Sunday, August 1, 2021
Homeखेलनेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले अफ खेल्नु नपर्ने भएको छ । एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो ।

यस नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्ये पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८–८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएका छन् । एएफसीले पाँचांै स्थान हासिल गर्ने शीर्ष तीन टोलीले पनि तेस्रो चरणमा स्थान बनाएको जनाएको छ । अब पाँचौं स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्नेछ । अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् ।

प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नेछन् । यसअघि नेपाल समूह ‘बी’मा चौथो स्थानमा रहँदै प्लेअफ खेल्न पर्ने समीकरण बनेको थियो । एएफसीको परिमार्जनसँगै माल्दिभ्स, हङकङ र श्रीलंका, थाइल्यान्ड, सिंगापुर, मंगोलिया र अफगानिस्तानसँग तेस्रो चरणमा स्थान बनाउन सफल भए । त्यस्तै समूहको पुछारमा रहेका यमन, बंगलादेश र म्यान्मा पनि सिधै तेस्रो चरणमा पुगेका छन् । उत्तर कोरियाले छनोट प्रक्रियाबाट नै नाम फिर्ता लिएपछि समीकरणमा परिवर्तन भएको हो ।

विश्वकप तथा एसियन कप छनोट समापन भएसँगै एसियाबाट विश्वकप छनोट खेल्ने, एसियन कपमा छनोट हुने र एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीको टुंगो पनि लागेको छ । सबै समूहका विजेतासँगै दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोलीले विश्वकप छनोटको अन्तिम चरण तथा एसियन कपमा सिधा छनोट हुने प्रावधान रहेको थियो ।

यसैअनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, युएई, साउदी अरेबिया, इराक, ओमान, भिएतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट हुँदै विश्वकपमा स्थान बनाउन प्रयासरत छन् । दोस्रो स्थानमा रहेर पनि शीर्ष टोली बन्न नसकेका टोलीले पनि सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन् । त्यसमा ताजिकिस्तान, उज्वेकिस्तान, किर्गिस्तान, कुवेत तथा तेस्रो स्थानमा रहेका जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, थाइल्यान्ड, फिलिपिन्स, तुर्कमेनिस्तान, अफगानिस्तान, मलेसिया, सिंगापुर र मंगोलिया छन् ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

साताका लोकप्रिय समाचार

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अख्तियारमा स्थानीय तहको सबै भन्दा बढी उजुरी

स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा विकासे अड्डाका उजुरीको चाङ् बढ्न थालेको छ । आर्थिक अपचलनदेखि कमजोर विकास निर्माण विरुद्ध उजुरी दर्ता भएपनि...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन...

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

  पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

ट्रेन्डिङ

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)