Tuesday, August 3, 2021
HomeEditor-Picksमेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।

निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । मंगलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दामाथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

  काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । आइतबार...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

साताका लोकप्रिय समाचार

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी...

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले...

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जना

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले...

३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा...

ट्रेन्डिङ

खोटाङमा आफैंले खेलाएको आगोमा पर्दा बालकको मृत्यु

खोटाङ । खोटाङमा आफैले खेलाएको आगोमा पर्दा एक बालकको मृत्यु भएको छ । भत्किएको घरमा माँझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी...

संसद्मा फोहोरी खेलको पुनरावृत्ति हुने डर

५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको संसद् विघटनको प्रस्ताव सर्वोच्च अदालतले असंवैधानिक भन्दै करिब दुई महिनापछि प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएको छ । प्रधानन्यायाधिश...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)