Sunday, August 1, 2021
Homeबिचारमहाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

सागर पण्डित,
sharethis

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य भइसकेका छन् । अकल्पनीय पीडा भोग्नुपरिरहेको छ नागरिकले । केटाकेटी, युवायुवती तथा वृद्धवृद्धाहरू सबै जना कहाँ कतिखेर मृत्युको मुखमा पर्न सक्ने भयले त्रसित र आतंकित छन् । यस्तै, महामारीको समयमा फेरि मनसुन प्रवेशसँगै परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो आउने र मानवीय तथा भौतिक क्षति हुने क्रम समेत बढेको छ ।

सरकार जनताको मुख्य अभिभावक हो भने मुलुकमा रहेका राजनीतिक दल पनि जनताको अभिभावककै रूपमा रहन्छन् । यदि राजनीतिक दल र तिनका नेताहरू इमानदार, कर्तव्यनिष्ठ र नैतिकवान छन् भने उनीहरूको मुख्य केन्द्रबिन्दु नै देश र जनता हुने गर्छ । देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने दल र नेताहरू मात्रै सफल हुन्छन् र जनताको मन मष्तिष्कमा राज जमाउन सक्छन् । तर हामीकहाँ पछिल्लो समय त्यस प्रकारका राजनेताको खडेरी पर्दै आइरहेको छ । त्यसैले पनि राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको आशा र भरोसा मर्दै जान थालेको छ ।

अहिले कोरोना भाइरसको दोस्रो वेभले मुलुकमा अकल्पनीय क्षति गराइरहेको छ । मानिसहरू दैनिक रूपमा नै मर्न विवश भइरहेका छन् । कोरोनाको पहिलो लहर आउँदा पनि हाम्रो सरकार र राजनीतिक दलहरू त्यसलाई नियन्त्रण गर्न र भावी दिनमा आउन सक्ने संकट समाधान गर्न त्यति संवेदनशील देखिन सकेनन् । प्रमुख राजनीतिक दल र तिनका नेताहरू सत्ताको फोहोरी खेलमा नै निर्लिप्त हुन पुगे र अहिले पनि त्यस्तै फोहोरी खेल जारी छ ।

पछिल्लो समय आएको वाढी पहिरोले सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, लमजुङ, तनहँु, रुपन्देही, नवलपरासी, कास्कीलगायतका दर्जनांै जिल्लाहरू नराम्ररी प्रभावित छन् । विगतका तथ्यांक हेर्दा पनि बाढीपहिरोबाट बर्सेनि ५ देखि ६ सय व्यक्तिको मृत्यु हँुदै आइरहेको छ । पहाड र तराईका विकट गाउँबस्तीमा बस्ने जनता बाढीपहिरोको चपेटामा परी अकालमा मृत्युवरण गरिरहेका छन् । केही अपवाद छोडेर बाढी पहिरोले गरिब र विपन्न नागरिकमाथि नै बढी आक्रमण गरिरहेको छ । विपन्न नागरिकले पक्की घर बनाउन सक्दैनन् । कच्ची माटाका घर कमजोर हुने भएकाले बाढी पहिरोमा त्यस्ता घर सजिलैसँग बग्ने र त्यहाँ बस्दै आइरहेका मानिस मर्ने क्रम बढी देखिन्छ । यसले गर्दा पनि वर्षाको समय कतिपय गरिब विपन्नको लागि कालजस्तै बनेर आउने गरेको छ । हाम्रो जस्तो सामन्तवादी प्रवृत्ति मौलाएको देशमा गरिब विपन्न चौतर्फी समस्याको जाँतोमा पिसिन बाध्य हुँदै आइरहेका छन् । रोग, भोक, अभाव, विपन्नता, विपद्ले एकैपटक प्रहार गर्दा उनीहरू थला पर्दै आइरहेका छन् ।

विडम्बना अहिले पनि मुलुकमा महामारीको व्याधि तथा बाढी पहिरोको कुनै त्रास र असर नभए जसरी नेताहरू एकले अर्कालाई सिध्याउनेगरी कालो कोठरीमा बसेर भयानक षड्यन्त्र बुन्नमा व्यस्त देखिन्छन् । जनताको कुनै मतलव नराखी त्यस्ता षड्यन्त्रमा व्यस्त नेताहरूलाई आगामी निर्वाचनमा जनताले जमानत जफत गराएर राजनीतिक रूपमा सन्यासी बनाइदिनुपर्छ

