Friday, July 23, 2021
Homeप्रदेशसञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

राजधानी समाचारदाता,

 

काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेको भन्दै बागमती प्रदेश सरकार उल्टाे बाटाे हिँडेकाे जनाएकाे छ ।

‘अन्य प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गर्दै गर्दा ठिक त्यसको उल्टो बागमती प्रदेश सरकारले यस्ता विषयलाई बेवास्ता गरेर प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चार गृह स्थापना र सञ्चालन गर्न १० करोड विनियोजन गरेको बजेट महासंघका लागि स्वीकार्य छैन ।’ प्रदेश समितिले विज्ञप्ती जारी गर्दै भनेकाे छ ‘एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चार गृह खोल्नेतिर लाग्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको देखिन्छ ।’

देशकै करिब ७० प्रतिशत बढी सञ्चारगृह र ५० प्रतिशत बढी सञ्चारकर्मी रहेको बागमती प्रदेशमा तिनको उचित संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धि गर्ने जस्ता निर्णय गर्नमा प्रदेश सरकार उदासिन देखिएको समितिकाे ठहर छ ।

उपत्यका प्रदेश समितिले यसअघि प्रदेश सरकारसमक्ष साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमका लागि बजेटमार्फत विशेष आर्थिक राहत प्याकेज घोषणा गर्न, ठूला सञ्चारगृहबाट कोभिडको बहानामा जबरजस्ती निष्काशित, बेतलबी बिदामा राखिएका श्रमजिवि र कोभिड संक्रमित पत्रकारहरुको लागि राहत प्याकेज ल्याउन, पत्रकार राहत कोषका लागि बजेट विनियोजन गर्न लगायतका माग गरेकोमा त्यसको पनि सम्बोधन नभएकाे जनाएकाे छ ।

बागमती प्रदेश समक्ष प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिलाई संकुचित बनाउने गरी आफैंले सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता गरेर स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता तथा सम्पूर्ण सञ्चारगृह र सञ्चारकर्मीको हक हितमा हुने गरी अघि बढ्न समितिले जोडदार माग गरेकाे छ ।

Loading comments...

आजको समाचार

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

साताका लोकप्रिय समाचार

रेशम चौधरीको बायोग्राफी आउदै

  काठमाडौं । साउने सक्रान्तीका दिन पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराइले ट्वीट गर्दै लेखे ‘थारू जातिको विशेष पर्व गुरिया तथा श्रावण संक्रान्तिको अवसरमा टीकापुर...

मौद्रिक नीति ढिलो आउने संकेत !

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने...

बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका छन् । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली...

देउवालाई १ सय ६५ सांसदको साथ, एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको...

माेदीले देउवालाई फाेनमा बधाई दिँदै खाेप सहयाेगकाे आश्वासन दिए

  काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री...

ट्रेन्डिङ

सोमिकाले जन्माइन् एकै पटक पाँच शिशु

काठमाडौँ । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग...

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?