Tuesday, August 3, 2021
Homeबिचारखोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

वीरेन्द्र केएम,
sharethis

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि हामीमाझ कोरोना काल जारी रहेको छ । नेपालजस्तो गरिब मुलुक जुन देश खरिदमा कम र अनुदानमा बढी आस राख्छन् त्यो देशमा त झन् यो कोरोनाले बढी नै समस्या निम्त्याएको छ । यतिबेला अनुदान त के पैसा तिरेर समेत खोप पाइरहेको अवस्था छैन ।

एकपटक हामी कल्पना गरौं । यदि हामीले पोलियो थोपा नलिएको भए ? टिटनासको सुई बच्चामै नहालिएको भए ? हेपाटाटिसको खोप नलगाएको भए आज हाम्रो अवस्था के हुन्थ्यो होला । हो ठीक यस्तै अनिवार्य आवश्यक्ताको विषय बनेको छ । यतिबेला कोरोनाको खोप । खोप लगाएमा कोरोनाबाट ९५ प्रतिशत सुरक्षित रहने र कहीँ कोरोना लागि नै हाल्यो भने ९५ प्रतिशत उनको ज्यानमा कुनै खतराबाट सुरक्षित रहन्छ । विश्वव्यापी रूपमा बनाएको खोपको ६० प्रतिशत उत्पादन भारतमा हुने गरेको छ । तर, अमेरिकापछि कोरोनाको भयावह अवस्था सबैभन्दा बढी भारतमै पाइएको छ ।

सिरम संस्थानः
खोपहरूको उत्पादन गर्ने र सम्पूर्ण विश्वभर यसको आपूर्ति गर्नेमध्ये सबैभन्दा ठूलो संस्थान हो सिरम संस्थान । भारतको महाराष्ट्रस्थित पुणेमा रहेको यो फार्मा कम्पनीले संसारलाई कोभिड खोप दिने दौडमा यतिबेला ठूलो नेतृत्व लिएको छ । सिरम इन्सिच्युट (एसआईआई) मात्र यो एक नाम होइन । बरु प्रत्येक घरमा यसलाई चिनिन्छ, यो विश्वमा सबैभन्दा ठूलो खोप निर्माता हो । यो कम्पनीले दैनिक ३० लाख बढी खोपको उत्पादन गर्दै आएको छ । यो कम्पनी भारतको निजी कम्पनी हो सरकारी होइन । बेलायतको एक पारिवारिक कम्पनी र भारतमा रहेको पुणेवाला ग्रुपले यो कम्पनीको सञ्चालन गर्दै आएको छ । अक्सफोर्ड र एस्ट्राजेनेका जस्ता औषधि रिसर्चर कम्पनीसँग मिलेर खोपको निर्माण गर्ने कार्य सिरमले गर्दै आएको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकारी (सीईओ) अदार पुनावालाका अनुसार १ वर्षभित्र पुरै विश्वलाई सिरमले खोप दिइसक्नेछ । विश्व स्वास्थ्य संगठनको समेत एउटा अंगका रूपमा मानिने सिरम खासगरी गरिब मुलुकमा खोप दिन बढी प्रभावकारी संस्थान हो । किनकि डब्लूएचओले यो संस्थानसँग खरिद गरी गरिब मुलुकलाई दिने गरेको छ । यो फर्मा दुनियाँको सबैभन्दा ठूलो र सबैभन्दा बढी परिणाममा खोप उत्पादन गर्ने गरेका कारण डब्लूएचओले सिरमसँग सम्झौता गरेर पुरै विश्वलाई दिने गरेको छ ।

केही महिनाअघि केही पत्रकारहरू सो संस्थान पुगेका थियौं । संस्थाको विस्तृप्त अध्ययन पनि गरेका थियांै । प्लान्टको अवलोकन भ्रमणदेखि संस्थाको इतिहाससम्मको बारेमा जानेका थियौं ।

