Tuesday, August 3, 2021
Homeकलागोरखामा टेली चलचित्र कलाकारको राहत

गोरखामा टेली चलचित्र कलाकारको राहत

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ टिमले गोरखा जिल्ला पुगेर त्यहाँका ६६ घरपरिवारलाई राहत वितरण गरेको हो । यो टिमले गोरखा गण्डकी गाउँपालिका–१ बुटारका परियार र सुनार ५० घरपरिवारलाई राहत प्रदान गरेको छ । यस्तै त्यहाँ रहेको चेपाङ, नेवार र गुरुङ १६ घरपरिवारलाई पनि राहत प्रदान गरिएको हास्य चरित्र अभिनेत्री विधा कार्कीले बताएकी छन् ।

कलाकार कार्कीका अनुसार उनी सहित यी टेलिसिरियलका लेखक-निर्देशक, कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्रवे), राजु पौडललगायतले राहत वितरण गरेका छन् ।

यतिबेला यी कलाकार समूहले करिब डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका छन् । उनीहरूलाई दैनिक उपभोग्य सामग्री चामल, नुन, तेल, दाल वितरण गरिएको थियो । सो गाउँपालिका अध्यक्ष होमबहादुर रानासँगको समन्वयमा आफूहरूले वडामा राहत वितरण गरेको पनि उनीहरूले बताएका छन् ।

निर्देशक श्रेष्ठका अनुसार सो कलाकारको टिम र अन्य संस्थाबाट रकम उठाएर खाद्यान्न किनेर सहयोग गरिएको हो । दैनिक ज्यालामजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका परिवार निषेधाज्ञाका कारण समस्यामा परेका थिए । सोही कारण आफूले त्यहाँ पुगेर राहत प्रदान गरेको पनि निर्देशक मरिचमान श्रेष्ठले बताएका छन् ।

उनका अनुसार ‘जुठे’ हिमालय टेलिभिजनमा हरेक बुधबार साँझ ८ बजे प्रसारण हुँदै आएको छ भने ‘हल्का रमाइलो’ नेपाल टेलिभिजनमा हरेक आइतबार प्रसारण हुँदै आएको छ । निषेधाज्ञामा पनि यी टेलिसिरियल नियमित प्रसारण भइरहेको पनि उनले बताए ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

साताका लोकप्रिय समाचार

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर...

कहाँबाट कति खोप, कति आउन बाँकी

  काठमाडाैं । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा...

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

अख्तियारमा स्थानीय तहको सबै भन्दा बढी उजुरी

स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा विकासे अड्डाका उजुरीको चाङ् बढ्न थालेको छ । आर्थिक अपचलनदेखि कमजोर विकास निर्माण विरुद्ध उजुरी दर्ता भएपनि...

ट्रेन्डिङ

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्दै ऊर्जा मन्त्रालय

काठमाडौँ । सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण...

संकटमा सेलाएको दलीय भूमिका

मुलुकमा हुने विभिन्न परिवर्तनका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल कोरोना संक्रमणमा भने मौन प्रायः देखिएका छन् । भूकम्पको समयमा राजनीतिक संयन्त्र बनाएर विपद्मा जनतालाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)