Sunday, August 1, 2021
HomeNot-to-be-missedमहर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३ वर्षका लागि नेपालका लागि एम्बेसडरमा नियुक्त गरेको हो ।

एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रूपमा समेत चयन गरेको छ । लन्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस खेलाडीलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।

खेलाडीलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्णज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । एरोविक टेबलटेनिस उच्च इनर्जी फिटनेस वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो । जुलाई १५ मा एरोविक टेबलटेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, त्यस प्रशिक्षणमा उत्कृष्ट देखिएका ३ छात्र र ३ छात्रालाई लन्डनस्थित आफ्नो एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्भौता भएको महर्जनले जानकारी गराइन् । साथै एरोविकले खेलाडीका लागि टेबलटेनिसको स्तरीय ब्रान्ड बटरफ्लाई कम्पनीको खेलपोसाक, ¥याकेट र बल प्रायोजन गर्ने र प्रशिक्षणका लागि आवश्यक रोबोट मेसिन प्रदान गर्ने सम्भौता भएको समेत महर्जनले बताइन् ।

अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा गत अप्रिलमा टेबल टेनिस डेको अवसर पारेर १५ लाखको लागतमा एन्निज पिङपङ क्लब स्थापना गरी बच्चालाई निःशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आइरहेकी छन् ।

हाल क्लबमा तीन टेबल टेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिइरहेका छन् । व्यक्तिगत रूपमा महिला उद्यमीका रूपमा उनको कार्यलाई नियाली रहेको अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मूल्यांकन गर्दै बिश्व टेबल टेनिस डेको अवसरमा आफ्नो जर्नलमा महर्जनबारे लेख समेत प्रकाशित गरेको थियो । यसैबीच महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ । नेपाली टेबल टेनिसको विकास र विस्तारमा सहयोग पु¥याएको तथा टेबलटेनिसमार्फत महिला सशक्तीकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन् ।

(Visited 36 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

मेलम्ची ।  शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन ।  भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण दर बढ्दै

धनगढी । निषेधाज्ञा खुकुलो भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको छ । असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउन महिना लागेसँगै...

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा विकासराज न्यौपाने

  भर्जिनिया (अमेरिका) । लामो समयदेखी अमेरिकाना रहेर पत्रकारिता गरिरहेका पत्रकार बिकासराज न्यौपाने नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा निर्वाचित भएका छन । (नेजा...

कहाँबाट कति खोप, कति आउन बाँकी

  काठमाडाैं । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ सुरु, संक्रमित बढ्दै

  सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको...

फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

टोकियो । टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा फ्रान्स, अर्जेन्टिना र जापानले सफलता हात पारेका छन् । खेलमा तीनपटक पछि परे पनि फ्रान्सको यू–२३ टोलीले पुनरागमन...

ट्रेन्डिङ

देउवा भन्छन्, फेरि सभापतिमा उठ्छु, निधिले भने ‘मलाई सघाउनुस्’

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् । सभापति देउवाले शनिबार प्रदेश...

सुनका गहना नलगाउन, चाउ चाउ बिस्कुट नखान प्रहरीकाे आग्रह

रसुवा ।  सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)