विश्वव्यापी रूपमा बनाएको खोपको ६० प्रतिशत उत्पादन भारतमा हुने गरेको छ

सिरम संस्थानका प्रमुख कार्यकारी अदार पुनावाला भन्छन्, ‘हामीले विगतको अनुभवमा आधारित रहेर अक्सफोर्ड वैज्ञानिकको खोजमा अधारित रही खोप उत्पादन ग¥यौं । जोखिम लियौं । त्योबेला विश्वका सरकारले खासै ध्यान दिएन । तर आज आएर हामी दवाबमा छौं । चौतर्फी दबाबमा छौं, थेग्न नसक्नेगरी विश्वभरबाट खोपको माग छ,’ उनले भने, ‘भारत सरकारले हामीलाई त्योबेला हौसला दियो, हिम्मत दियो र हामी बढी नै परिणाममा खोपको उत्पादन ग¥यौं, जुन भारत सरकारमार्फत नेपालसमेत धेरै देशहरूले अनुदानमा पनि पाए । त्यसपछि नेपालसमेत धेरै देशहरूको अग्रिम अडर हामीले लियौं तर पछि भारतमै अवस्था भयावह भएपछि अन्य देश पठाउन सकिएन । यता सुप्रिम कोटले समेत रोक लगाइदियो । भारत सरकारले समेत त्यस्तै खालको नीति ल्यायो ।’

अक्सफोर्ड र एसआईआईबीचको सम्झौता
अक्सफोर्ड र एसआईआईले सँगै मिलेर मलेरिया खोपसमेत तयार पारिसकेका छन् । सिरम इन्सिच्युट एक निजी कम्पनी भएकाले पुनावाला र तिनका वैज्ञानिकबीच छिटो निर्णय लिने अवस्था हुन्छ । सरकारीजस्तो धेरै प्रक्रिया पूरा गर्नुपर्दैन । पुणेवाला भन्छन्, ‘तर रकम जुटाउनु चुनौतीपूर्ण हुन्छ । एसआईआईले कोभिड भ्याक्सिन परियोजनामा सुरुमा २६० मिलियन डलर लगानी गरेको थियो र बाँकी कोष बिल गेट्स र केही अन्य देशहरू जस्ता मानिसहरूले जुटाए ।’

कम्पनीका अनुसार अप्रिल २०२० मा अदार पुनावालालाई मात्र आफूलाई चाहिने कुराको सोच थियो । पुनावालाले भने, ‘हामीले समयमै ६ सय मिलियन भायल (औषधि राख्ने सीसी) किनेका थियौं र त्यसलाई हाम्रो गोदाममा भण्डार गरिसकेका थियौं । यो हाम्रो रणनीतिको सबैभन्दा महत्वपूर्ण हिस्सा थियो । जसका कारण जनवरीमा हामी ७०÷८० मिलियन डोज तयार ग¥यौं’ उनले भने, ‘म चाहान्छु कि बाँकी कम्पनीहरूले यस्तो जोखिम उठाएको भए, आज संसारले धेरै खोपहरूको मात्रा पाउँथे ।’ अदार पुनावाला विश्वव्यापी रूपमा खोपहरूको नियमनको प्रणाली र उनीहरूमा समन्वयको अभावको आलोचना गर्दै टीकाको ढिलाइ आंैल्याए । उनले भने, ‘विश्वका मेडिसिन र हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए), युरोपियन मेडिसिन एजेन्सी (ईएमए) तथा संयुक्त राज्य अमेरिकाको फुड एंड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) र विश्वका अन्य नियामक एजेन्सीहरूसँग सहमत हुनुपर्छ । सकेसम्म चाँडो गुणस्तरको मानक हुनुपर्छ । योसँगै गर्न सक्नुपर्छ ।’

नयाँ भेरियन्टः
पूनावालमा कोभिडको नयाँ भेरियन्टबारे धेरै चिन्तित देखिँदैन् । उनी भन्छन्, ‘अक्सफोर्ड–एस्ट्राजेनेका खोप लिने जोसुकैले पनि अस्पतालमा जानुपरेको छैन । भेन्टिलेटरमा लिनुपर्ने कुनै कारण छैन । न खोप लगाएकाहरूले अरूलाई भाइरस सारेका छन् । बरु यसले तपाईको जीवनलाई बचाएको छ ।’

