Sunday, August 1, 2021
Homeखेलमहिला भलिबल टोलीको प्रशिक्षण सुरु

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा स्वास्थ्य सावधानी अपनाएर प्रशिक्षण सुरुवात गरेको हो ।

प्रशिक्षणको पहिलो दिन प्रारम्भिक चरणमा डाकिएको ३० मध्ये २५ जना खेलाडीको उपस्थिति रहेको थियो । उनीहरू सबैको सोमबारसम्ममा पीसीआर परीक्षण गरिएको र मंगलबार बिहानसम्म सबैको नतिजा नेगेटिभ आएपछि उनीहरू प्रशिक्षणमा सामेल भएका हुन् । नेपाल पुलिस क्लबका तीन खेलाडी पुनम चन्द, शान्तिकला तामाङ र कामना विष्ट पुलिसकै आन्तरिक तालिममा रहेका कारण प्रशिक्षणमा सामेल भएका छैनन् ।

उनीहरूलाई पनि प्रशिक्षणमा बोलाउनको पहल भइरहेको नेपाल भलिबल संघले जनाएको छ । यस्तै नेपाल एपीएफ क्लबकी हीरा केसी र भरतपुरकी सरस्वती कट्टेल जिल्ला बाहिर रहेका कारण प्रशिक्षणमा उपस्थित नरहेको र आउने बित्तिकै पीसीआर परीक्षण गरी प्रशिक्षणमा सामेल गराइने नेपाल भलिबल संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक निरोज मास्केले जानकारी गराइन् । टोलीको फिजियोका रूपमा उज्ज्वल डोटेल रहेका छन् । संघले पहिलोपटक फिजियो पनि राखेको हो ।

प्रशिक्षणको पहिलो दिन सहायक प्रशिक्षक कुमार राई र ट्रेनी अन्जु श्रेष्ठले खेलाडीहरूलाई सामान्य प्रशिक्षण गराएका छन् । पहिलो दिन संघबाट प्रतिनिधिका रूपमा उपाध्यक्ष निरोज मास्के, सचिव मनवीर छन्त्याल, सदस्य रीता कोइराला, टेककुमार राजभण्डारी र राखेप सदस्य नन्दा बस्याल उपस्थित रहेकी थिइन् ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले नयाँ र हाइट भएको प्रतिभावान् खेलाडी आएकाले टिम राम्रो बन्ने बताएकी छन् । उनले साफपछि लकडाउन हुँदा खेलहरू खेल्न नपाउँदा खासै परिवर्तनको अनुभूति गर्न नपाएको थपिन् । ‘साफपछि हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएनौं । केही घरेलु प्रतियोगिता खेल्यौं । त्यसपछि झन्डै एक वर्ष खेल्नै पाएनौं । एक वर्षपछि तीन चारवटा घरेलु प्रतियोगिता खेले पनि अहिले २ महिनाको रेस्ट लिएर फेरि कोर्टमा फर्किएका छौं ।

बिस्तारै सुरुवात गर्दै छौं ।’ कप्तान अरुणाले भनिन्, ‘एसियन च्याम्पियनसिप हाम्रो लागि राम्रो मौका हो । पहिलोपटक खेल्न लागेका छौं । हामीले लक्की फिल गरेका छौं ।’ कप्तान शाहीले टोलीको लक्ष्य मेडलभन्दा पनि त्यहाँ गएर नेपाल पनि छ है भन्ने खालको प्रदर्शन गर्नेमा जोडे दिने बताइन् । ‘त्यहाँ बलिया राष्ट्रहरू रहेका छन् । हाम्रो लक्ष्य मेडल हैन । नेपाल पनि छ भन्ने देखाउने हो । त्यसका लागि कडा मिहेनत गर्नुपर्छ । ठूला टोलीविरुद्ध खेल्दा सिक्न पाइन्छ अनुभव बटुल्न पाइन्छ ।’ शाहीले भनिन्, ‘प्रशिक्षण ढिला भइसकेको छ ।

हामी अहिले ३० नै छौं । यो बेलामा सेट गर्न पाएको भए राम्रो हुने थियो । अब अलिकति टफ छ । धेरै ढिला भइसकेको छ । अब छिटोभन्दा छिटो सेट गराएर मैत्रीपूर्ण खेलहरू खेल्न पाए सहज हुने थियो ।’ उनले साग र सेन्ट्रल जोन अघि जस्तै वैदेशिक प्रशिक्षण र म्याच एक्सपोजर खेलको अवसर पाएको खण्डमा च्याम्पियनसिपलाई थप सहज हुने थपिन् ।
महिला टोलीकी भरपर्दा स्पाइकर प्रतिभा मालीले महिला टोलीका लागि यो अहिलेसम्मकै ठूलो अवसर रहेको बताइन् । ‘म पूर्णरूपमा फिट छैन तर म यो खेलको लागि रेडी छु ।

