइएको छ ।

कृषितर्फ पशुखोप कार्यक्रम, एक सहकारी, एक उत्पादन कार्यक्रमलाई प्रवद्र्धन गर्न बजेटमा आवश्यक व्यवस्था गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।

पर्यटनतर्फ एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य कार्यक्रम ल्याइएको छ भने गण्डकीमा घुम्न आउने पर्यटकलाई विशेष प्याकेज कार्यक्रम संचालन गरिने भएको छ । नारायणी नदीमा बीच पार्क निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने छ ।
प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने, कोभिड १९ ले रोजगार गुमाएकालाई उद्यमशीलता विकास र स्वजरोगरी सिर्जना गर्ने, खानी तथा खनिज पदार्थको उत्खनन गर्न संघीय सरकारसँग साझेदारी गर्ने, प्राकृतिक स्रोत काठदाउरा, ढुंगागिटी, बालुवाको प्रभावकारी रुपमा अनुगमन गर्ने, क्रसरको लागि निश्चित मापदण्ड बनाइने भएको छ ।

प्रदेशस्तरको आपूर्ति व्यवस्था सरल र सहज बनाउँदै कृत्रिम अभाव न्यूनीकरण गर्न बजार अनुगमन गरिने छ । वन, वातावरण र भूसंरक्षणतर्फ जडिबुटी संरक्षण, प्रदेशभित्रको वन संरक्षण गर्दै चोरी निकारी, डढेलो नियन्त्रण गरिने, हरियाली प्रवद्र्धन गरिने बजेटमा उल्लेख छ ।

यस्तै, एक निर्वाचन क्षेत्र, एक सडक अभियान संचालन गरिने छ भने बृहत पोखरा चक्रपथ बनाइने छ । पोखरा महानगरको सहकार्यमा वडा ९ स्थित बसपार्कलाई स्तरोन्तति गरिने, लेखनाथको लामआहालमा प्रदेशस्तरीय बसपार्क बनाउने, सवारीसाधनमा डिजिटल प्रविधि बनाउँदै इ–टिकट भुक्तानी सेवा दिने भएको छ ।

प्रदेशसभा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न बजेट विनियोजन गरिएको छ भने स्टिलबाट काठेपुल बिस्थापन गर्ने कार्य निरन्तरता दिइएको छ । सरकारी कार्यालयमा सोलार प्रविधि जडान, आधारभूत खानेपानीको लागि एक घर, एक धारालाई निरन्तरता दिइएको छ भने जमिनमा बाह्रै महिना सिचाइँ सुविधा पु¥याउने रणनीति लिइएको छ ।

गण्डकीमा संचारग्राम बनाउने, संरचनाकर्मीको क्षमता विकास गर्ने, लोककल्याणकारी विज्ञापन उपलब्धलाई निरन्तरता दिइने भएको छ । जोखिम क्षेत्र पहिचान गरी पूर्व सूचना प्रविधि बनाउने, विपतको बेला खोज, उद्धार र राहत एवं पुनस्र्थापनाका लागि १ करोड विनियोजन छ ।

प्रशासनिक खर्चमा मितव्ययीता अपनाउने, बिदा पर्यटन कार्यक्रमलाई निरन्तरता दिइने , उत्कृष्ट कार्यालय एवं उत्कृष्ट कर्मचारीलाई पुरस्कार दिइने भएको छ । सुरक्षाकर्मी, चिकित्सकको लागि प्रदेशसरकारबाट दिइँदैआएको जोखिम भत्ता तथा प्रोत्साहन भत्ता कार्यक्रम निरन्तर छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

साताका लोकप्रिय समाचार

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत...

सुनसरीमा ३ सय ६ जनाको निधन

इटहरी । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएयता सुनसरीमा कोरोनाले तीन सय ६ जना मानिसको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक...

खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

  सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली...

ट्रेन्डिङ

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक...

म्यानचेस्टर शीर्ष स्थानमा कायमै

लन्डन । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै  युनाइटेड शीर्ष स्थानमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)