भारतको सिरम इन्सिच्युट अफ इन्डिया विश्वको सबैभन्दा ठूलो खोप अभियानको हिस्सा हो, जसको लक्ष्य ३ सय करोड मानिसलाई अगस्टसम्म कोभिडको खोप लगाएको छ । तर, ब्लुमबर्गको रिपोर्टअनुसार कोभिड खोप लिन हाल योग्य ५६ प्रतिशत व्यक्ति मात्र खोप लिन अगाडि आएका छन् ।

पुनावालाले भने, ‘केही सेलिब्रेटी र गैरविज्ञहरूले भनेका छन् कि कोभिड खोप सुरक्षित छैन । धेरै व्यक्ति कोभिड खोपबारे हिचकिचाएका छन् । त्यसकारण म सेलिब्रेटीहरू र सोसल मिडियामा ठूलो प्रभाव भएका अन्य सबै व्यक्तिलाई अनुरोध गर्दछु कि उनीहरू धेरै जिम्मेवारीका साथ बोल्न र यी विषयमा तथ्यलाई नबुझीकन कुरा नगरोस् ।’

विश्वव्यापी मागको ६० प्रतिशत भारतीय खोप निर्माता
विश्वव्यापी रूपमा बनाएको खोपको ६० प्रतिशत उत्पादन भारतमा हुने गरेको छ । तर, अमेरिका पछि कोरोनाको भयावह अवस्था सबैभन्दा बढी भारतमै पाइएको छ । भारतले आफ्ना जनतालाई मात्र खोप दिनुपर्ने छैन बरु उसलाई विश्वका अन्य देशहरूमा पनि आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ ।

के भारतले यो माग पूरा गर्न सक्छ ? भारतले कति खोप उत्पादन गर्न सक्छ ? भारतमा अहिले दुईवटा खोप अनुमोदन भइसकेका छन् । कोभिसिल्ड जसले अक्सफोर्ड र एस्ट्राजेनेकाको सम्झौतामा सिरमले बनाउँदै छ र अर्को एउटा कोभ्याक्सिन । हाल केही परीक्षण पनि भइरहेका छन् । जुन अन्य खोप पनि भारतमै उत्पादन भइरहेको छ ।

भारतका औषधि उत्पादक कम्पनीले पछिल्ला महिनामा उत्पादन बढाएका छन् । भारतको सिरम इन्सिच्युट जुन सबैभन्दा ठूलो उत्पादक पनि हो उसका अनुसार सिरमले प्रत्येक महिना ६ देखि ७ करोड खोप उत्पादन गर्दै आएका छन् ।

भारत बायोटकको कोभ्याक्सिन
भारत बायोटक हैदराबादमा रहेको औषधि उत्पादन गर्ने अर्को फार्मा कम्पनी हो यसले बनाएको कोभ्याक्सिन अलिकति झन्झटिलो र कडा खालका छन् । समाचार एजेन्सीका अनुसार बायोटेकले भनेको छ कि यसले वार्षिक ७० करोड खोप उत्पादन गर्नेछ । उसले अन्य देशहरूका लागि प्रतिखुराक २० डलर तय गर्ने योजना बनाएको छ । यो कम्पनीले भारतमा प्रतिडोज १० डलरको मूल्य राखेका छन् । यो कम्पनीका रसियाको एउटा कम्पनीसँग मिलेर आफ्नो उत्पादन गर्दै आएको छ ।

