छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

 

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित ५० वर्षिय प्रशुराम चौधरीलाई स्वाचालित अटोमेटिक अमेरिकामा बनेको पेस्तोल म्यागजिन ९ एमएममा लाग्ने ५ राउण्ड गोली समेत बरामद गरेको हो ।

चौधरीले अवैध हतियार राखेको जानकारी पाएपछि उदयपुरको त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित कान्छी श्रीमती श्यामकुमारी चौधरी बस्दै आएको घर खानतलासी गर्ने क्रममा गोली लोड गरेको अटोमेटिक अमेरिकन पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए ।

प्रहरीले असन्धानको क्रममा चौधरी उनको श्रीमती श्यामकुमारी चौधरी र सप्तरी सुरुङगा नगरपालिका– ८ का २३ वर्षिय बबि चौधरीलाई पक्राउ गरेको थियो । तर अनुसन्धानपछि श्रीमति र बबि चौधरीलाई छाडिएको थियो ।

छोरीको प्रेमीलाई फसाउन पेस्तोल

प्रशुरामको कान्छी श्रीमतीको छोरी र सप्तरीको सुरुङगा नगरपालिका– ८ का २३ वर्षिय बबि चौधरी बिच प्रेम सम्बन्ध रहेकाले ववीलाई फसाउने नियतले प्रशुरामले ववी कान्छी श्रीमतीको घरमा आएको मौका छोपी पेस्तोल राखेको प्रहरीको भनाई छ ।

पक्राउ परेका चौधरी द्धन्दकालमा नेपाल कम्युनिष्ट पाटी माओवादीको लडाकु रहेको र द्धन्दकालपछि नेकपा माओबादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा सोही पाटीको भातृ संगठन मजदुर संघको जिल्ला संयोजक रहेको बताएको छ । हाल उनी जनता समाजवादी पार्टी उदयपुरको जिल्ला कमिटी सदस्य भई काम गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

चौधरीको साथबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३ अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले चौधरीलाई अबैध चन्दा असुलीमा समेत सकृय रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाममा चुनावी सरगर्मी : मेयरमै दर्जनभन्दा बढी आकांक्षी