खेल्न खोजेजति खेल्न सकेको छैन । तर, जित हासिल ग-यौं । त्यसले पनि सहयोग गरेको छ ।’ प्रतिभाले भनिन्, ‘म आफू जुनियरका रूपमा सिनियर टोलीमा आउँदा सुरुमा नर्मस र डराएको फिल भए पनि अहिलेको नयाँ खेलाडीमा त्यस्तो नदेखेको र टिम धेरै राम्रो बन्ने र राम्रो हुन्छ भन्ने आशा छ ।’ यस्तै उनले आफू इन्जर छु भनेर सोच्दै नसोचेको र पहिले जस्तो खेल्थे त्यस्तै खेल्ने बताइन् । उनले बाहिर गएर प्रशिक्षण गर्ने भन्ने पनि सुनेको र त्यसो हुन सकेको खण्डमा सागमा भन्दा पनि धेरै राम्रो प्रदर्शन गर्ने आश रहेको बताइन् ।

राईलाई सहायक प्रशिक्षकको जिम्मेवारी
नेपाल भलिबल संघ (एनभीए)ले होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमा प्रशिक्षक कुमार राईलाई महिला भलिबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । संघले आसन्न एसियन महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै प्रशिक्षक राईलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक राईलाई महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकका रूपमा चिनिन्छ । उनले नै उत्पादन गरेका कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारसँगै प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ र कृपा अधिकारीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । तण्डुकार अमेरिकामा रहँदा अन्य खेलाडी अहिले पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् ।

अहिले उनकै एकेडेमीका कृपा र रेश्मासहित ८ खेलाडी बन्द प्रशिक्षणमा छन् । वालमिका आचार्य, झरना श्रेष्ठ, रिमा कुँवर र रिया कुँवर पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन् । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले पनि पछिल्लो समय डायमन्डबाटै खेलिरहेकी छन् । आसन्न एसियन भलिबल च्याम्पियनसिपका लागि महिला भलिबल टोलीको मंगलबारदेखि नै प्रशिक्षण सुरु गरेका छन् । मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टको अनुपस्थिति रहँदासम्म सहायक प्रशिक्षक राईले नै टोलीको प्रशिक्षण सम्हाल्ने छन् ।

मुख्य प्रशिक्षक भट्ट केही दिनमा नै प्रशिक्षण सम्हाल्न आइपुग्ने बताइएको छ । ट्रेनीमा महिला राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान अन्जु श्रेष्ठ रहेकी छन् । प्रशिक्षक राईले २०६४ जेठ ५ गते विधिवत रूपमा महिला भलिबल टोलीको प्रशिक्षण सुरु गरेका थिए । त्यसयता विद्यालयस्तर हुँदै राष्ट्रियस्तरसम्म उनको प्रशिक्षणमा डायमन्डले खेल्दै आएको छ । यो अवधिका डायमन्डले थुप्रै उपाधि जितिसकेका छन् ।

प्रारम्भिक टोली
प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, सुनिता खड्का, उषा विष्ट, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, रेश्मा भण्डारी, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वती जैशी, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, रिमा कुँवर, पूजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य, कामना विष्ट, पुनम चन्द, शान्तिकला तामाङ, हिरा केसी र सरस्वती कट्टेल र (वैकल्पिक)मा आरती सुवेदी, निशा चौधरी, प्रगति नाथ, पुष्पा शाही र पुष्पा चौधरी

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

साताका लोकप्रिय समाचार

शिक्षा सुधारको स्थायी ठेगाना राज्य

हाम्रो देशको शिक्षा क्षेत्र कुनै पनि राजनीतिक दल वा राज्यको प्राथमिकताको विषय बन्न सकेको छैन । बारम्बार परिवर्तन भइरहने सरकार र भागबन्डामा बन्ने शिक्षामन्त्रीहरू...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य...

कोरोना संक्रमणले तीन साताभित्र विदेशमा थप ३९ नेपालीको निधन

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

ट्रेन्डिङ

छ स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विगतका वर्षहरुझैं यस वर्ष पनि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेको छ । मंगलवार पर्यटन...

यसरी सञ्चालन हुँदैछ लामाे दुरीका सवारी साधन

काठमाडाैं । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ । कोरोना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)