Sunday, August 1, 2021
HomeEditor-Picksगर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

मान बहादुर कुँवर,
sharethis

 

जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन् । एक सातादेखी निरन्तर झरिपर्दा भेडिगोठालाहरुलाई भेडाबाख्रा चरन क्षेत्रमा लैजान मुस्किल परेको छ । भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठमा बसिरहेका भेडिगोठालाहरुलाई एकातिर चट्याङको खतरा छ, अर्कोतिर भेडाबाख्रा लाई भोकै राख्नुपर्ने बाध्यता छ । ‘पाटनमा भरपर्दा गोठहरु नै छैनन्, आफैले बनाएका गोठहरु हावाहरीले उडाउने खतरा हुन्छ ।’

तातोपानी गाउँपालिका ७ सर्मीका भेडिगोठाला कृष्ण खड्काले भने । ‘गत वर्ष यहि समयमा पानीको वास्ता नगरि भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङको शिकार भए, कम्तीमा राज्यस्तरबाट पाटन र खर्कहरुमा व्यवस्थित भेडिगोठ निर्माण भएको भए ढुक्क सँग बस्न सकिन्थ्यो ।’ अर्का स्थानीय प्रकाश कुँवरले गुनासो गरे । २०७२ सालमा पनि एक करिव १० दिन सम्म निरन्तर वर्षा हुँदा हजारौं भेडा मरेका थिए ।

घुमन्ते जीवन विताउने भेडिगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । अहिले सबै भेडिगोठ पाटन उक्लिएका छन् । पाटनकोे ४ महिने बसाइपछि बेसिँ झारिन्छ । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा भेडिगोठहरु छन् । जुम्लामा भेडापालनलाई पुख्र्योली पेशाका रुपमा हेरिन्छ । मुख्य आम्दानीको स्रोत भेडाबाख्रा नै भएकोले जिल्लाका सबै बस्तिमा भेडा पालन हुन्छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार नेपालको सबै भन्दा बढि भेडापालन हुने जिल्ला जुम्ला हो ।

तर हाल सम्म भेडिगोठालाहरु सरकारको प्राथमिकतामा पर्न सकिरहेका छैनन् । मासुमा परनिर्भर कर्णाली प्रदेशले हाल सम्म भेडापालन व्यवसायमा कुनै सहयोग नगरेको किसानहरुको गुनासो छ । कृषि र पशुपालनको सम्भावनायुक्त जिल्ला जुम्लामा स्थानीय तहहरुले समेत किसानमैत्री कार्यक्रम ल्याउन सकिरहेका छैनन् । ‘भेडाबाख्रा बिरामी पर्दा समयमै औषधि पाउँदैनौं, पाटनमा बस्नको लागी व्यवस्थित गोठहरु छैनन्, कृषि र पशुपालनका क्षेत्रमा आउने बजेट कहाँ चुहावट हुन्छ, पत्तो हुँदैन ।’ अर्का भेडिगोठाला जय बहादुर रावतले दुखोसो पोखे ।

हाल जुम्लामा करिव ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताए

हाल जुम्लामा करिव ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताए । ‘आम्दानी राम्रो छ, भेडाको सँख्या बढिरहेको छ’ उनले भने । चर्को घाममा हिमाली क्षेत्रको शीतल हावा र चिसो पानीले भेडा स्वस्थ्य र पुष्ट हुने उनको दावि छ । कर्णाली प्रदेशले यो वर्ष बाट भने गोठालो भत्ता दिने भएको छ । ५० भन्दा बढी भेडाबाखा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठालाहरु खुसी भएका छन् । अव तिनै तहका सरकारले पाठन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण गर्नुपर्ने भेडिगोठालाअहरुको माग छ । भेड हिउँदमा बेंसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुईसिले लेक सम्म उनिहरु भेडाबाख्रा चराउन लैजान्छन् । भेडाको दूध, मकैको आटो, ढिडो, जंगलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडि पाखि ओड्ने , ओछ्याउने गर्छन । राडिपाखिले जमिनको पानी जीउमा पर्न दिदैन । जसबाट रागन र नसा सम्बन्धि रोग लाग्न पाउदैन । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित भने हुँदैन ।

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

साताका लोकप्रिय समाचार

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

कैलालीमा साढे ५ किलो चरेश र एकलाख बढी नगद सहित दुई जना पक्राउ

  धनगढी । कैलालीमा साढे ५ किलो लागुऔषध चरेश र एक लाख २० हजार नगद सहित दुई जना पक्राउ परेका छन् । सोमबार राती सुदूरपश्चिम प्रदेश...

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो...

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

  काठमाडाैं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको...

ट्रेन्डिङ

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय राज विकको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)