उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने ९७ व्यवसायी फर्मलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ सय ३ वटा व्यापारिक फर्म अनुगमन गर्दा ९७ व्यवसायीले मापदण्ड विपरित कारोबार गरी उपभोक्ता ठगी गरेको भेटेको थियो । विभागले उक्त फर्मलाई कारबाही गरी १३ लाख ९६ हजार रुपैयाँ जरिमाना गरेको जनाएको छ ।

बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीत कुनै व्यवसायी फर्मले कारोबार गरेको पाइएमा अनुगमन निरीक्षण अधिकृतले तत्काल ५ हजार देखि ३ लाख रुपैयाँ जरिमाना गर्न सक्ने ऐनमा व्यवस्था छ ।

विभागका अनुसार कारबाही पर्नेमा अधिकांश खाद्यान्न पसल र मेडिकल रहेका छन । सरकारले दोस्रो लहरको कोरोना संक्रमण रोकथाम गर्न गत १६ बैशाख देखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु गरेको थियो । निषेधाज्ञा सुरु भएको देखि जेठ ३१ सम्ममा सरकारले खाद्यान्नका पसलहरु बिहान ९ बजेसम्म मात्र खुला गर्न अनुमति दिएको थियो । १ असार निषेधाज्ञाको समयमा खाद्यन्न पसलहरु बिहान ११ बजे सम्म खुला गर्न दिएको छ ।

यसैगरी विभागले ३० हजार १५० रुपैयाँ बराबरको म्याद नाघेको सामान नष्ट गरिएको समेत गरेको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईले उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कारोबार गरी उपभोक्तालाई ठगी गर्ने एउटा पसलको कारोबार समेत रोक्का गरिएको बताए ।

उनले विभागले चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म २ हजार ८ सय ७४ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको बताए । प्रवक्ता सेढाईले साउन देखि जेठ ३१ सम्ममा उपभोक्ता ठगी गरेको आरोपमा ९ सय ९० व्यवसायी फर्मलाई कारबाही गरी २ करोड २८ लाख ८७ हजार रुपैयाँ जरिमाना गरिएको जानकारी दिए । यसैगरी उनले ३५ वटा व्यावसायिक फर्मको कारोबार रोक्का गरेको उनको भनाई छ । उनले म्याद नाघेका ३ करोड ७३ लाख ८४ हजार रुपैयाँ बराबरको समान नष्ट गरिएको जनाकारी दिए ।

प्रवक्ता सेढाईंले निषेधाज्ञामा अनुगमनलाई स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरेको बताए । निषेधाज्ञामा स्वास्थ्य सामग्री र खाद्यान्नमा बढी कारोबार हुने भएकाले अनुमगन पनि त्यसमै केन्द्रित गरेको उनको भनाई छ ।

प्रवक्ता सेढाईका अनुसार उपत्यका बाहिरका ५ जिल्लामा १ हजार ६ सय ९ व्यावसायिक फर्म अनुगमन गरेको छ । जसमा २ सय ६९ व्यापारीक फर्मलाई काबाही गरेको छ । चालु आर्थिक वर्षको साउन देखि जेठ ३१ सम्म ५ जिल्लामा २ सय ६९ व्यापारीक फर्मलाई काबाही गरेको हो । विभागले ७४ लाख ४६ हजार ५ सय रुपैयाँ जरिमाना गरेको छ । यसैगरी ११ वटा व्यवसायीक फर्मको कारोबार रोक्क गरेको छ । १७ लाख ४० हजार १८० मुल्य बराबारको सामग्री नष्ट गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी