पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

 

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट फिल्म कम्पिटिसन २०७८ शीर्षकमा हुने उक्त कम्पिटिसनमा लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग हुने अपेक्षा आयोजक संस्थाले गरेको छ । ‘प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट [email protected] मा पठाइसक्नुपर्नेछ । यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई नगद पुरस्कार दिने आयोजक संस्थाले जनाएको छ । पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।

राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ ।

कोभिड (१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरणदेखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी रुपमा संचालन गरिरहेको भन्दै अध्यक्ष किरण पौडेलले आम युवासरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्यप्रति संगठन कृयाशिल रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी