Monday, August 2, 2021
Homeप्रमुखबलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

राजधानी समाचारदाता,
sharethis

 

दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु-याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

साताका लोकप्रिय समाचार

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

  टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष...

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

ट्रेन्डिङ

पाल्पामा थपिए ५ जना कोरोना संक्रमित

पाल्पा । पाल्पामा ५ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमणको संख्या ५६ पुगेको छ । विहिबार रिब्दीकोट गाउँपालिकाका चार जना र तिनाउ गाउँपालिकाका एक जनामा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)