प्रदेश १ मा घट्यो बजेटको आकार, ३२ अर्बको बजेट सार्वजनिक

 

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले प्रदेश सभामा मंगलबार ३२ अर्ब ४६ करोड ९२ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको आकार घटाएको हो । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि ८ अर्ब ४३ करोड ७४ लाख कम बजेट छुट्याइएको हो ।

बजेटमा चालु खर्चतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्चतर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट तोकिएको छ । स्थानीय तहतर्फ ३ अर्ब २२ करोड ४२ लाख बिनियोजन गरिएको छ । कूल बजेटको ४६.३ प्रतिशत पूँजिगतमा छुट्याइएको छ भने चालुतर्फ ४३.६ र स्थानीय तहतर्फ १० प्रतिशत बजेट वाँडफाँड गरिएको छ ।

आवास तथा भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब २१ करोड, मुख्यमन्त्री ग्रामिण सडक आयोजनाका लागि ३२ करोड, स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २५ करोड, शिक्षा क्षेत्रको पूर्वाधार विकासमा १ अर्ब १९ करोड, कृषि क्षेत्रका लागि २ अर्ब ९० करोड बजेट छुट्याइएको छ ।

प्रदेश सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँड ९ अर्ब ८१ करोड ६६ लाख, समानिकरण अनुदानतर्फ ८ अर्ब ५६ करोड, सर्शत अनुदानतर्फ ५ अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र बिषेश अनुदान ५९ करोड ३३ लाख गरी कुल राजश्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने अनुमान गरिएको छ । अहिले प्रदेश सरकारसँग २ अर्ब मौज्दात रहेको आर्थिक मामिला तथा योजना मन्त्री आङबुहाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख