Sunday, August 1, 2021
Homeप्रदेशपत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

युवा व्यवसायी रबी अग्रवाल, सागर गौतम र मनिष अग्रवालले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र सचिव महेश्वर गौतममार्फत पत्रकारहरुका लागि १० बोरा चामल प्रदान गरेका हुन् ।

युवा व्यवसायी रबी अग्रवालले कोरोना महासंकटमा जनतालाई सुसुचित गराउने काममा अग्रमोर्चामा खटिएका संचारकर्मीहरु पनि अप्ठ्यारोमा परेकाले आफूहरुले सहयोग गरेको बताए ।

अर्का व्यवसायी सागर गौतमले समस्यामा परेका बेला सानो सहयोगले पनि ठूलो राहत पुग्ने बताए । पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सुवेदीले आफ्नो नीजी व्यवसायबाट जोगाएको रकमले अरुको दुःखमा सहयोग गर्नु पुण्य प्राप्तिको काम भएको बताए ।

महासंघ काठमाडौं शाखाले पत्रकारहरुका लागि खाद्यान्न, सुरक्षा सामग्री तथा आर्थिक सहयोग गर्ने सबै प्रति धन्यवादसमेत व्यक्त गरेको छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

साताका लोकप्रिय समाचार

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

  काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र...

एकहप्तामा एमाले विवाद छिनोफानाे हुन्छ : ज्ञवाली

  पाल्पा । नेकपा एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकहप्ता भित्र पार्टी भित्र देखिएको विवाद टुङ्गो लाग्ने बताएका छन् । पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्वोधन...

ट्रेन्डिङ

बिहीबारबाट होटल, पर्यटन खुल्दैछ, कस्तो छ स्वास्थ्य सुरक्षा ?

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि...

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा स्पेनसँग भिड्ने

  न्युयोर्क । उपाधि दाबेदार मानिएको इटालीले युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार राति भएको खेलमा उसले बेल्जियमलाई २–१ ले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)