Tuesday, August 3, 2021
HomeEditor-Picksप्रदेश २ मा ३३ अर्ब ७९ करोडकाे बजेट

प्रदेश २ मा ३३ अर्ब ७९ करोडकाे बजेट

तीन नेताको सालिक बनाउन ६ करोड

सुजीतकुमार झा,
sharethis

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले मंगलबार प्रदेश सभामा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालू आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढी छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको कुल बजेट ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेटमध्ये चालूतर्फ ४६.२६ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ ५३.४ प्रतिशत अर्थात् १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ ०।३ प्रतिशत अर्थात् १० करोडको बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारका तर्फबाट प्राप्त अनुदान १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँ६बाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ३५ करोड रकमबाट बजेट व्यवस्थापन गरिनेछ। त्यस्तै कम रहन गएको १ अर्ब न्यून रकम आन्तरिक ऋणबाट उपर गरिनेछ ।

स्थानीय तहहरुको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ ।

बजेटमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ । बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । यसका साथै आगामी बजेटमा केही पुरानै कार्यक्रमलाई समेत विशेष प्राथमिताका साथ समावेश गरिएको छ ।

प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना सामुदायिक विद्यालयको विकास तथा विद्यालयको भौतिक संरचना सुधार गर्न २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि २० करोड बजेट विनियोजन गरिएको छ । प्रदेशमा मिर्गौला रोगीको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा उपलब्ध गराउन ३५ वटा डायलसिस मेसिन खरिद गर्नका लागि १२ करोड रकम विनियोजन गरिएको छ ।

प्रदेश सरकारले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिरहेको मणिपालल कोभिड अस्पताल तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्नका लागि भौतिक संरचना निर्माण गर्न १० करोड बजेट विनियोजन गरेको छ। प्रदेशको शैक्षिक स्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमुना सामुदायिक विद्यालयको विकास तथा विद्यालयको भौतिक संरचना सुधार गर्न २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विद्यार्थीको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदानको निर्माणका लागि बजेट छुट्याइएको छ। यस कार्यक्रमका लागि ८ करोड रकम विनियोजन गरिएको छ। आदिवासी, दलित, जनजाती, मधेस आन्दोलनमा सहिद भएको परिवारको छात्रवृत्तिका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै सो कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको हो ।

प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रमका लागि ८ करोड, मझौला सिँचाइ कार्यक्रमका लागि ४१ करोड, बाढीको प्रकोप कम गर्न नदी नियन्त्रण कार्यक्रमका लागि ३० करोड, वडादेखि पालिकाको सदरमुकामसम्मको सडक निर्माणका लागि ६८ करोड रकम विनियोजन गरिएको छ ।

रामराजा सिंह र गजेन्द्र नारायणसिंहको सालिक निर्माणका लागि ४ करोड, सहिद दुर्गानन्द झाको सालिक निर्माणका लागि २ करोड रकम विनियोजन गरिएको हो। त्यस्तै प्रदेश सरकारको महत्वाकांक्षी योजना बेटी पढाउ बेटी बचाउ कार्यक्रमका लागि २० करोड रकम विनियोजन गरिएको हो।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

साताका लोकप्रिय समाचार

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

‘बोल्ड एन्ड ब्युटिफुल’ शिवांगिनी

काठमाडौं । एक्रेलिक रङ र प्रकृति समिश्रित घोल । अर्धमूर्त र अमूर्त शैली । माइतीघर सिद्धार्थ आर्ट ग्यालरीको भित्ता ‘मधुमास’ फिल्मकी नायिका शिवांगिनी राणाका...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा

पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह...

ट्रेन्डिङ

कैलालीमा एक जना कालोढुसी संक्रमितको मृत्यु

धनगढी । कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालोढुसी) संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु...

२२ हजारमा मुल्यमा इन्फिनिक्सले नाेट सेभेन माेबाइल ल्यायाे

काठमाडौं। युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको Note 7 सिरिज लन्च गरेको छ । इन्फिनिक्सको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)