Sunday, August 1, 2021
HomeNot-to-be-missedपलेसाले पाराओलम्पिक खेल्ने पक्का

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत पाराओलम्पिकका खेल्ने पक्का भएको जनाएको छ ।

जापानको टोकियोमा आगमी १७ देखि १९ भाद्रसम्म आयोजना हुने पाराओलम्पिकमा गोवर्धनले के ४४, ५८ केजीमुनिको प्रतिस्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । नेपाली पारातेक्वान्दो खेलाडीले गत जेठमा जोर्डनको अम्मान सहरमा पाराओलम्पिकका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भए तापनि कोरोना महामारीका कारण अन्तर्राष्टिय हवाई उडान बन्द हुनुका साथै उक्त छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न विदेशी खेलाडीले तेस्रो मुलुकमा कम्तीमा २ साता आइसोलेसनमा बस्नुपर्ने बाध्यताका कारण छनोट प्रतियोगिताबाट वञ्चित हुनुपरेको थियो ।

छनोट प्रतियोगिताका लागि पलेसालगायत ६ खेलाडीलाई संघले चयन गरेको थियो । तसर्थ उक्त छनोट खेलबाट वञ्चित भएपश्चात् नेपाल तेक्वान्दो संघले पलेसा र रञ्जना धामी (के. ४४, ४९ केजी)को नाम राष्ट्रिय पाराओलम्पिक कमिटीको समन्वयमा वाइल्डकार्डका लागि पहल गरेको थियो ।

पलेसा गोवर्धन विश्व तेक्वान्दो महासंघको १३औं वरियतामा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीबाट नेपाललाई १ मात्रै कोटा दिने व्यवस्था भएकोले नेपाली पारा राष्ट्रिय खेलाडी पलेसा गोबर्धनले के. ४४, ५८ केजीमुनि तौल समूहमा वाइल्डकार्ड प्राप्त गर्न सफल भएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाली राष्ट्रिय पारातेक्वान्दो खेलाडी पलेसा गोबर्धनले नेपाल तेक्वान्दो संघअन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ सालदेखि नियमित तालिम तथा प्रशिक्षण लिइरहेकी छन् । पलेसाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एसियन पारातेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के. ४४, ५८ केजीमाथि तेस्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कास्यपदक दिलाएकी थिइन् ।

यस्तै उनले पहिलोपटक कोरियामा आयोजना भएको तेस्रो एसियन अन्तर्राष्ट्रिय पारातेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के. ४४, ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्दै पाँचांै स्थान प्राप्त गर्न सफल भएकी थिइन् । सोही वर्ष लन्डनमा आयोजित सातांै विश्व पारातेक्वान्दोमा पाँचांै, पाँचांै एसियन पारा तेक्वान्दो प्रतियोगितामा पाँचौं, आठौं विश्व पारातेक्वान्दो प्रतियोगितामा पाँचांै स्थान प्राप्त गर्न सफल भएको थियो ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

साताका लोकप्रिय समाचार

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने...

फिक्सन : पेन्सिल

बिहानी खासै खुलिसकेको छैन । हिजोदेखि धुर्मैलो आकाश मन्दमन्द निन्यारो छ । केटाकेटीका कल्याङबल्याङ अलि चर्कै सुनिइरहेको छ । ‘मम्मी भरे स्कुलबाट फर्केपछि पेन्सिल किन्दिनु...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

  काठमाडौं । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा...

ट्रेन्डिङ

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति...

शशिको गीतमा कालापानी अतिक्रमणको पीडा

काठमाडौं । गायक शशिविक्रम थापाले नालापानी र कालापानी अतिक्रमित हुनुको पीडालाई गीतमा उतारेका छन् । उनले राष्ट्रप्रेमले भरिएको गीत नालापानी दुख्यो साथी कालापानी दुख्यो...गीत...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)