यस्तै अवस्थामा हो सरकार र राजनीतिक दलले त्यस्ता जनताको चहराइरहेको घाउमा मलम लगाउने । तर, हामीकहाँ राजनीतिक दल र तिनका नेताहरूको मिनेट मिनेटको कुर्सी र जुगा लडाइँका कारण जनताले दुःख पाइरहेका छन् । ढेड वर्षदेखि कोरोनाबाट आक्रान्त भइरहँदा नागरिकले आफ्ना नेताहरू नियमित रूपमा घरदैलोमा आएर आफ्नो सुखदुःखको सारथी हुन सकून् भन्ने चाहना राख्नु स्वभाविक हो । तर, केन्द्रमा सत्ता र कुर्सीको लडाइँमा कुकुर बिरालो जसरी नै ‘ङ्यारङ्यार र ङुरङुर’ गर्ने नेताहरूलाई जनताको समस्या र पीडाबारे के मतलब ? यस्तो महासंकटको समयमा नेताहरू आफैं झगडा गरेर आफ्नो राजनीतिक हैसियत सामाप्तिको बाटोतर्फ लैजान अग्रसर छन् ।

अहिले पनि बाढी पहिरोले कैयांै पहाडी जिल्लाका गाउँबस्ती रोइरहेको छ । कैयांै आफन्त गुमाउन विवश छन् । कैयांै व्यक्ति बेपत्ता छन् । हुन त बाढीपहिरो एक किसिमको विपद् हो । यो आकस्मिक रूपमा नै आउने गर्छ । तर पनि सरकारले विपद् आउनुअघिको पूर्वतयारी र विपद् भइसकेपछि गर्नुपर्ने उद्धार र राहतका कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्नेमा सरकारको सो कार्य प्रभावकारी हुन सकेको छैन् । राजनीतिक दलले पनि आफ्ना नेता तथा भ्रातृसंगठनलाई विपद्का बेलामा जनताको घरदैलोमा पठाएर उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन । कुर्सी दौडमा लागिरहेका नेताहरूले बाढीपहिरोमा भएको मानवीय क्षतिबारे विज्ञप्ति निकालेर समावेदना दिँदैमा त्यसको कुनै अर्थ रहँदैन । यस्तो अवस्थामा त नेताहरू प्रभावित गाउँबस्तीका पीडित जनताको साथी बन्न गाउँगाउँमा नै पुग्नुपर्नेहुन्छ । आलीशान महलमा बसेर सत्ताको लडाइँमा व्यस्त वैगुनी नेताहरूलाई यसबारेमा के मतलब ?

महामारी र बाढी पहिरोजस्तो महासंकटको समयमा सबै दलहरू मिलेर राट्रिय एकता र सद्भावको सन्देश दिनुपर्ने हो । सत्तारूढ दल एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि विशेष अग्रसरता लिनुपर्छ । यद्यपि, प्रधानमन्त्रीले अग्रसरता लिए पनि यस्तो महाव्याधि र विपद्सँग जुध्न उनले राष्ट्रिय सहमति कायम गराउन सकेका छैनन् । लामो समयदेखि सरकार नै परिवर्तन गर्ने फोहोरी खेलमा रमाउँदै आएका अन्य दल र तिनका नेताहरूले प्रधानमन्त्रीलाई खुलेर सहयोग गर्न सकिरहेका छैनन् ।