भारतलाई कति चाहिन्छ ?
भारत सरकारले जुलाईको अन्त सम्म ३ सय करोडलाई खोप दिने बताएको छ । जुलाई महिनामा ६० करोड जनतालाई खोप लगाउने योजना छ । जुन प्रत्येक महिना ९ करोड खुराक चाहिन्छ । अहिले त्यहाँ विभिन्न राज्य सरकार र केन्द्र सरकाबीच द्वन्द्व जारी रहेको छ । विपक्षी दलदेखि सर्वोच्च अदालतसम्ममा केन्द्र सरकारको आलोचना भइरहेको छ भने भ्याक्सिन र औकसिजन राजनीति त्यहाँ जारी रहेको छ ।

विश्वमा भारतको भूमिका के हुनेछ ?
भारतको सिरम संस्थान विश्व स्वास्थ्य संगठनद्वारा समर्थित कोवाक्स योजनाको अंग पनि हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो । गत वर्ष सेप्टेम्बरमा, सिरम संस्थानले यस योजनाअन्तर्गत २ सय मिलियन डोज प्रदान गर्ने भनेको थियो । यो अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन वा यूएस नोभेक्स खुराक हुन सक्छ । भारतको सिरम संस्थानका प्रमुख कार्यकारी अदार पुनावालाले केही दिनअघि बीबीसीलाई बताएका थिए कि यो सम्झौता ९० करोड डोजसम्म बढाउन सकिन्छ । यदि यो भयो भने, भारतको सिरम संस्थानको प्रतिबद्धता १ अर्ब डोज हुनेछ ।

सिरम संस्थान कोरोनाविरुद्धको ‘कोभसिल्ड भ्याक्सिन’ उपलब्ध गराउने सबैभन्दा ठूलो आपूर्तिकर्ता हो

बीबीसीसँग कुराकानी गर्दै कम्पनीले भनेका थिए कि यो उत्पादन प्रतिमहिना १० करोड डोजमा बढाउने प्रयास गरिरहेको छ । कोभ्याक्स योजनाको अतिरिक्त, भारतको सिरम संस्थानले अक्सफोर्ड–एस्ट्राजेनेका खोप आपूर्ति गर्न धेरै देशहरूसँग द्विपक्षीय वाणिज्य सम्झौता गरेको छ । यस महिनाको सुरुमै पुनावालाले भने कि यी खोपहरू निर्यात नहुने सर्तमा अनुमोदित भएको थियो तर उनको भनाइअनुसार यो भ्रम हो ।

उता, नेपाल, बंगलादेश, भुटानले चिन्ता व्यक्त गरेपछि भारत सरकारले स्पष्ट गरे कि निर्यातको अनुमति दिइनेछ । बंगलादेशसँग मासिक ३ करोड खुराक दिने सम्झौता गरेको छ ।

दिल्लीस्थित विदेश मन्त्रालयका एक अधिकारीका अनुसार भारत विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देश भएको नाताले छिमेकीहरू र बाँकी विश्वप्रति प्रतिबद्धताप्रति पूर्ण सजग छ । यसबाहेक कम्पनीले साउदी अरेबिया, म्यानमार र मोरक्कोसँग पनि सम्झौता गरेको छ । यद्यपि कति खोप, कति लामो समयसम्म उनीहरूलाई आवश्यक हुन्छ, यो अझै स्पष्ट छैन ।

नेपाल, ब्राजिल र श्रीलंकाले पनि भारतमा बनाइएका खोपको आसमा छन् । तर, पुनावालाले भने कि उनको प्राथमिकता आन्तरिक माग पूरा गर्नु नै हुनेछ । ‘हामीले प्रारम्भिक आवश्यकता पूरा गरिसकेपछि चाँडै नै अरू देशमा निर्यात गर्न थाल्नेछौं ।’ संसारभरि यो पनि चिन्ता छ कि त्यहाँ सिसीको पनि कमी हुन सक्छ । यद्यपि सिरम संस्थानका अनुसार उनले अहिलेसम्म त्यस्तो कुनै कमीको सामना गरेको छैन ।

