Monday, August 2, 2021
HomeEditor-Picksमनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

नवराज पहाडी,
sharethis

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले उद्दारखमा खटिएको टोली गन्तब्यमा पुग्न सकेका छैनन् । खोला बढ्ने र पानी पर्न नरोकिएको कारणले जिल्ला सदरमुकामबाट उद्दारका लागि नासों गाउँपालिकातर्फ गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तिमाङ खोला तर्न नसकेपछि सदरमुकाम फर्किएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।

‘प्रभावित स्थलसम्म पुग्न सकिएको छैन । फोनका भरमा टिपेको क्षतिको विवरण मात्र छ ।’ प्रजिअ लामिछानेले भने ।
मस्र्याङ्दी नदीको बाढीले मनाङको तल्लो भेगमा रहेको नासों गाउँपालिका– ३ को धारापानी गाउँमा रहेको गाउँपालिका कार्यालय, प्रहरी चौकी भवन, दुईवटा बैंकका शाखा र पाँच वटा होटल भत्किएको खबर आएको प्रजिअ लामिछानेले बताए । ‘मौसममा सुधार होला र हेलिकप्टरबाट केही राहतका सामग्री, खाद्यान्न वितरण गर्ने योजना थियो, त्यो अविरल वर्षाले हिजो पनि सम्भव भएन, आज पनि अहिले दिउँसो ४ बजेसम्म पानी रोकिएको छैन, आज पनि हेलिकप्टर आउने सम्भावना टरेझैं लाग्छ ।’

धारापानीमा रहेको एक जना बैंकका एक स्टाफ वेपत्ता भएको खबर आएको मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुभास खड्काले दिए । उनका अनुसार नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छ । प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं. ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगेका छन् । यसैगरी, ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल बाढीले बगाएको छ । चामेका अन्य घर समेत डुबानमा परेपछि झण्डै ३ सय जना जिल्ला कारागारको नवनिर्मित भवनमा आश्रय लिएका छन् प्रनाउ खडकाले बताए ।

‘पानी परिरहेको छ, अवस्था अहिले पनि सुधार भएको छैन’, उनले भने, ‘बाढी र पहिरोले चामे बजार भित्रै पनि कतै जान सक्ने अवस्था छैन ।’ तालगाउँमा रहेका ४८ घरधुरीमध्ये ३० घर डुबानमा परेका छन्, तिमाङमा मोटर पुल बगाइदिएको छ । मनाङ जोड्ने एकमात्र सडक बेसीशहर–चामे सडक पूर्ण रूपमा अवरूद्ध भएको छ । उक्त गाउँका मानिसहरू घेराङ र तालडाँडामा गएर बसेका छन् । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत बगाएको छ । चामेमा रहेको स्याक्र्यखोला लघु जलविद्युत आयोजना बगाउँदा विद्युत अवरुद्ध छ । बाढीले विद्युतका खम्बा ढलाउँदा टेलिफोनका तार समेत चुडिएका छन् । नासों गाउँपालिका १, तालको लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको प्रनाउ खडकाले जानकारी दिए ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

निफ चौंथो संस्करणको अवार्ड वितरण

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

साताका लोकप्रिय समाचार

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुकाम तम्घासका...

१६ लाख भन्दा बक्यौता नतिरेपछि नगरपालिकाको लाइन काटियो, सेवा ठप्प

  सप्तरी, राजविराज । लामो समयदेखी बक्यौता विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेका विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको लाइन पनि...

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

ट्रेन्डिङ

कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न कमल थापाको निर्देशन

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी सम्वद्ध जनवर्गिय संगठनको संयुक्त भेलालाई आइतबार काठमाण्डौमा...

स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने अग्रवाललाई थप सात हिरासतमा राखिने

काठमाडौ । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)