Tuesday, August 3, 2021
Homeअर्थसिक्लेस हाइड्रोमा ३० करोडको क्षति

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

राजधानी समाचारदाता,
sharethis

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको छ ।

कास्कीको मादी गाउँपालिका–१, मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा मंगलबार आएको बाढीले सो बराबरको क्षति पुगेको आयोजनाका सञ्चालक किरण केसीले जानकारी दिए । उनका अनुसार १४ किलोमिटर ट्रान्समिसन लाइन लगायत अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादनसमेत बन्द भएको छ ।

यस्तै, बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेकोछ । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रसारण लाइन लगायतमा क्षति हुँदा ३० करोड बढीको क्षति पुगेको उनको दाबी छ ।

आयोजनाको पावर हाउसमाथिबाट अझै पनि पहिरो खसिरहेकाले पावर उच्च जोखिममा रहेको उनले बताए । सञ्चालक केसीले भने, ‘आयोजनामा बाढीले व्यापक क्षति गर्दा वर्षाको समयमा पुनः सञ्चालनमा ल्याउन थप चुनौती थपिएको छ । आयोजनालाई पहिलाकै अवस्थामा ल्याउन करिब वर्ष दिनसम्म लाग्न सक्छ । ’

आयोजनासम्म जाने सडक ठाउँ–ठाउँमा बाढीले बगाउँदा सामान ढुवानी गर्न समेत कठिन हुने देखिएको छ । गत २०७४ चैतबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनामा बाढीले क्षति पुग्दा मादी १, सिक्लेसका बासिन्दा अध्याँरोमा बस्न बाध्य छन् । बाढीले मदक्यू खोला जलविद्युत आयोजना सहित सुपर मादी, हिमालयन र अपर मादी हाइड्रोमा बाढीले ठूलै क्षति गरेको हो ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको...

महासंघको ध्यानाकर्षण

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा...

साताका लोकप्रिय समाचार

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

रोल्पामा बोक्सीको आरोप लगाउदै कुटपिट गर्ने धामीसहित ३ जना पक्राउ

  रोल्पा । रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोक्सीको आरोप लगाउँदै आफूलाई कुटपिट गरेको भन्दै एक युवतीले प्रहरीमा...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

ट्रेन्डिङ

यूरोकप: नकआउट चरणको समीकरण पूरा

लन्डन । यूरोकप अन्तर्गत आज बिहीबार भोलि शुक्रबार कुनै पनि खेल हुने छैनन । शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुनेछ । शनिबार ९:४५ मा...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)