राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु गरेको छ । संघका महासचिब बिक्रमजंग शाहको संयोजकत्वमा संघले बिहीबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेर निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

संघका महासचिव तथा विपत् व्यवस्थापन समितिका संयोजक शाहका अनुसार निशा सो संघकी सदस्य हुन् । सोही कारण निशाको उपचारको खर्च संकलनका लागि आफूहरूले पहल सुरु गरेको शाहले बताएका छन् ।

‘४ हजारभन्दा बढी सदस्य रहेको हाम्रो संघको ७४ जिल्लामा शाखा रहेको छ । ती शाखाबाट के–कति सकिन्छ, निशाको उपचार र उपचारका क्रममा विगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक संकलन पहल सुरु गरेका हौं ।’ महासचिब शाहले भने, ‘दुई वर्षअघि पनि उहाँलाई हामीले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेका थियौं ।’ संघले आफ्नो सदस्यलाई आपत् पर्दा बिगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहो-याएर पालिका प्रमुख बन्न चाहने यी ७ उम्मेदवारहरु