अदार पुनावाला: घोडाको व्यापारदेखि भ्याक्सिन उद्योगको सम्राटसम्मको यात्रा
जब संसारभरि कोरोना खोप तयार गर्ने र मानिसमा परीक्षण गर्ने अध्ययन हुँदै थियो तब हामी पुणेको सिरम संस्थानको भ्रमण गरेका थियौं । कोरोेनाविरुद्ध खोप बनाउन भारतको सिरम संस्थानले अक्सफोर्ड–एस्ट्राजेनेकासँग सम्झौता गरेर भ्याक्सिन तयार गरेको छ । सिरम संस्थान भारत र विश्वका अन्य देशमा कोभिसिल्ड भ्याक्सिन सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

दिनभरि हामीले सिरम इन्सिच्युट प्लान्टको भ्रमण ग¥यौं । यहाँ कैयौं खोप उत्पादन भइसकेकाले यस संस्थानको विश्वमा अर्कै स्थान छ । सिरम संस्थानका अधिकारीले हामीलाई ब्रिफिङ गर्दै घुमाए । सिरम क्याम्पभित्र एउटा फ्लाइओभर छ जुन सिरम संस्थानभित्र एक मात्र निजी सडक थियो जुन सिधंै त्यस ठाउँमा लगिरहेको थियो । त्यहाँ पुग्नु पहिले एउटा विशाल हेलिप्याड देख्यौं । त्यहाँ हेलिकोप्टर पनि उभिएको थियो ।

त्यहाँ ठूलो विमान पनि देखियो । त्यो विमान चार्टर्ड विमान थिएन तर एयरबस ३२० विमान थियो । हामीले बुझ्न सकेनौं कि हामी सिरम प्लान्टभित्र थियौंं । कसरी अचानक एयरपोर्टमा पुग्यौं ? तर सँगै आएका अफिसरले हामीलाई भने, ‘यो हाम्रो कम्पनीका प्रमुख अदार पुनावालाको कार्यालय हो । यो विमान स्थायी रूपमा यहाँ रहन्छ र पुनावालाले यसलाई दोस्रो कार्यालयका रूपमा प्रयोग गर्छन् ।’

पुनावाला परिवार १०औं शताब्दीमा बेलायती साम्रराज्य समयमा पुणे आएका थिए । त्यो बेला कयौं पारसी परिवार बेलायती भारतमा बसोबास गरे र प्रशासनदेखि लिएर व्यापारसम्म विश्वमा स्थापित भए । पारसी परिवार बसोबास गर्ने सहरको नाम तिनीहरूको नामबाटै स्थापित भएको थियो । उही तरिकाले आदारको परिवारलाई पुनावाला राखियो । सुरुमा यो परिवार निर्माण व्यवसायमा सक्रिय थियो । तर यो परिवार घोडाको व्यवसायमा स्थापित नाम थियो । आज पनि यो परिवार घोडाको व्यवसायबाटै चिनिन्छन् । घोडाको व्यापार अदारका हजुरबुबा सोली पुनावालाले सुरु गरेका थिए ।

(Visited 232 times, 1 visits today)
Loading comments...

आजको समाचार

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

साताका लोकप्रिय समाचार

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

कहाँबाट कति खोप, कति आउन बाँकी

  काठमाडाैं । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा...

बनेपाबाट ११ जना जुवाडे पक्राउ

  काभ्रेपलाञ्चोक । बनेपाबाट नगदसहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा जुवातास खेली रहेको विशेष सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको...

खामोसी डेफ विजेता बन्न सफल बझाङकी हेवन

बझाङ । बहिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ तल्कोट गाउँपालिका–४ की हेवन उपाध्याय खामोसी डेफ...

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

ट्रेन्डिङ

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

काठमाडौं । आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार...

एक जनालाई क्वारेन्टाइनमा राखियो

जिल्लाको प्रबेश नाकामा कडाई सदरमुकाम बेसीशहर सुनसान लमजुङ । कोरोना भाइरसका कारण जिल्लाको प्रवेश नाकामा हेल्थ डेक्स राखेर यात्रु्को चेकजाँचमा कडाई गरिएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)