नेताहरू आफ्नो घरदैलोमा आएर सान्त्वना दिएको र सहयोग गरेको हेर्न आमजनता आतुर छन् । तर, जनताको मनोविज्ञान बुझ्न असफल हँुदै आएका हाम्रा नेताहरू कुर्सीकै खेलमा मस्त छन् । यो आमनेपाली जनता र सिंगो मुलुकका लागि निकै दुःखदायी अवस्था हो । निर्वाचन ताका जनताको घरदैलोमा पुगेका नेताहरू त्यसपछि केही अपवादलाई छोडेर जनताको घरदैलोमा जानै छोडेका छन् । अहिले त झन् नेताहरूको एउटै मात्रै ध्याउन्न सत्ता र कुर्सी मात्रै बन्न पुगेको छ । सरकारले पनि जनताको मन जितेर काम गर्न नसकेको यथार्थ हो तर आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहेकै छ । तर, सत्तारूढ दल एमालेभित्रकै असन्तुष्ट पक्षले प्रतिपक्षी दलसँग मिलेर सरकारलाई सुरुदेखि नै काम गर्न नदिने वातावरण सिर्जना गर्दै आइरहेको जगजाहेर नै छ । त्यो पक्ष अहिले पनि जसरी हुन्छ सरकारलाई ढाल्ने खेलेमा नै उद्दत छ । प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूले त सत्तापक्ष तथा सरकारले जतिसुकै राम्रा काम गरे पनि विरोध गर्नु उसको धर्म नै हुने गरेको छ । असल लोकतान्त्रिक संस्कारमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो नै भनिन्छ ।

हाम्रा कतिपय सरकारी निकाय कर्मकाण्डीमा मात्रै सीमित छन् । आफ्नो जिम्मेवारीअनुसारको काम राम्रो परिणाम दिनेगरी सम्पन्न गर्न अधिकांश सरकारी निकाय असफल रहँदै आएका छन् । उनीहरूमध्ये अधिकांश निकायले काम र परिणामलाई पनि औपचारिकतामा सीमित गर्ने गरेका छन् । यो हाम्रा लागि दुर्भाग्यपूर्ण हो । राम्रा नेता नपाएका नेपाली नागरिकले कर्मचारीहरू पनि काबिल र राम्रा पाउन सकेका छैनन् ।

तर, हामीकहाँ असल लोकतान्त्रिक संस्कार भएका नेता र दलहरू भेटाउनै मुस्किल हुँदै आइरहेको छ । नेताहरूमा हुर्कंदै गएको घातक विषका रूपमा रहेको प्रवृत्तिअनुसार एकले अर्काको अस्तित्व स्वीकार नगर्र्ने, एकले अर्कोलाई निषेध गर्ने र सिध्याउने गलत प्रवृत्ति विकास भइरहेको छ । नेताहरूमा विकास भएका यस्ता प्रवृत्ति अन्त नहुने हो भने हाम्रो शासनप्रणालीमा गम्भीर समस्या आउन सक्छन् र नागरिकले अझै दुःख पाइरहने छन् । त्यसैले नेताहरू सच्चिन जरुरी छ । अहिले सबै नेताहरूको एउटै दृष्टि कसरी हुन्छ कोरोना महामारी र हालको बाढी पहिरोसँग जुधेर नागरिकलाई सुरक्षित राख्ने तथा क्षति भएको ठाउँमा राहत र पुनःस्र्थापनाका कार्यक्रम एकीकृत रूपमा पु¥याउनुपर्ने समय हो । तर, विडम्बना अहिले पनि मुलुकमा महामारीको व्याधि तथा बाढी पहिरोको कुनै त्रास नभए जसरी नेताहरू एकले अर्कालाई सिध्याउने गरी कालो कोठरीमा बसेर भयानक षड्यन्त्र बुन्नमा व्यस्त देखिन्छन् । जनताको कुनै मतलव नराखी त्यस्ता षड्यन्त्रमा व्यस्त नेतालाई आगामी निर्वाचनमा जनताले जमानत जफत गराएर राजनीतिक रूपमा सन्यास लिने वातावरण बनाइदिनुपर्छ ।

बर्सेनि मनसुन सुरु भएसँगै बाढी पहिरो आउँछ र त्यसले मानवीय र भौतिक क्षति गराउँछ भन्ने प्रायः सबैलाई थाहा छ । त्यसैले त्यसबाट कसरी बच्ने भनेर नागरिकहरू पनि आफैं जागृत हुनुपर्छ । सरकारले पनि त्यस्तो जोखिमयुक्त बस्तीको समयमा नै पहिचान गरी त्यस्ता जोखिमयुक्त बस्तीलाई अन्यत्र स्थान्तरण गराउने जिम्मेवारीबाट पन्छिन मिल्दैन । आफ्ना नागरिकलाई सबै प्रकारका जोखिम र असुरक्षाबाट बचाउने प्रमुख दायित्व राज्य र सरकारको हो ।

हाम्रा कतिपय सरकारी निकाय कर्मकाण्डीमा मात्रै सीमित छन् । आफ्नो जिम्मेवारीअनुसारको काम राम्रो परिणाम दिनेगरी सम्पन्न गर्न अधिकांश सरकारी निकाय असफल छन् । उनीहरूमध्ये अधिकांश निकायले काम र परिणामलाई पनि औपचारिकतामा सीमित गर्ने गरेका छन् । यो हाम्रो लागि दुर्भाग्यपूर्ण हो । राम्रा नेताहरू नपाएका नेपाली नागरिकले कर्मचारी पनि काबिल र राम्रा पाउन सकेका छैनन् ।

गृह मन्त्रालयका अनुसार दैवी प्रकोप र विपद् व्यवस्थापनमा मात्रै विगत ७ वर्षमा २५ अर्बभन्दा बढी खर्च भएको छ । गैरसरकारी संघसंस्थाले पनि विपद्का नाममा बर्सेनि करोडांै रुपैयाँ खर्चने गरेका छन् । गैससले गर्ने खर्चबारे सरकारसँग स्पष्ट तथ्यांक छैन । गृहले विपद् व्यवस्थापनका नाममा विभिन्न जिल्लामा खुद्रे रकम पठाउने गर्छ र रेडिमेट कार्यक्रम तय गरिन्छन् । बाढीपहिरोको अत्यधिक जोखिम कहाँ छ ? त्यसको पहिचान गरी त्यस क्षेत्रमा बाढीपहिरोको जोखिम कम गर्नेगरी पूर्व तयारीस्वरूप विशेष कार्यक्रम सञ्चालन गर्दा निकै राम्रो हुन्थ्यो । तर, सरकारी निकायसँग यस्तो जोसजाँगर र उत्साह छैन । उसले त क्षति नै नहुने जिल्लामा पनि विपद् व्यवस्थापनका नाममा रकम पठाउँछ । कतिपय जिल्लामा सो रकमको खासै सदुपयोगसमेत हुँदैन । गृहले आगामी दिनमा यसलाई पारदर्शी र प्रभावकारी बनाउन जरुरी छ ।

भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन उचित हुन्छ । त्यसैले बाढीपहिरो गएर ठूलो संख्यामा जनधनको क्षति हुने अवस्था आउनुभन्दा बाढी पहिरो जाने स्थिति र अवस्थालाई नै न्यूनीकरण गर्दै लैजानुपर्छ । यसका लागि सरकारले विशेष र प्रभावकारी अभियान निरन्तर रूपमा सञ्चालन गर्नुपर्छ । यस्तो महाव्याधि र विपद्को समयमा सबै राजनीतिक दल एकजुट भएर नागरिकको सुरक्षा, उद्धार र राहतमा खट्नुपर्छ । यो महासंकटमा सबै प्रकारका कुर्सी खेल र काला षड्यन्त्र बन्द गरिनुपर्छ । प्रधानमन्त्रीले आफ्नो सत्कर्मद्वारा राष्ट्रिय एकताको वातावरण बनाउन अग्रणी भूमिका खेल्न सक्नुपर्छ ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

साताका लोकप्रिय समाचार

एक वर्षमा ५० अर्ब ७८ करोडको चामल आयात

काठमाडौँ । विहे ब्रतबन्ध लगायतका कार्य गर्दा देखासिकीकै लागि भएपनि सामान्य व्यक्तिले पनि ऋण गरेरै पार्टी प्यालेसमा भोज भतेर गर्ने संस्कार बढेको छ ।...

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

  काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई...

नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, सचेत रहन आग्रह

  काठमाडौं । नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा...

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। यसअघि हिजोका लागि...

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । गत...

ट्रेन्डिङ

प्रधानमन्त्रीको कदम भर्तसनायोग्य : बामदेब गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्नेे कदम गलत भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेशबुक मार्फत विज्ञप्ती...

सजिलाे छैन उपत्यका छिर्न, नाकामा अनुगमन गर्दै नगरपालिका

काठमाडौँ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग-यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)